• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पत्रुकी सासु र थुप्रै पिडीतहरु

by Tanka Subedi
August 5, 2013
in Sermons

 मुख्य पदहरु मत्ति ८: १४-१७, लुका ४:३८-४१
सहायक पद यशैया ५३:४

प्रिय मित्रहरु
बाइबलको यस खण्डमा प्रभु यशुले गर्नुभएका थुप्रै कामलाई एकदमै सानो खण्डमा प्रस्तुत गरीएको।

प्रभुले गर्नुभएका धेरै काम मध्य एउटालाई बिशेष महत्व दिएर उल्लेख गरीएको छ।

त्यसैले हामी पनि यहि कुरालाई बढी जोड दिनेछौ र बाँकी कुरालाइ सामान्य अध्ययन गर्नेछौ।

मत्ति८:१४-१७ र लुका ४:३८-४१ पालो पालो पढौ।

१४ पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नु भयो। १५ उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्‌, र उहाँको सेवा गरिन्‌।
१६ जब साँझ पर्यो५, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्यािए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुेभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो। १७ यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो,
र हाम्रा रोगहरू उठाइलानुभयो।”

मत्ती ८:१४-१७

३८ सभाघरबाट निस्केुर उहाँ सिमोनको घरमा पस्नु भयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्‌, र तिनीहरूले तिनको निम्तिन उहाँसँग बिन्तीज गरे। ३९ तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्योज, र तुरुन्तैक उठेर तिनले उहाँहरूको सेवा गरिन्‌।
४० अब घाम अस्तातउन लाग्दाा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्यााए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। ४१ धेरै मानिसहरूबाट भूतहरू पनि चिच्याेर उँदै र यसो भन्दै निस्केन, “तपाईं परमेश्वभरका पुत्र हुनुहुन्छई।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न‍ दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्टर हुनुहुन्छछ भनी चिन्थेर।

लूका ४:३८-४१

दुबै पुस्तकबाट पढेपछि हामीलाइ घटनाको पूर्व विवरण थाहा हुन्छ।

प्रभु येशु फर्कनुमा केही समयसम्म बसेको कुरा हमी यहाँ देख्न सक्छौ। कप्तानको नोकरलाइ निको पारेपछि येशु सीमोनको घरमा जानुभयो। सिमोन पत्रुसकी सासु ज्वरोले थलिइरहेकी थिइन। येशुले छोएर ज्वरोलाइ हकारेपछि ज्वरोले उनलाइ छोडीहाल्यो र उनले तुरुन्तै उहाँहरुको सेवा गर्न शुरु गरीन।

साँझ परेपछि सम्भवत रात भरी नै धेरै रोगी र भूतात्मा लागेकाहरुलाई मानिसहरुले
प्रभुकहाँ ल्याए र उहाँले सबैलाई निको पर्नुभयो । दुष्टत्माले येशुलाइ चिने तर येशुले चुप गराउनुभयो। अझै पनि येशु ख्रिष्ट नै हुनुहुन्छ भन्ने कुरा फैलनु उपयुक्त थिएन।

यशैया ५३:४

४ निश्च३य नै उसले हाम्रा निर्बलताहरू बोक्यो , र हाम्रा दु:ख भोग्योन, तापनि हामीले उसलाई परमेश्व३रबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्यौं । ५ तर ऊ त हाम्रा अपराधहरूका निम्तिा छेड़ियो। हाम्रा अधर्मका निम्ति: ऊ पेलियो। हामीमा शान्ति ल्यामउने दण्ड़ उसमाथि पर्यो , र उसको कोर्राको चोटले हामी निको भयौं।

यशैया ५३:४-५

यो अगमवाणी पूरा भएको छ।

पत्रुस शुरुको मण्डलीका अगुवा थिए र तिनकी सासु थिइन। यो कुरा साधरण तर प्रष्ट छ। त्यसैले यो खण्ड हेर्दा देख्न सकिन्छ कि विवाहीत व्यक्ति मण्डलीको अगुवा हुन अनुपयुक्त हुँदैन। तर विवाहित वा अविवाहित जो पनि मण्डलीको अगुवा हुन सक्छन।

येशुले सबै रोगी र भुत लागेकालाई निको पार्नुभएको कुरा पनि अचम्मको छ। कुनै समय उहाँ एउटा ब्यक्तिलाई मात्र निको पार्नुहुन्छ भने कुनै समय उहाँकहाँ आउने सबैलाइ।

प्रभुको चेला भएको नाताले हामी हरेक पनि कुनै पनि समय विना शर्त विरामी र भूत लागेकालाई निको पार्न र सहायता गर्न तत्पर हुनुपर्छ।

अब आजको मुख्य भाग र त्यसलाइ हाम्रो जिवनमा कसरी उतार्ने भनि हेर।
ज्वरो एक सामान्य बिरामी हो। तर कति पटक ज्वरो अन्य घातक विमारीको लक्षण हुन पनि सक्छ र यसैबाट मानिसको मृत्यु हुन पनि सक्छ।

पत्रुसकी सासुलाइ कस्तो ज्वरो थियो हामीलाइ थाहा भएन तर उनी थलीएकी थिइन भनि बाइबलमा उल्लेख छ। उनी सिकिस्त भएको र केहि समय देखी ‌ओछयान परेकी अनुमान लगाउन सकिन्छ।

चेलाहरु र सायद पत्रुस आफैले येशुलाई यो विमारीको बिषयमा बताउनुभयो। येशुले पत्रुसकी सासुलाई हातले छुनुभयो र ज्वरोलाई हकार्नुभयो। त्यस पछि ज्वरोले उनलाई छोडी हाल्यो।

स्पर्श र बोलीमा शक्ति छ।

छुने: छुदा मानिसमा एक प्रकारको स्नेह ,प्रेम बग्दछ। शक्ति प्रवाह हुन्छ।

हकार्ने (बोल्ने) बोल्दा: परमेश्वरको शक्ति प्रवाह हुन्छ। बोल्दा परमेश्वरको शक्तिको घोषण हुन्छ।

विश्वास साथ गरिएको छुने र बोल्ने क्रियाले हामी ख्रीष्टियनहरुले थुप्रै आश्यर्य कामहरु गर्न सक्छौ।

येशुसंग सिकौ
अब आजको पाठबाट पत्रुसको सासुको प्रतिक्रिया हेरौ र हामी सबैले गर्न सक्ने व्यहारीक पाठ सिकौ। किनभने यस अघिका व्यवहारिक कुराहरु हामी मध्य कतिलाई गर्न गार्हो लाग्न सक्छ।

जस्तै

– जुन सुकै समय सबैको लागि प्रार्थना गरिदिने।

– रोगीलाई छुने र रोगीलाइ हकार्ने।

तर पत्रुसकी सासुले आफू निको भएपछि के गरिन त्यो भने हामीले पनि गर्न सक्छौ। निको हुने वितिकै उनि उठीन र उहाँहरुको सेवा गरिन। तुरुन्तै विना प्रश्न नहिचकिचाइकन सेवामा लागी हालिन।

प्रिय मित्रहरु, तपाई र म पनि प्रभुको कृपा र अनुग्रह सहितको स्पर्षबाट शरीर र आत्माको रोगबाट मुक्त भएका मानिसहरु हौ । पत्रुसकी सासुबाट सिकौ र तुरुन्तै प्रभु र उहाँका चेलाहरु (मण्डली)को सेवामा जुटौ ।

अब हामी अझ स्पष्ट बनौ। प्रभु र हामीको मण्डलीको सेवामा हामीले गर्न सक्ने व्यवहारिक काम के के हुन सक्छन् त?

व्यहारीक सेवा धेरै हुन सक्छन्

  • पिता, पत्रु, पवित्र आत्मा परमेश्वरको सेवा
  • मण्डली अगुवाहरुको सेवा
  • मण्डलीका अरु सदस्यको सेवा
  • मण्डलीमा आउने पाहुना र समाजको सेवा

यसमा अझ स्पष्ट हुन हामी सेवालाई मण्डलीका लक्षहरु अनुसार बिभाजन गर्न सक्छौ। लाई विभिन्न स्थानीय मण्डलीका लक्षहरु फरक फरक र स्पष्ट हुन्छन र तीनमा ध्यान दिउँ। यहाँ फेमिली अफ गड मण्डली काठमाडौका उदेश्यहरु उल्लेख गरीएको छ।

१. सुसमाचारको सेवा
२. आराधनाको सेवा
३. संगतिको सेवा
४. चेलापनको सेवा
५. सेवाकार्य(सामाजिक) सेवा

माथिको लिस्टमा सेवाका काम पूरै छैनन्। हरेक मण्डली र समुदायमा फरक फरक सेवाका कामहरुको आवश्यकता पर्छ र फरक फरक सेवाको काम गर्न सक्ने मानिसहरु सेवामा लागेका हुन्छन्।

मित्र तपाई आफुले कुन क्षेत्रमा के सेवा गर्ने चाहनुहुन्छ? तुरुन्तै सुरु गरिहाल्नुहोस्।

प्रभुको अनुग्रह र आशिष् तपाईमा रहोस्।

Republished in new layout on 8/5/2013

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018
Easter Sunday Special 2018

Easter Sunday Special 2018

April 1, 2018

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In