• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 29, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आजको समाजमा इसाई दायित्व

by Sarju Rijal
August 5, 2013
in कबीता

कविता

थिचिएका छन् मान्छेहरू
अन्धकारका विशाल पहाडले
कुनै गहिरो खोंचमा
भौतरिएर बाँच्न विवश
आशारहित भीडहरु
बरालिएका छन् यत्रतत्र
सपनाका अधुरा यात्राहरु
लागीरहेछन् अनायास पूर्णविराम
समाजका यी दुःखदायी
यथार्थ कहानीको उकाली-ओरालीमा
ख्रीष्टको ज्योति चम्काउने
हामी इसाईको दायित्व हो
सबलाई स्वतन्त्र पार्ने
ख्रीष्ट येशूको सत्य हो

समयको गढतीरमा
टक्क अडिएर
कतै जीवनको जीजविषा
छचल्कीरहेछन् मान्छेको मन मनमा
धमिलो पानी जस्तै
बग्दै जाने धमिलो मन
शुद्धताको खातिर
अनगिन्ती निर्रथक प्रयासहरु
असफलताको खात बनेर
थुप्रीरहेछन् हिमालचुली जस्तै
यस अर्थमा
हामी आम इसाईहरु
डाँडामा बसालिएको शहर जस्तो
नमूना बन्नुछ
र देखाउनुछ बाटो सत्यको
बाँड्नुछ मुक्ति येशूको
अग्लो पहाड जस्तै
उभिनुछ ठिङ्ग
ख्रीष्टको असल साक्षी बनेर
सुनाउनुछ मुक्तिको सन्देश

अशान्तिको छालहरु
आउँछन् र ठोकिन्छन्
मान्छे वितृष्णाको मैदान चहार्दै
अँध्यारा मुहार गुजमुज्ज पार्छन्
इच्छा र अकाँक्षाका
अनगिन्ती भर्याङ्ग
उक्लन्छन् र झर्छन्
वेस्वादिलो र टररो जीबन लिएर
नमिठो अनुभूति बाँचीरहन्छन्
बिडम्वानाका यस्ता श्रृखंलाहरु
स्वार्थका कैयन पोकाहरु बोकेर
मनवताको खिल्ली उर्डाईदै गर्दा
मान्छे आफै
आशारहित र असन्तुष्टिको
छाँयामा रुमल्लिदै
हराएका छन् सत्यको खोजमा
यद्यपि हामी इसाईहरुसँग
ख्रीष्टिय आशाको सन्देश छ
सक्छौं हामी बाँड्न
ख्रीष्टको शान्ति र आशा
सक्छौं हामी दिन
ख्रीष्टको मुक्ति र उद्धार
परिवर्तनको मधुर ध्वनी
सक्छौं हामी गुन्जाउन
दायित्वको यी अपार चौबाटोमा
बाँड्नुछ क्रुसको प्रेम
धाँदोमा उभिएर
अर्न्तविन्ती चढाउने
ख्रीष्टमा विश्वासका
बन्नुछ वलिया मान्छेहरु
हर मान्छेको मनको कुना कुनामा
धार्मिकताका राज्य
स्थापित गर्नुछ
निराशा मान्छेहरुको मुहारमा
ल्याउनु छ ख्रीष्टको आनन्द र खुशीयाली
फैलाउनुछ सुवास्ना उद्धार र मुक्तिको
उजिल्याउनुछ निराश मुहारहरु
ख्रीष्टविना बाँचेका ती आत्माहरुलाई
सुनाउनुछ सत्यको खबर
उप्काएर भ्रमको पर्दाहरु
निकाल्नुछ शैतानको जालोबाट
ती मुक्तिका भोका
अनि तृषित मान्छेहरुलाई
सुनाउनुछ मुक्तिदाता येशूको कुरा
जोड्नुछ येशूमा
फुटेका ती सपनाका
अनगिन्ती चोइटाहरु
मान्छेको मन दुःखीरहेको बेला
फुक्नुछ ख्रीष्टिय शान्ति र मुक्तिको बिगुल
सिउँनुछ येशूको त्यो महान प्रेमले
ती उध्रिएका मनका सिउँनीहरु
विगतका ती धुमिल छाँया मेटाएर
ख्रीष्टको न्यानो स्पर्शमा
ज्योति छर्नु अँधेरीमा
र आजको समाजमा
ख्रीष्टको महान आज्ञा पालन गर्दै
पुरा गर्नुछ आफ्नो कर्तव्य
निभाउनुछ आफ्नो महान दायित्व

resham

रेशम कुमार सुनुवार
पो. ब. नं. १३९०२, काठमाडौं ।

Related Posts

December 15, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-२)

July 27, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-१)

July 27, 2021

धेरै ढले ढल्दै छन्

May 27, 2021

Discussion about this post

ताजा सामाग्री

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

September 21, 2023

असोज ४, २०८० ll बिहिबार काठमाडौँ- नेपाल-भारत विद्युत् आदान प्रदान सहमति अनुसार आर्थिक वर्ष ८०/८१ को दुई महिनामा पाँच अर्ब...

निक्षेप र कर्जा घट्यो

निक्षेप र कर्जा घट्यो

September 21, 2023

४ असोज २०८० ll बिहिबार काठमाडौँ l चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप...

राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी

राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी

September 20, 2023

३ असोज २०८० ll बुधबार संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना...

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

September 18, 2023

सोमबार ll २०८० असोज १ गते एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस अस्कर अवार्डको ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In