• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

यर्देनित बप्तिलस्मल किनारामा

by NC Reporter
August 13, 2013
in Articles

Written by दौलत साकार

यर्देनीत बप्तिस्मल किनारामा एल्डर श्रीमति मिना थेबेले कार्यक्रम सञ्चालन र लघु आराधना गर्नुभयो। पा. जोनाथन सुनुबारले दाजु-भाइ र दिदी-बहिनीहरुलाई बप्तिहसमाको उत्साहीत वचन बाड्नुभएको थियो। त्यसपछि लगतै ९ जना दिदी-बहिनीहरु र ४ जना दाजु-भाइहरुलाई हामी त्रय पाष्टरहरु श्री जोनाथन सुनुवार, श्री दौलत थुलुङ र श्री वीनोद गौतमले यर्दन पानीको बप्तिनसमा दिएका थियौ।


यर्देनित बप्तिलस्मल किनारामा

एज्राएल २६ अक्टुबर

१० अक्टुबर, शनिबार- संयुक्त नेपाली मण्डली तेल अभिभ, इस्राइलले आयोजना गरेको यर्देनित बप्तिसमा कार्यक्रममा विश्वासीहरु र अन्यजाजिहरु गरि करिब ७५ जना नेपालीहरुको सहभागीता रहेको थियो। बिहाँन ७ बजे प्रश्थान गरेको दुइवटा गाडीले यर्दन नदि किनारामा ९ बजे पुर्याएको थियो। गाडीबाट निस्कन साथ यर्दन बसपार्कमा संयुक्त रुपमा प्रतिबिम्बहरु खिचेका छौं।
यर्देनीत बप्तिस्मल किनारामा एल्डर श्रीमति मिना थेबेले कार्यक्रम सञ्चालन र लघु आराधना गर्नुभयो। पा. जोनाथन सुनुबारले दाजु-भाइ र दिदी-बहिनीहरुलाई बप्तिहसमाको उत्साहीत वचन बाड्नुभएको थियो। त्यसपछि लगतै ९ जना दिदी-बहिनीहरु र ४ जना दाजु-भाइहरुलाई हामी त्रय पाष्टरहरु श्री जोनाथन सुनुवार, श्री दौलत थुलुङ र श्री वीनोद गौतमले यर्दन पानीको बप्तिनसमा दिएका थियौ। नयाँ र पुराना विश्वासीहरुको बीचमा बप्ति्स्मल किनारामा एल्डर मिना थेबेले प्रभु भोजको लिड गर्नु भयो र पा.वीनोद गौतमले प्रभुभोज वचन र प्रभुभोज बाड्नु भएको थियो।

बप्तिहसमा कार्यक्रम सकेपछि मनोरञ्जन र बाइबलीय घटना भएको स्थानहरुको भ्रमण गर्न गालिल तालको उत्तर-पश्चिमी किनारामा अवश्थित गेरासेनस गाउँमा पुगीयो। यो त्यही गाउँ हो जहाँ एक जना अशुद्ध आत्माले ग्रसीत मान्छेबाट भुतात्माहरु निस्केर सुंगुरहरुभित्र प्रवेश गर्दा दुइ हजार सुंगुरहरु भीरबाट लडेर मरेको वर्णन मर्कुस (५:१-१३) बाइबलमा छ। गालिल तालको छातीमा ४५ मिनेटसम्म बोटिङ (डुङ्गाको) शयर गर्दै आफूसँग लिएर आएको खानेकुरा खादै, पिउदै, नाच्दै र गाउँदै मनोरञ्जन गर्न पछि परेनौं। डुङ्गा चालक एक यहुदीले जाल झिकेर गालिल तालमा आफ्नो जाल फ्याके तर जालमा माछा परेन्। येशुको वचनरहीत जाल हनाइमा के माछा परोस्। जाल हनाइबाट सबैलाई शैक्षिक मनोरञ्जन प्रदान भयो।

बोटिङ्ग सकेर हामीहरु सबै जना कर्फनहुम गाउँ गयौ। जहाँ एक कप्तानले आफ्नो प्यारो कमारो बिरामी भएर मर्न लागेको निको पारी दिनुहोस् भनी येशु ख्रीष्टलाई अनुरोध गरेका थिए (लुका ७:१-१०)। यो गाउँ शिमोन पत्रुसकी सासू ज्वारोले थला पर्दा प्रभु येशु ख्रीष्टले निको पार्नु भएको गाउँ थियो। तर यो गाउँलाई वर्तमान भग्नावशेष जिर्णरुपमा देख्नो सकिन्छ। यो गाउँलाई त्यस समयमा सन्त पत्रुसको घर वा येशु ख्रीष्टको आफ्नै सहर भनेर परिचित रहेछ।

कर्फहुमको यात्रा समापन गरेपछि, ३ बजे हाम्रो गाडी डाँडाकाँडा, उकाली-ओराली, एज्रेल उपत्यका, मेगिदो, भूमध्य सागर किनारै किनाराहुदै नागबेली कालो अलकत्रे सडकमा सुलुलु गुडी रह्यो। साँझ ५:३५ बजे तेल अभिभ सहरमा हामीहरु सकुशल आउन सक्यौ। यो बप्ति्समा र भ्रमण कार्यक्रमको व्याश्थापन डिकन श्री सुन्दर नेपालले गर्नुभएको थियो र फोटोग्राफी कविता सुनुवार हुनुहुन्थ्यो। प्रभुको महिमा होस्।

आज बप्तििसमा लिनुभएका प्रभुका छोराछोराहरुको नाम यस प्रकारका छन्: १.रबिन्द्र खत्री २. दुर्गा लिम्बू, ३. मिरा र्राई, ४. निशा श्रेष्ठ, ५. भगवती कंडेल, ६. बिमला नेपाली, ७. सावित्री गुरुङ, ८. सबिन श्रेष्ठ, र ९.राजेन्द्र राना मगर, १०. भिमाकला रिजाल, ११. दावा शेर्पा, १२.झरना गुरुङ र १३. राम न्यौपाने हुन्।

११ अक्टुबर, आइतबार,
आजको बिहाँन ७ बजे दोस्रो दिनको बप्तिसमा कार्यक्रमको लागि करिब ३० जना नेपाली विश्वासीहरु बसमा चढेर बिहाँनीको मिरमिरे उषाको रश्मिसँग धर्तीमा छरपष्ट भइ सकेको थियो। यर्दन किनारामा हाम्रो बस पुगेर बसपार्कमा रोकियो। हामीहरु सबै बसबाट उत्रिएर सामूहिक फोटोहरु याद्गारको लागि भनेर खिच्यौं र यर्देनीत बप्तिसमल किनारामा गयौं। एल्डर श्रीमति यामूना घिमिरेले बप्तिसमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने बप्तिसमा लिने नेपाली दिदी-बहिनीहरुलाई मैले पाष्टरको नाताले मति २८:१८-१९ बाट उत्साहको वचन दिएको थिएँ। चार जना पाष्टरहरु संयुक्तरुपमा मिलेर १० जना दिदी-बहिनीहरुलाई यर्दन नदीमा पानीको बप्तिसमा दियौं। बप्तिसमा दिएर एल्डर यामुना घिमिरेले कोरस र भजनहरु गाउँदै प्रभु भोज सेवाको लिड गर्नुभएको थियो भने महिला पाष्टर माया सुनुवारले प्रभुभोज दिनुभएको थियो। त्यसपछि १० जना नयाँ बप्तिसमा लिने दिदी-बहिनीहरुलाई बप्तिहसमा प्रमाण-पत्र चारजना पाष्टरहरुले संयुक्तरुपमा वितरण गरेका थियौं ।
यसरी बप्तिसमा कार्यक्रम सकेर यर्दन नदीबाट १२:३० बजे माउण्ट अफ बिउटीच्युड जहाँ प्रभु येशू ख्रीष्टले डाडाँमाथिको उपदेशहरु दिनु भएको (मति ५:१-२ पाउँदछौं) पहाडमा गयौं। तर मूल प्रवेश ढोका बन्द भइ सकेको रहेछ र खुल्ने समय २:३० बजे हुनाले हाम्रो गाडी फर्किएर कर्फहुमतिर लाग्यौं। कर्फनहुममा पहिलो र चौंथौं शताब्दीमा निर्माण भएका भग्नावशेष ढुङ्गाका घरहरु यत्रतत्र छरिएर रहेको देख्न९ सकिन्छ। सन्त पत्रुसको भग्नावशेष घरमाथि निर्माण भएको चौंथो शताब्दिको क्याथोलिक चर्चको खम्बाहरुमा बाइबलमा वर्णन गरीएको वेजोड काष्ठकला कुदिएको देख्ने सकिन्छ। सुसमाचारको पुस्तकमा येशु प्रभुले आफ्नो सेवाकाईको केन्द्र विन्दुकोरुपमा यो सहरलाई प्रयोग गर्नुभएको थियो (मति ४:१२१७)। उहाँले पहिलो चेलाहरु पत्रुस र एन्ड्रोलाई यही सहरबाट चुन्नु भएको थियो। पाचौं शताब्दीको मानिने ओक्टागोलनल चर्च र विश्वकै प्राचीन यहुदी शभाघर यही कर्फनहुममा देख्ना पाईन्छ। यो सहरलाई येशुको सहर भनिदो रहेछ।
त्यसपछि हामीहरु गेनेसरेत गएर ढुङ्गाबाट तिबेरिया सहर प्रस्थान गरियो। गालिल तालको वरिपरि धेरै मानव बसोबास गाउँहरु देख्नर पाइन्छन्। तर तिबेरियसमा सबैभन्दा बढी मानव बसोबास भएको पाइन्छ र यहाँ आधुनिक सुविधा सम्पन्न होटेलहरु, यातायतहरु र सच्चारका साधनहरुले पूर्ण तिबेरियसलाई सिटीको संज्ञाले चिनिन्छ। गेनेसेरेतबाट डुङ्गामा चढेर तिबेरियसतिर प्रश्थान गर्यौं। मलाई डुङ्गामा चढ्न बित्तिकै येशू प्रभु र उहाँका चेलाहरुले डुङ्गामा यात्रा गर्दै गालिल ताल वरिपरिका गाउँहरुमा गर्नुभएको सेवाकाईहरुको झलझली नयनभरी यादहरु आइरह्यो।
२ बज्न लागी सकेको थियो मेरो पेटमा भोकले गर्दा मुसा कुद्दै थिए। शायद अन्य मित्रहरु पनि भोकले रन्थनिनु भएको थियो होला डुङ्गा यात्रामा नै दिउँसोको भोजन मज्जाले भोको पेटभरी खाइयो। नाचियो, गाइयो, हँस्सी मजाक गरियो। भिडियो र फोटोहरु खिचेका छौं। गालिल तालको तिबेरियस सहर छेउमा पुगेर हाम्रो यात्रा समापन भयो।

फेरि भेट्ने मनसाय लिएर मनमनै बिदाको द्धय हातहरु हल्लाउदै हामीहरु बसबाट तेल अभिभ जान हतारियौं। पा. जोनाथन सुनुवार ‟जय मसिही गर्दै सबैसँग विदा मागेर तिबेरियसबाट हाइफातिर अर्को गाडीबाट जानुभयो। हाम्रो बस उकाली-ओराली कालो अलकत्रे चिल्लो आधुनिक रोडमा गुडी रह्यो….गुडी। साँझ ६ बजे तेल अभिभ सहर आइ पुगेका थियौं। तेल अभिभ सहर जसलाई कहिले नसुत्ने मान्छेहरुको सहर पनि भनिन्छ। हामीहरु आ-आफ्नो इम्प्लाएरको घरमा काममा र्फकन “जय मसिही” का द्धय हातहरु जोड्दै मान्छेहरुको भीडमा विलिन हुन पुग्दछौं। तर म मेरो अपार्टमा पुगेर विलिन भइ सकेका पलहरुलाई मेरो स्मृतिको घेराबाट बाहिर निकाल्दै कम्प्युटर खोतल्न थाल्दछु यसरी………….।
हिजो र आज गरेर २३ नयाँ नेपाली आत्माहरुले पानीको बप्तिसमा यर्दन नदीमा लिन सकेका छन् । यसैमा हामी संयुक्त नेपाली मण्डलीका अगुवाहरु अति खुशी छौं। उहाँकै निरन्तर महिमा भएको होस्। आमेन् ।

आजको बप्तिसमा कार्यक्रमको सम्पूर्ण व्यवस्थापन डिकन श्री सुन्दर नेपाल, डिकन श्री कुमार सुनुवारले गर्नुभएको थियो। बप्तिसमा लिनेहरुको नामहरु: गौरी राना, लक्ष्मि काफ्ले, सर्मिला गौतम, माया गुरुङ, जगनशोभा गुरुङ, शान्ति गुरुङ, चन्द्रमाया सुनुवार, बिमला सुनुवार, जमूना गुरुङ, र तारा पुन हुन्। ज जसलाई म मेरो हृदयको कम्प्युटरमा सेभ गरेर राखेकोछु र कहिलेकाहि ओपन गर्दछु।

दौलत साकार
तेल अभिभ, इस्राइल
सेलफोन नं. ००९७२-५४ ९२६९ ४७२
[email protected] 

Republished in new layout on 8/13/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In