स्थिरताको घोषणा, मत्ती ७:१३-२९
आज हामी स्वर्ग राज्यको घोषणा पत्रको अन्तिम खण्डलाई हेर्नेछौं।
यस खण्डमा प्रभु येशूले संसारका झूट कुराहरूको महत्त्व र उहाँले दिनु भएको सत्य उपदेशको महत्त्व बीचको फरकलाई स्पष्ट पारिदिनुभएको छ। उहाँले चट्टान र बालुवामा लगाइएका जगहरूको बारेमा बताउनु भएको छ। बालुवामा लगाइएको जग संसारको झूटो आडम्बरको जग हो भने चट्टानमा लगाइएको जग प्रभु येशूको साँचो सत्य शिक्षामा लगाइएको जग हो।
ख्रीष्टका शिक्षाहरू अद्वितीय छन्। अन्त्यन्तै महत्त्वपूर्ण छन्। कुनै पनि व्यक्तिले निर्धक्क भएर यी शिक्षामाथि आफ्नो जीवनको जग बसाल्न सक्छ। प्रभु येशू सिद्ध र सार्वभौम परमेश्वर हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेभ व्यक्ति कहिल्यै पनि धोखामा पर्दैन।
अर्को तर्फ सांसारिक महत्वका वस्तुहरू छन् जुन अति सजिला र सहज देखिन्छन्। धेरै मानिसले आफ्नो जीवनको जग यसैमा बसाल्दछन् र धोखामा पर्दछन्। सांसारिक महत्त्वका वस्तु तथा सिद्धान्तहरू क्षणिक मात्र हुन्छन्।
यहाँ प्रभु येशूले आफ्नो शिक्षाको महत्त्व र सांसारिक सिद्धान्तको महत्वबीच फरक देखाउन ३ जोडी उदाहरणहरू प्रयोग गर्नुभएको छ।
प्रथमः मत्ती ७:१३,१४ – दुईवटा बाटाहरू (ढोकाहरू)
दोस्रोः मत्ती ७:१५-२३ – दुई रूख र त्यसका फलहरू
तेस्रोः मत्ती ७:२४-२९ – दुईवटा जगहरू (घरहरू)
दुईवटा ढोकाहरू
साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याोउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने जीवनमा पुर्याकउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, जसले चाहिँ जीवनमा पुर्याकउँछ, र त्यो भेट्टाउने थोरै नै हुन्छन्।
मत्ती ७:१३, १४
ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
यूहन्ना १०:९
येशूले तिनलाई भन्नुतभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
यूहन्नाक १४:६
यहाँ उल्लेख भएको साँघुरो ढोका प्रभु येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। यो ढोकाले जीवनमा पुर्याकउँछ। तर फराकिलो ढोकाले चाँहि मृत्युमा पुर्यााउँछ। यसो हेर्दा फराकिलो ढोका सजिलो जस्तो देखिन्छ तर अन्तमा त्यसले मृत्युमा पुर्या उँछ।
मण्डलीमा सदस्यता लिंदा, अगुवाको अधीनमा बस्दा, समर्पणको लागि वचन दिँदा, साँगुरो ढोकाबाट छिरे जस्तै कठीन लाग्न सक्छ। साथै जीवनभरी नै धार्मिक जीवन जिउनुपर्ने, मण्डलीको नीति नियम पालन गर्नुपर्ने कुराले मानिसलाई साँगुरो ढोकाबाट भित्र पस्न गाह्रो अनुभव हुन सक्छ तर कालान्तरमा यही ढोका नै जीवनको उत्तम ढोका हुन्छ।
दुई रूख र त्यसका फलहरू
झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्ने्छौ। के काँढाका बोटबाट अंगूर अथवा सिउँडीबाट अञ्जीर टिपिन्छ र? त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, नता खराब रूखले असल फल फलाउन सक्तछ। असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेनछौ। मलाई प्रभु, प्रभु भन्नेट सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेकछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं र? तपाईंको नाउँमा भूतहरू धपाएनौं र? तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र? अनि म तिमीहरूलाई सफासँग भन्नेीछु, मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।
मत्ती ७:१५-२३
हामीहरूले निरन्तर रूपमा असल फल फलाउनुपर्छ। केही समय असल फल फलाएर चुप लाग्यौं भने हाम्रो जीवनको स्थायित्व खतरामा पर्छ। यस्तो किसिमको फल ख्रीष्टको उपस्थिति लगातार रूपमा हाम्रो जीवनमा भएमा मात्र सम्भव हुन्छ।
दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यौ भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।
यूहन्ना १५:५
झूटा अगमवक्ताहरू भेँडाको भेषमा आउँछन् तर भित्रपट्टि उनीहरू ब्वाँसा जस्ता हुन्छन्। उनीहरूले सधैँ आफैलाई अर्कै रूपमा प्रस्तुत गर्न चाहन्छन्। यस्ता व्यक्तिलाई प्रभु येशूले पाखण्डी भन्नु्हुन्छ।
यस किसिमका पाखण्डीहरूबाट हामी सँधै होशियार रहनुपर्छ। प्रभु येशूले यस किसिमका झूटा अगमवक्ताहरूलाई कसरी चिन्नेप भनेर पनि यही खण्डमा बताउनुभएको छ।
यी पाखण्डीहरूले निम्न काम गर्न सक्छन्
१. अगमवाणी बोल्न सक्छन्
२. भूतहरू धपाउन सक्छन्
३. आश्चर्यकर्म गर्न सक्छन्
यस्ता व्यक्तिहरू प्रभु, प्रभु भनी भन्छन् तर वास्तवमा आफ्नै व्यक्तिगत स्वार्थको लागि मात्र काम गर्छन्। यिनीहरूको फलबाट नै हामी उनीहरूलाई चिन्न् सक्छौँ। यस किसिमको अधर्म काम गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन्। झूटो अगमवक्ताले परमेश्वरको इच्छा जान्दैन र पालन पनि गर्दैन। त्यसैले उसको फल पनि असल हुँदैन तर असल अगमवक्ताले सधैँ परमेश्वरको इच्छा खोज्छ, जान्छ र त्यही अनुसार काम गर्छ त्यसकारण उसका फलहरू पनि असल हुन्छन्।
दुई किसिमका जगहरू
यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एउटा बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि पानी पर्योन, र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो,र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचनहरू सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर वालुवामाथि बनायो। पानी पर्योर, र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो। येशूले यी कुरा भनिसक्नुभएपछि भीड उहाँका शिक्षा सुनेर छक्क पर्योक। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
मत्ती ७:२४-२९
डाँडाको उपदेशको अन्तिम भागमा येशूले हाम्रो जीवनको जग कस्तो ठाउँमा बसाल्नुपर्छ भनी सिकाउनुभएको छ। हाम्रो जीवनको जग बालुवामा होइन तर चट्टानमा बसाल्नु पर्दछ।
यसरी हाम्रो जीवन स्थिर जीवन हुन सक्छ।
तर चट्टान के हो त ?
यो चट्टान कहाँ छ ?
यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एउटा बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
मत्ती ७:२४
प्रभु येशूले सिकाउनुभएको डाँडाको उपदेश (मत्ती ५,६,७) नै हाम्रो जीवनको जग बसाल्नको लागि चट्टान हो।
यही डाँडाको उपदेशलाई हामीले ‘स्वर्ग राज्यको घोषणा पत्र‘ भनेका छौं। डाँडाको उपदेशले हाम्रो जीवनको हरेक कमी कमजोरीलाई समीक्षा गर्नुपर्छ र हामीले हाम्रो जीवन त्यहीअनुरूप सुधार गर्दै लानु पर्छ। यसैबाट हामी हाम्रो जीवनलाई ठीक ठाउँमा स्थिर राख्नु सक्छौं।
जस्तै चिन्ता फिक्री भयो भने मत्ती ६:२५-३४ मा भएको शिक्षालाई सम्झेर फेरि परमेश्वरमा भर पर्नु पर्दछ।
अरूलाई दोष लगाउने परीक्षा आयो भने मत्ती ७:१-६ को वचन याद गरी आफैलाई जाँच्नुपर्छ।
आउनुहोस् प्रभु येशूको यो सुन्दर शिक्षाको लागि उहाँलाई धन्यवाद चढाऔं।
Buy a book of all 9 sermons on Ghosana Patra from ITEEN or
Republished in new layout on 8/5/2013
Discussion about this post