• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अनुग्रह बिवाद: हग्नेलाई भन्दा……….

by NC Reporter
September 13, 2013
in Articles

Written by रामप्रसाद पौडे

हामी मानव जातिले घमण्ड गर्नु र्ब्यर्थ छ कारण परमेश्वरले हामी नभए ढुंगा मुढाबाट पनि आफ्नो राज्यको काम गर्ने अघिबाटै जनाउ दिइसक्नुभएको छ । यो कुरा हठी अगुवाहरुलाई सुझ्नुपर्छ ।


अनुग्रह बिवाद: हग्नेलाई भन्दा देख्नेलाई लाज

यो लेख लेखिरहदा भविष्यमा मैले झेल्नुपर्ने सास्तीहरुको झल्झली याद आइरहेको छ । इर्साई दुनियामा देखेको कुरा लेख्ने परिपाटी विकास भएको छैन । यदाकदा लेखिहाले पनि लेखकको झ्याको झार्ने काम यहाका अगुवाहरुबाट हुदै आएको छ । फस्वरुप मण्डली भित्रका कुहिएका आलुहरुले संरक्षण पाइरहेका छन् र कालान्तरमा यसले परमेश्वरको खिल्ली उडाउने काम गरेको छ । यी सब हुदाहुदै पनि अनुग्रह चर्चको विषयमा केही लेख्न मन लागेको छ । यो लेखले अन्धाआखा खोल्न सकोस भन्ने मात्र मेरो आशय हो, अन्य केही होइन ।

पृष्ठभूमि

आम विश्वासीको हेराइमा अनुग्रह चर्च धरान पर्ूव नेपालको उत्कृष्ट मण्डलीभित्र पर्दछ । यस मण्डलीका अगुवाहरु नेपाली इर्साई जगतमा राम्रो दखल राख्न सफल छन् । यहाका जवानहरु समेत संगीत र पत्रकारितामा यस अघिनै हलचल मच्चाउन सफल भइसकेका छन् । परमेश्वरको राज्य विस्तार संगसंगै साहित्य, संगीत, पत्रकारिता र चेलापनमा दह्रो र्समर्थन गर्ने भएका कारण यो मण्डली पर्ूवको इर्साई इतिहासमा उदाहरणीय समेत बनेको छ भने नेपालकै मण्डलीमाझ समेत चर्चित बनेको छ ।

अयुवको प्रशस्ती देखेर डाही बनेको शैतानले सायद अनुग्रहको उन्नति र ख्यातिलाई पनि नजरअन्दाज गर्न सकेन । अयुवलाई यातना दिने शैतानले अनुग्रहलाई पनि तितरवितर पार्न परमेश्वरसंग अनुमति माग्यो । परमेश्वरले पनि अयुवमा झैं विश्वस्त भएर अनुग्रह चर्चलाई खल्बल्याउन अनुमति दिनुभयो । शैतानलाई पराजित गरेर अयुवले परमेश्वरको शिर उच्च पारिदियो तर शैतानसंग पराजित भएर अनुग्रहका अगुवाहरुले परमेश्वरको खिल्ली उडाउने काम गरे । यो घटनाबाट पर्ूवका मण्डलीहरु जति दुखित भएका छन् , त्यो भन्दा ज्यादा चोट परमेश्वरलाई पुगेको छ।

कसरी फुट्यो अनुग्रह

नेपालका विद्धत व्यक्तित्व डा. केवी रोकायाले जब नेपाल राष्टिय मण्डली परिषद् ( NCCN) विस्तारका लागि पूवमा हात हाले त्यही बेलादेखि अनुग्रह मण्डलीमा फुटको बिजारोपण भयो । विशेषगरी ‘सबै धर्म समान हुन्’ भन्ने रोकायाको सिद्धान्त पूवका मण्डलीहरुलाई पचेन, जुन स्वभाविक पनि हो । तर डा रोकायाको ब्याख्या शैलीले उनी गलत भएको पुष्टि गर्दैनथ्यो । पूवका केही अगुवाले सामाजिक कामबाट परमेश्वरको राज्य विस्तार गर्ने डा रोकायाको तार्त्पर्यलाई र्समर्थन जनाए, त्यो पनि अस्वभाविक थिएन । कुरा कहा आएर बाझियो भने पूवका अधिकांस अगुवाले डा. रोकायालाई सुन्नै चाहेनन् र यो झुटो हो भन्दै हिंडे । अर्काथरीले भने ‘हामी पनि सुनी हेरौं न त रोकायाको सिद्धान्त के रहेछ’ भनेर पारख गरे । रोकायाले अगुवामाझ भ्रम सिर्जना गरेको भए परमेश्वर जानुन् अन्यथा उनी झुटनै हुन भन्न सकिन्नथ्यो। फलतः पूवमा NCCN गठन भएरै छाड्यो । NCCN गठनमा धरान इर्साई समाज र सुनसरी इर्साई समाजको सहयोग अवश्यनै थियो र सुनसरी इर्साई समाजको अध्यक्ष भएको नातामा अनुग्रह चर्चका एल्डर हिमाल जोसेफ र्राई पनि संलग्न थिए । डा. रोकायाको नेपाली इर्साई दुनियाको मार्टिन लुथर हुन भन्ने अहम र मण्डलीले सोधेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन नसक्ने अक्षमताले गर्दा वितार विस्तार पूव उनीप्रति रुष्ट हुदै गयो । त्यतिखेरसम्म अनुग्रह चर्चमा आन्तरिक कलहले चरम रुप लिइसकेको थियो । मुल जड यही भएपनि अनुग्रह चर्चको विवाद बढ्नुमा अन्य प्रशस्त कारणहरु हुन सक्छन् जसको अनुमान यहा नलगाउदा नै उचित हुनेछ ।

माओवादी पार्टर्ग तुलना गर्ने हो भने अनुग्रह चर्चमा पनि कट्टरपन्थी र समाजवादी धारको विकास पहिल्यैदेखि भइरहेको थियो । यी दुइ धारलाई बोकेर हिंड्दै थिए मण्डलीका एल्डरद्धय परशु गुरुग र हिमाल जोसेफ र्राई । यी दुइलाई समायोजन गर्दै अगाडि बढाउने प्रचण्डझैं भएका थिए मण्डलीका पास्टर बीबी र्राई । तर जब nccn को विवाद बढ्दै गयो मण्डली दुइ फ्याक भएरै छाड्यो । हुन त केही दुरदर्शी भएर हिमाल जोसेफ र्राईले मण्डली समक्ष क्षमा याचना गरेर डा रोकायासंग सम्बन्ध तोड्ने प्रतिज्ञा पनि गरेका थिए रे । जसको प्रमाण झल्कने विज्ञप्ति अनुग्रह विवादलाई प्रत्यक्ष प्रकाशन गर्दै आएको हाम्रो आशिष् पत्रिकामा प्रकाशित पनि भएको थियो । कहासम्म सत्य हो, असन्तुष्टहरुले क्षमा दिन मानेनन् अरे । असन्तुष्टहरुलाई उक्साउन काठमाण्डौंका एक हठी अगुवाको पनि ठूलो हात रहेको चर्चा पूवको इर्साई वृत्तमा हुने गरेको छ । सम्भवतः क्षमाको लेनदेन हुन सकेन र पूवकै प्रभावशाली अनुग्रह चर्चमा धमिरा लाग्यो ।

मत मिल्दैन भने र एकठाउ बसेर कामै गर्न नसकिने भयो भने फुट्नुपनि पर्छ – यो मेरो व्यक्तिगत धारणा हो ) । मण्डली फुट्नु इर्साई इतिहासमा अनौठो कुरा पनि होइन । साचो बोल्ने हो भने मण्डली विभाजन परमेश्वरको राज्य विस्तारको लागि उपयोगी पनि छ । चर्च फुट्दा फुटेकाहरुबीच आपसमा प्रतिश्पर्धाको भावना उत्पन्न हुन्छ र मण्डलीमा आत्मा बढ्छन् । पावलले भनेझैं जुनसुकै बहानामा भएपनि ख्रीष्ट प्रचारिनु असल हो । तर दुःखको कुरा अनुग्रह चर्चमा त्यसो भएन । ख्रीष्ट प्रचारिनुको साटो ख्रीष्टको दुष्प्रचार भयो । मण्डली भवनलाई राजनैतिक अखडा बनाउने सम्मका कुरा चले । परमेश्वरको सेवकलाई तथानाम गाली गरेर हैसियत सोध्ने सम्मको काम भयो । त्यति मात्र कहा हो र, हग्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं एकापसमा आरोप प्रत्यारोप, र अस्तित्वको होडबाजी चलिरह्यो । र्सार्वजनिक मिडिया मार्फ तथानाम बक्ने काम भयो । म सवै हु, अर्को पक्ष केही होइन भन्ने अहम् प्रकट भइरह्यो दुवै पक्षबाट । तर कहिल्यैपनि परमेश्वरमा भएर आफ्नो अस्तित्वको खोजी गरिएन । म को हु भनी सोधिएन ।

निष्कर्षयहा बुझ्नुपर्ने कुरा के छ भने वास्तवमा अनुग्रह चर्चका सवै अगुवाहरु केही पनि होइनन् । परमेश्वरमा बाहेक उनीहरुको कुनै अस्तित्व छैन । बीबी, फिलेमोन, परशु, हिमाल, शमूएल, दर्नाल वा अन्य कोही परमेश्वरको राज्यमा केही पनि होइनन् । उनीहरुबिना पनि परमेश्वरको राज्य बढी नै रहन्छ । परमेश्वरलाई उनीहरुको आवश्यकता छैन, छ त केवल उनीहरुलाई परमेश्वरको । हामी मानव जातिले घमण्ड गर्नु र्ब्यर्थ छ कारण परमेश्वरले हामी नभए ढुंगा मुढाबाट पनि आफ्नो राज्यको काम गर्ने अघिबाटै जनाउ दिइसक्नुभएको छ । यो कुरा हठी अगुवाहरुलाई सुझ्नर्पर्छ । सिंदुरे रंगका पाप क्षमा गरेर हिउजस्तै सेतो बनाउने परमेश्वरको सन्तान भएर आपसमा इख राखेर अहमको भ्यागुतो फुल्नु बाइबल विपरीत हो । अब त समाजलाई पच्नै गाह्रो भइसक्यो । नया पुस्ताले नसरापुन् भन्नका लागि पनि आपसमा मिलेर पो जाने हो कि –

सम्पादकः निस्तार इर्साई पत्रिका विराटनगर

इमेलः

Republished in new layout on 8/14/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In