• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एफिसीले औंल्याएका वास्तविकताहरू

by Loknath Manaen
May 6, 2013
in Articles

(ट्रान्सफरमेशन फेलोसिपको फोरममा मार्च १२, २०११ मा आशा चर्चमा प्रस्तुत मिडिया पेपरमाथि आधारित)

 मिडियमको अर्थ नै माध्यम । माध्यम साधन हो, साध्य होइन। कुनै काम वा मिसन पूरा गर्नको लागि प्रयोग गरिएको सञ्चार औजार । ख्रीष्ट अनुयायीले म मिडियाको प्रयोगमा लाग्छु र ख्रीष्टको सन्देश बताउँछु भन्नु स्वागतयोग्य कुरो हो । सान्दर्भिक, युगानुकूल सोच । रेडियो, टिभि, फिल्म, कला अनि छापाका माध्यम तयार छन् । साथै एउटा तरले पर्खिरहेको छ । तर, प्रयोग भएको माध्यम र प्रयोग गर्ने मान्छेको हालतबीच तारतम्य मिल्नुपर्छ। यो लेख त्यही विषयमा हो।

प्रोग्रामवाद (फोटै, फोटा र भिडियोमय प्रोग्रामवाद) मा फसिसकेको ख्रीष्टिय समाजका जन समुदाय सचेत बन्नु आवश्यक छ । लोकतन्त्रको नशामा लठ्ठ भा’छौं हामी सब । हाम्रा पनि आधारभूत सिद्धान्त र न्यूनतम पूर्वशर्त र आदर्शहरू छन् है भन्ने कुरा बिर्सनुहुन्न । सेवक, सेवा र साधनले मञ्च चढेर तेन्जिग, हिल्लारी बन्ने होइन । येशू कुना परेको धेरै भयो । झलमल स्टेज र टनाटन हलहरूमा उहाँको खोजी कार्य तुरुन्त थाल्नुपर्छ । कथा उहाँमै सुरु भाथ्यो, उहाँमै अन्त हुनुपर्छ । प्रभु येशूको कोर्नुभएको विश्वव्यापी योजना र पृथ्वीमा स्थापना गर्न चाहनुभएको स्वर्ग राज्यका एजेन्डाहरू नेपालमा भद्रगोल भएको हो कि होइन ? अनुसन्धान कताबाट सुरु गर्ने हो ? कि मैमात्र आत्तिएको ?

पहिलो कुरो, कोही जन्मजात ख्रीष्ट अनुयायी हुन सक्दैन । परिवारबाट मुक्ति सर्दैन । ‘नयाँजन्म’ को मतलब बुबाआमासँग छैन, पवित्र आत्मासँग छ । हरेक मान्छेले आफैं विश्वास गर्नुपर्छ र मात्र ख्रीष्ट अनुयायी भन्ने योग्यता उसले हासिल हुन्छ । चर्च जान्छु, बुबा, आमा ख्रीष्टयान भनेर पुग्दैन । नयाँ करारको राम्रो अध्ययन हुनुपर्छ।

एफिसीको दुइ अध्यायले ख्रीष्टमा विश्वास नगर्नेको अवस्था यसरी बताउँछ, “अपराध र पापमा मरेका, अनाज्ञाकारिताका सन्तान, क्रोधका सन्तान, ख्रीष्टबाट अलग, येशूबाट टाढा, आशा नभएका, परमेश्वररहित ।” यो अवस्था कुनै पनि मानिसको निम्ति गम्भीर अवस्था हो।

तर  एफिसी दुइ अध्यायभित्र नै आशाको वाणी छ,  परमेश्वरले महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, ख्रीष्टसँगै जीवित पार्नुभयो, ख्रीष्टको रगतले नजिक, नयाँ मानिसको सृष्टि, शत्रुता शेष, परमेश्वरसँग मेल, सन्तहरूसँग सङ्गी नागरिक, परमेश्वरका परिवारका सदस्य । यी दुइ खण्डमा मान्छेको अवस्थामाथि ध्यान गरेको सेवकले मिडिया कति प्रभावकारी औजार हो भनी मूल्याङ्कन गरेको हुन्छ।

परमेश्वरले एक महान्, विश्वव्यापी एजेन्डा लिएर व्यक्तिव्यक्ति र जातिजातिको बीचमा काम गरिरहनुभएको छ भनी हामी देख्छौं । अन्य आवाजप्रति कान थुनेर, अन्यान्य दृश्यहरूप्रति आँखा बन्द गरी हामीले एफिसी २ का यी दृश्य र आवाजहरूलाई देख्नु र सुन्नु राम्रो हुन्छ । ख्रीष्ट पछ्याउने मान्छेको आधारशीला बाइबल हो । विश्वासीले नयाँ करारको ऐनालाई आफ्नो निम्ति अनिवार्य मार्गचित्र सम्झनुपर्छ । “हल्लेलूयाह र ताली”, जोशिला नाराहरू र कोरसहरूलाई तल अनि वचन अध्ययन, मननलाई माथि राख्नुपर्छ । नत्र ख्रीष्टको योजना बुझ्न सकिँदैन । आफैलाई पनि चिन्न सकिँदैन।

चर्च सभामा हुने सबै क्रियाकलापभन्दा नयाँ करारका पानामाथिको हाम्रो आस्था र अध्ययनले प्राथमिकता र प्रमुखता लिनुपर्छ । हाम्रो व्यक्तिगत जीवनभित्र कति ठूलो घटना घटेको छ, हामीले सोच्दै गर्नुपर्छ । अरूको हातमा सञ्चारमाध्यम पर्दा क्रान्ति मच्चिँदैछ । ख्रीष्ट अनुयायीको पकडले त्यही विधामा कमजोर परिणाम निकाल्नुहुँदैन।

दुनियाँको हेराइमा यो सब धर्म परिवर्तन होला । तर नयाँ करारका यी बयानले हामी नयाँ सृष्टि, नयाँ जाति, पृथ्वीकै एक अनौठो, उच्च प्राणी बनिसकेको कुरा प्रष्ट हुन्छ । यसैकारण ख्रीष्टका अनुयायीहरू बसेको टेबिलमा नेवार, मगर, बाहुन भन्ने पुरातन संस्कारका, साँघुरा आयतनका गफ र जोक्सहरू अमिल्दा बन्छन् । प्रतिगामी मात्र होइन, बाइबलको खिलाफ र नयाँ करारको लुते अध्ययनको प्रमाण । नयाँ सृष्टिले पुरानो गीत गाउँदा उसको पहिचान र प्रतिबद्धतामाथि प्रश्नचिन्ह लाग्छ । ऊ काग हो कि कोइली हो, सुन्नेहरू असमञ्जसमा पर्छन् । कथित क्रिश्चियन धर्म यो देशमा क्रियाकलापवादी, संस्कारवादी स्वरूपको उपस्थिति जनाउन चाहन्छ कि ख्रीष्टवादी नयाँ करारको क्रान्तिकारी घोषणामा जिउन चाहन्छ, निश्चित हुनु जरूरी छ । मिडियाले आफ्नै शान र कला, कौशल प्रदर्शन गर्ने होइन तर बाइबलको सिद्धान्त र नीतिलाई प्रष्ट बनाउने र तिनै शिक्षाद्वारा श्रोतालाई सचेत, सजग बनाउने हो।

एफिसी ४:१७-२४ ले हाम्रो पुराना संस्कारका सङ्कुचित मानिसिकता र वार्तालापलाई निषेध गरेको छ- विचारको व्यर्थतामा नजिओ, पुरानो स्वभाव त्याग, भित्री बर्तावमा नयाँ होओ, झुट त्यागेर सत्य बोल…।

ख्रीष्टवादमा रमाउने व्यक्तिले सामना गर्नुपर्ने सबैभन्दा अप्ठेरो चुनौती अर्काको खिसीटिउरी र विरोध होइन । त्यो आउनुपर्छ । मूर्खहरूले तपाईंलाई अमेरिकन धर्म भन्नुपर्छ (उसलाई थाहा छैन, नयाँ करार बाइबल अमेरिका र नेपाल बन्नुभन्दा १७०० वर्षअघि लेखिएको थियो, अमेरिका राष्ट्र नबन्दै उपत्यकामा क्रिस्चियनहरू थिए) । विरोध आएन भने प्रभु येशूको भविष्यावाणी झुटो ठहरिन्छ, तिमीहरूलाई घृणा गर्नुअघि संसार (समाज) ले मलाई घृणा गरेको हो (यूहन्ना १५)।

हाम्रो खास चुनौती हो, एफिसी २ अध्यायमा भनिएको “उहाँसँग उठाउनुभयो र स्वर्गीय स्थानहरूमा येशूसँग बसाल्नुभयो” । यहाँ धेरै उच्च अपेक्षा राखिएको देखिन्छ । धेरै माथ्लो मानसिकता, मर्यादा, व्यवहार र दृष्टिकोणको सवाल हो यो । ख्रीष्टको साथसाथमा बस्ने कुरोले हाम्रो जीवनशैली र विचारशैली दुवैलाई असर गर्छ । स्वर्गीय स्थान भनेको के होला – धेरै माथि हो । तल त हुँदै होइन । हामी त माथि छौं कि क्या हो?

बाइबल पढ्नेको लागि मानव अधिकार, महिला अधिकार इत्यादि स्वत: स्वाभाविक रूपमा थाहा हुने विषय हुन् । सासू भन्ने शब्द चर्चको संसारमा तीतो, नमीठो शब्द होइन । धन्य प्रभु येशू, धन्य तिम्रो शिक्षा । कुनै पनि ख्रीष्ट अनुयायी घरानाकी बुहारी हेपाइ भोग्ने पात्रा होइनन् । यी नातासँग जोडिएको विषयमा मात्र होइन तर, सोल्टिनी, साली, भेना आदि साइनोमाथि अश्लील खेलाइँची र मजाक पनि ख्रीष्ट अनुयायीहरूको समाजमा मेटिसकेको हुनुपर्छ (स्वर्गीय स्थानमा बसेको हुनाले) । जेठी, कान्छी, सौता शब्दहरू हाम्रो शब्दकोशमा नराख्ने । यी शब्दहरू बाइबल प्रवेश भएका मुलुकहरूको संस्कृतिमा हराउँदै गएको हुनाले हामीले यी शब्दहरूको उच्चारण कम गर्नुपर्छ । महत्ताहीन शब्दको लहरमा पुर्याउनुपर्छ।

नेपालले भरखर सिक्दै गरेका यी कुरा तपाईंले वर्षौंपहिले बाइबलबाट सिकेको हुनुपर्छ । गर्वले शिर उच्च गर्नुस् । सत्यवादी, विज्ञ ब्राह्मणले हामीलाई घिनाउँदैन, हाम्रो शिक्षाको स्पष्टता, सरलता र प्रभावकारीतासँग ऊ डराउँछ । संविधानसभामा बहस भइरहेका विषयहरू नयाँ करारले उहिल्यै सल्टाइदिएको छ । नेपालीको भोलिको चुनौती हो बाइबल खोल्ने कि नयाँ संविधान खोल्ने । समानता र सबै मान्छेलाई आदर पुर्याउने सवाल हो भने नयाँ करारमा प्रेमी परमेश्वरले त्यो जिम्मा लिइसकेका छन् । चर्च जागरूक बन्नुपर्छ।

मिडियको क्षेत्रमा कलाकर्मी बने पनि संस्थाको प्रमुख बने पनि र साधारण तहको विश्वासी भए पनि हाम्रो चरित्रलाई एउटै बाइबलको मापदण्डले नाप्छ । बरू धेरै पाउनेहरूबाट धेरै हिसाबकिताब लिइन्छ भन्ने अर्को सिद्धान्त पनि छ । यसकारण –पसिनाबाट, मानार्थ, इन्टरनेट आर्जित जे जस्तो उपाधि र पद भए पनि यो नभुलौं, जसलाई धेरै दिइन्छ, त्यसबाट धेरै मागिन्छ, धेरै सुम्पिएकोबाट अझ धेरै लिइनेछ, लूका १२:४८।

मान्छे जति नै वरिष्ठ भए पनि उसको वरिष्ठताले नयाँ करारले उभ्याएका बारहरू तोड्न पाउँदैन । बरू ती बारहरूको ऊ नम्बर वान संरक्षक बन्नुपर्छ । यसकारण हामी समिति र संस्थाको पदको महानताबाट सञ्चालित हुनुभन्दा पनि बाइबल पदहरूको मर्मबाट सञ्चालित हुनु अझ शोभनीय हुन्छ होला । भन्नु त नयाँ करारले सेवकको आत्मामा काम गर्ने र सेवकको बोली बोल्ने नै खास लिडर हो भन्छ । तर खै के हो ? के हो ? हैकमवाद, हुकूमीपन, अबाइबलीय आचरणहरू देख्दा बाइबल काखीमा च्यापेर जङ्गलभित्र भागिजाऊँ जस्तो लाग्दोरैछ।

सान्दर्भिक अर्को कुरो लेखिहालौं । हामीले तिर्ने बिल तलमाथि हुनुहुँदैन । बिल परिमार्जन गर्ने व्यक्तिले ख्रीष्ट अनुयायीको उच्च उपाधि गुमाइसकेको हुन्छ । त्यो सोच्ने, विचार्ने र बहसको कुरै नबनोस् । होटल, रिसोर्ट, छापाखाना र बालगृहहरूको खर्चबर्चमा सधैं शुद्धता प्रदर्शन होस् । तर अचम्म, चुरोट र दशांसको विषयमा ठूलै हल्ला हुन्छ तर बिल सम्पादन, आर्थिक अपचलनमा हुँदैन, हा… हा… । राष्ट्रको अघि सम्मानित ढङ्गले हिसाबकिताब राख्ने समूहमा हाम्रो नाउँ अगिल्तिर आओस् । युवा भाइबहिनी हो, तपाईंहरू बिजनेस, कृषि, विकास र प्रशासनका विषयहरू मन लाएर पढ्नुहोस्, संघीय राज्यमा शुद्ध, सफा काम गर्नेहरूको भोलि ठूलो खोजी हुन लागेको छ।

नयाँ नेपालको कुरा हामीले यो देशमा गरेको ६० वर्ष भएन र – “मानिस नयाँगरी जन्मनुपर्छ, नयाँ सृष्टि बन्नुपर्छ” भनिराथ्यौं । वास्तवमा हामीले पनि होइन, नयाँ करार यूहन्ना ३:१६ र २ कोरिन्थी ५:१७ ले देशलाई सम्झाएको धेरै भयो।

हामी सबै कुरा जान्दैनौं । सिक्दै, सिकाउँदै, निर्माण हुँदै, भुल गर्दै, लड्दै, उठ्दै, सतर्क बन्दै, पाको बन्दै येशूले बोलाउनुभएको मिसन यात्रामा अघि बढ्दै छौं । एफिसी २ फेरि बोलेको छ – पवित्रात्मामा तिमीहरू उहाँमा एक साथ निर्माण हुँदै जान्छौ (२२ पद) ।  ख्रीष्ट अनुयायी कहिल्यै निराश हुनुपर्दैन । उसको हातमा बाइबल छ, उसको साथमा पवित्रात्मा । ऊ के हो, को हो, ऊ कहाँ जाँदैछ, उसले सधैं थाहा पाइरहेको हुन्छ । पुगिसकेको छैन तर दिनदिन अघि बढ्दै गइरहनुपर्छ, ऊ अनि उसको उद्देश्य।

कारागारको चार दिवारभित्रबाट लेखिएको एफिसीको चार अध्यायको सुरुमा नै बोलावटअनुसार योग्य जीवनको माग गरिएको छ । यहाँ हामीले बुझ्नुपर्छ कि हरेक ख्रीष्ट अनुयायीलाई बोलावट भएको छ, कुनै न कुनै काम र मिसन उसको निम्ति छुट्याइएको छ (४:११ अगमवक्ता, शिक्षक, पास्टर आदि) । दायित्वको साथसाथ दायित्वबोध र आवश्यक योग्यताको अपेक्षा राखिएको छ । उच्च, निचको अवधारणा नै नभएको हुनाले ख्रीष्ट समुदायमा योग्यताअनुसार कुनै पनि व्यक्तिले कुनै पनि मिसन समाले हुन्छ । कर्मको पूर्वजुनीवादी अथवा निधारमा कोरेको आउँदो जुनीवादी सिद्धान्त ख्रीष्ट येशूले शेष गरिदिनुभयो । कर्मको फल, धर्मको फल, पुर्पूरो, हस्तरेखा, लोदर, भाग्य, लेखन्त आदि शब्दहरू मान्छेलाई अल्छे र निर्उद्देश्य बनाउने सामन्तीयुगमा जन्माइएका बहानाबाजीका शब्द हुन्, जुन चर्चशास्त्रको पानामा पाइन्नन् । आज, अहिले, वर्तमानको तत्काल घडीमा कसलाई, कति, कहाँ, कस्तो सेवा दिनुपर्छ । त्यो हो हाम्रो काम । अन्धविश्वास र परम्परावादी सोच र अभ्यासलाई हरेक चर्चको झ्यालबाट तीन, चार कान्लामुनि मिल्काउनुपर्छ । धेरै नसोची । असमानताको नरकदेखि समानताको स्वर्गीयस्थानमा कुनै पनि मानिसलाई उचाल्ने ताकत र ल्याकत बाइबल समात्नेहरूसँग हुनुपर्छ । रुढीवादको विनाश हाम्रो जीवनमा देखियोस् । आम समाजमा यी विषयहरू माइक्रोफोनमा बोल्ने र पत्रिकामा कोर्ने नाटक हुन् -मैदानमा माओ मानेर भित्रभित्र भैंसीबाट भूतलाई भेदेजस्तो ।) तारे होटलमा सरापेका रुढीवाद, घरघरमा जैले नि जिन्दावाद । ती महान् नेता, वक्ता त्यतिमाथि पुगेको नै रूढिवादको ढाड टेकेर हो भने उसले डबल रोल त खेल्नै पर्छ।

ख्रीष्टले हामीलाई सबै निच, असभ्य विचारहरूबाट स्वतन्त्र गर्नुभएको छ । (परमेश्वरका ज्ञानको विरुद्धमा खडा हुने बहसहरू र सबै अहङ्कारपूर्ण बाधाहरूलाई हामी नाश गर्र्छौं र हामी हरेक विचारलाई ख्रीष्टका आज्ञापालन गर्नलाई वशमा पार्र्छौं २ कोरिन्थी १०:५) ।
हरेक पुस्ताको ख्रीष्ट अनुयायी आफ्नो पुस्ताको निम्ति जिम्मेवार छ । हिजो र भोलि उसले जान्दैन । आज र अहिलेसँग उसको सम्बन्ध छ।

हेरौं एफिसी २ को ६ र ७ पद, हामीलाई ख्रीष्ट येशूसँग स्वर्गीय स्थानहरूमा बसाल्नुभयो, योचाहिँ आफ्नो अनुग्रहको असीम सम्पत्ति “आउँदा युगहरू” मा देखाउनलाई हो।

अहिलेसम्म जन्म नभएको जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन् (भजनसंग्रह २२:३१) । प्रथम चेलाहरूलाई ख्रीष्ट प्रभुले विश्व मिसनमा पठाउनुहुँदा नेपाल थिएन, नेपाली जातिको आरम्भ भएको थिएन । त्यो “आउँदो युग”, त्यो “जन्मै नभएको जाति” दुवै हाम्रो निम्ति आइसकेका छन् । यसकारण आज, अहिले, “समयको पूरा सदुपयोग गर… मूर्ख नहोओ, प्रभुको इच्छा बुझ” (एफिसी ५:१६, १७)

काम र मिसन तयार छ । (असल कामहरू हामीले गर्नू भनी परमेश्वरले पहिलेबाटै तयार गरिदिनुभएको छ, एफिसी २:१०) । मिसनको निम्ति प्रशस्त स्रोत र शक्ति उपलब्ध छ (हामीले मागेको वा चिताएकोभन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ ३:२०) । एफिसीमा देखिएका हाम्रा चार स्पष्ट चुनौती र कर्तव्य:

एक मिसनको निम्ति हामी सुसज्जित बन्नुपर्छ, बनाउनुपर्छ, ज्ञानको एकता भएको परिपक्व मानिस ४:१२, १३।

दुइ, नैतिक, दैनिक आचरणमा होशियारी अपनाउनुपर्छ, दुश्मनको पहिचान र सजगता – दियाबलसलाई मौका नदेऊ, ४:२७

तीन, आफ्नो खास गुरु र सल्लाहकारको पहिचान र उहाँलाई स्थान, परमेश्वरका पवित्रात्मालाई दुःखित नतुल्याओ ४:३०।

चार, युद्धको अवस्था, वास्तविकता अनि दुश्मनको निकटता, परमेश्वरका सारा हातहतियार धारण गर्ने, सत्यता, पक्का-नैतिकता, ख्रीष्ट-प्रचार, विश्वास, मुक्तिको आभास, बाइबलरूपी तरवार अनि प्रार्थना रूपी हतियारको सक्रिय प्रयोग ६:१४-१९ ।

अड्डी कस्ने, हठवादी बनी आफ्नो कुरामात्र माथि राख्ने अनुमति छैन । ख्रीष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस, ५:२१ । हाम्रो बोल्ने क्षमता तिखारिँदैछ, सुन्ने धैर्य हराउँदैछ । सुन्ने कुरोमा पूरा ध्यान लायौं भने बोल्ने कुरा राम्रो गरी जन्मन सक्छ । त्यसमा विचार पुग्यो भने एकअर्काको अधीनता र सहमति सम्भव छ।

मित्र हो, विसंगति र विरोधाभाषलाई चिन्नु र औंल्याउनुपर्छ । तिनीहरूको कठालो समात्नुपर्छ अनि बाइबलका कुनकुन पदले तिनलाई निमोठ्छ, त्यो पनि थाहा पाउनुपर्छ र तिनलाई ख्रीष्टवादको शुद्ध भूमिबाट सधैंको निम्ति घुँइक्याउनुपर्छ । वचनबाट सञ्चालन भएको मान्छे डराउनुपर्दैन।

मिसन छ अनि मिडियाको मिसिन, औजार पनि छन् । यिनीहरू मिडियाकर्मीसहित ओझेलमा पर्नुपर्छ । कारखानामा जस्तै कतै छेलिएर मिसिन र मजदुरले आफ्नो काम गर्नुपर्छ । त्यसरी काम गर्ने मानिसहरूको परिकल्पना, प्रयोग र परिश्रमको अन्तिम नतिजा – सबैमा परमेश्वरको प्रेम, बाइबलको सर्वोच्चता, ख्रीष्टको केन्द्रियता, स्वर्गराज्यको प्रभुत्व झल्किन सक्यो भने हामी सफल भयौं भनी बुझ्दा हुन्छ।

Written by Mr. Loknath Manean

Republished on nepalchurch.com new site May 6 2013

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In