• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ – भाग १

by N D Lama
July 19, 2013
in Articles, Bible Study & Teaching
N D Lama
एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

“उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो।” एफिसी १:४-५ “हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०

मानिसजाति परमेश्वरका हातका सीप हुन्। जो ख्रीष्टमा असल कामकालागि सृजना गरिएका उहाँको असल काम गर्ने कारिन्दाहरू हुन्। उहाँले हाम्रोलागि विशेष योजना बनाउनुभएको छ। जुन योजना हामीले हाम्रो जीवनको पहिलो सास फेर्नुभन्दा पनि अघाडि नै उहाँले तोकि सक्नुभएको हुन्छ। उहाँका असल कामहरू पूरा गरेर अर्थपूर्ण जीवन जिएको परमेश्वर चाहँनुहुन्छ। असल कामहरू गर्दै अर्थपूर्ण जीवन जिउँनु हाम्रो कर्तव्य हो। तर दुःखको कुरा कति पटक कति मानिसहरूले आफ्नो जीवन पूर्णरुपमा अनर्थपूर्ण कार्यहरू गरेर जिउँछन्। जन्मेपछि जीवनको उद्देश्यबाट तर्केर पूर्ण रुपमा अर्थविहीन जीवन जिउँन पुग्छौँ। अर्थपूर्ण जीवन जिउँन मानिसले सचेतनाकासाथ छान्नुपर्छ। यो त छनौट गर्ने चीज हो। स्वभाविक रुपमा हामी अर्थविहीन कुरा तिर लम्कन्छौँ।

अर्थपूर्ण जीवन कसरी जिउँने भन्ने विषयमा हामी आउने दिनहरूमा हेर्दै जानेछौँ। तर आजको यो खण्डमा, हामीलाई अर्थपूर्ण जीवन जिउँन बाधा पुराउने सबैभन्दा ठूलो बाधकको विषयमा हेर्नेछौँ। यो बाधकलाई हामी सजिलै ठम्याउँन सक्दैनौ र थाहा गर्न पनि सक्दैनौँ। हाम्रो जीवनमा गरिने अन्य खालका पापहरूलाई हामीले सजिलै देख्न वा ठम्याउँन सक्छौँ। जस्तैः चोरी, हत्या, व्याभिचार। तर अहिले मैले व्यक्त गर्नलागेको वाधा जसले हामीलाई अल्झाइ राख्छ, यसलाई सजिलै ठम्याउन सकिँदैन। वास्तवमा यसले कसरी हामीलाई कम्जोर बनाएको छ भन्ने कुरा हामीलाई महसुस पनि हुँदैन। तापनि यो वाधा सर्वव्यापी छ। यो नानीहरूको बीचमा, आमाहरूको बीचमा, बुवाहरूको बीचमा, नेताहरूको बीचमा सबैठाउँमा, सबै समय पाउन सकिन्छ र यसले मानिसहरूलाई अर्थपूर्ण जीवन जिउँनमा ठूलो बाधा दिइरहेको छ। यो रीस, अधैर्यता, अनैतिकता पनि होइन। त्यो कुरा हो इर्स्या। इर्स्याले मानिसलाई कम्जोरमात्र बनाउदैन तर यसले हाम्रो जीवनलाई अन्यत्रै मोडि दिन्छ। बाइबलमा यसलाई जनाउँन लालच, लोभ, डाह जस्ता शब्दहरू चलाएको पाउँछौँ।

“आफ्‍नो छिमेकीका घरको लालच नगर्नू।” प्रस्थान २०:१७। इर्स्या भनेको आफूसँग भएको असल थोकहरू विर्सी अरूसँगभएका कुराहरू हेरेर दुःखी हुनु हो। जसले हाम्रो जीवनको खुशीयालीमा तुँवालो लगाइ दिन्छ। तपाईसँग भएकोले म दुःखी छु। अर्थपूर्ण जीवनको सबैभन्दा ठूलो बाधक इर्स्या हो र इर्स्याले कसरी हाम्रो जीवनको उद्देश्य पूरा गर्नमा कसरी बाधा ल्याउँछ? निम्न ४ वटा बुँदाहरूमा अध्ययन गर्नेछौँ।

१. इर्स्याले हाम्रो अद्वित्यपनलाई इन्कार गर्छ।

परमेश्वरले सबै मानिसलाई विशेष तरिकाले बनाउनुभएको छ। कुनै व्यक्ति र उसको स्वभाव अर्को उस्तै देखिने व्यक्तिसँग मेल खाँदैन। तपाई परमेश्वरको हातको सीप हो। तपाई उहाँको विशेष सृजना हो। एउटै आमाको कोखबाट जन्मेको जुम्ल्याहमा त अनेकौ भिन्नता पाउँन सक्नुहुन्छ। वचनले भन्छ, “परमेश्वर तपाईंले नै मेरा भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो। … म भयानक र अद्‌भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्‌भुत छन्‌, … जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए।”भजनसंग्रह १३९:१३-१६।

जीवनको पक्षमा कति स्पस्ट पाठ? गर्भपतन परमेश्वरको इच्छाको विरुद्धमा हुन्छ। अवैधानिक आमाबुवा हुन सक्ला तर अवैधानिक बालबालिका हुन सक्दैन। मानिसको जीवनको सुरुवात जन्ममा होइन तर परमेश्वरले सोच्नुभएपछि हुन्छ। मानिसहरूले भन्ने गर्छ प्रेम अन्धो हुन्छ तर वास्तवमा प्रेम अन्धो होइन, इर्स्याचाहिँ अन्धो हुन्छ। यसले तपाईलाई अन्धो बनाउँछ। यसले तपाईको आफ्नो खुबीहरूलाई विर्सीन लगाउँछ। परमेश्वरले तपाईकोलागि दिनुभएका विशेष वरदानहरू थाहा गर्न नसक्ने बनाउँछ। यसले तपाईलाई आफै प्रति अन्धो बनाउँछ। यसले तपाईलाई आफ्नो स्थान, समाज, राष्ट्र तथा आफैलाई नचिन्ने बनाउँछ।

जब तपाई स्वर्ग जानुहुन्छ त्यहाँ तपाईलाई परमेश्वरले “किन तँ तेरो आफ्नो दाजु जस्तो भएनौँ?” भनी सोध्नुहुन्न। नता राजेश हमाल या मेलिना मानन्धर भनी सोध्नुहुन्छ। जब तपाईले अरूलाई हेर्न थाल्नुहुन्छ तपाईको मनमा निम्न प्रश्नहरू उठ्न थाल्छ। म किन ऊ जस्तो हुन सक्दिन? किन ममा त्यो खुबी छैन? किन मैले त्यो जस्तो श्रीमान पाइन? किन मैले त्यो जस्तो छोरा पाउन सकिन? वास्तव इर्स्या गर्दा तपाईले परमेश्वरलाई नै चुनौती दिइरहनुभएको हुन्छ। परमेश्वर, तपाईले सबै कुरा भत्ताभुङ्ग बनाउनुभयो। मेरो जीवन वर्वाद बनाउनुभयो। यदि तपाई सर्वज्ञानी परमेश्वर हुनुभएको भए तपाईले मलाई राजेश हमाल जस्तो बनाउनुहुने थियो। तपाईले मलाई करिस्मा मानन्धर जस्तो बनाउनु पर्ने हो। ममा उसको जस्तो कपाल किन छैन। किन मैले उनको जस्तो आमा बुवा पाइन। मलाई अमेरिकामा जन्माउँनु पर्ने हो। मलाई धनी परिवारमा वेलायतमा जन्माउनु पर्ने हो। जब तपाईले इर्स्या गर्नुहुन्छ, तपाईले सधै परमेश्वर प्रति गनगन गरीरहुनुभएको हुन्छ। प्रभु तपाईले ममाथिँ त्यति राम्रो काम गर्नुभएन। तपाईले ममाथि अन्याय गर्नुभयो। तपाईले मलाई त्यति राम्रो बनाउनुभएन। म आफै प्रति असन्तुस्ट छु। मेरो नाक अलि चुच्चो भयो। मेरो आँखा अलि सानो भयो। मेरो जिऊ अलिक पुढ्को भयो। मेरो नली खुट्टा लामो भयो। इर्स्याले तपाईलाई अन्धो बनाउछ। वचनले भन्छ, “मानिस भएर परमेश्‍वरलाई जवाफ लाग्‍ने तिमी को हौ? के ढालेर बनाएको वस्‍तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्‍तो बनाएको?” भन्‍छ र? रोमी ९:२०।

तर तपाईले भन्नुहोला। होइन, म त अपाँग छु नि। एउटा रहस्य बताउँ है। संसारमा भएका सबैजना कुनै कुनै क्षेत्रमा अपाँग छन्। तपाईहरूमध्ये कति धेरै मेरो यो लेख पढ्नमा अपाँग हुनुहुन्छ। कसैको शारीरिक रुपमा, कसैको आर्थिक क्षेत्रमा, कसैको आत्मिक क्षेत्रमा, कसैको सम्बन्धमा, कसैको व्यावसायमा, कसैको संवेगमा, कसैको शिक्षामा सबैको कुनै न कुनै क्षेत्रमा अपाँगपन छ। किनकि हामी पापबाट गिरेको संसार जिइरहेका छौँ। यहाँ सिद्ध कुरा केही पनि छैन। त्यो भएर नै हाम्रो परमेश्वरले यी सबैथोकलाई एकदिन नयाँ बनाउँन तयार गरीराख्नुभएको छ। जुन दिन तपाईले मृत्यो दाख नभएको महिमीत शरीर पाउँने छौँ। अनि इर्स्याले सधै बढाइचढाइ गर्छ। हो, तर उनीहरूको राम्रो छ, कति राम्रो तपाईले उनीहरूको राम्रोभित्र कतिको पिडा छ भन्ने कुरा देख्न सक्नुहुन्छ। कसैको तलव राम्रो हुन सक्छ तर उनीहरूले कति तिर्नुपर्छ, त्यो तपाई जान्नुहुन्छ। इर्स्याले तपाईको आफ्नो अदित्यपनलाई इन्कार गर्छ।

२. इर्स्याले हाम्रो ध्यानलाई विकेन्द्रीत गराउँछ

इर्स्याले तपाईभित्र दुइजना व्यक्तिगत इच्छाको सृजना गर्छ। तपाईको ध्यानलाई विकेन्द्रीत गराउँछ र केही पनि गर्न नसक्ने बनाउछ। तपाईभित्र एउटा तनावको सृजना गराउँछ। जब तपाईले इस्या गर्नुहुन्छ तपाईले आफ्नो जीवन जिउन छोडेर अरूको नक्कल गरेको जीवन जिउन खोज्नु हुन्छ। म बाबुराम जस्तो बन्न चाहँन्छु। म कर्णदास जस्तो भएर जिउन चाहन्छु। म रोबर्ट कार्थक जस्तो बन्न चाहँन्छु। म लोकनाथ मनेन जस्तो बन्न चाहँन्छु। वचनले भन्छ, “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍नेछ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैन।” मत्ती ६:२४। यहाँ दुई मालिको सेवा गर्न हुँदैन भनेको छैन तर सेवा गर्न सक्दैन भनेको छ। तपाईले धन र परमेश्वरको सेवा सँगै एकैचोटी गर्न सक्नुहुन्न। तपाईले आफ्नो जीवनमा दुइवटा परमेश्वरको आराधाना गर्न सक्नुहुन्न। परमेश्वरको सेवा पनि गर्छु र प्रसिद्ध पनि हुन्छु। परमेश्वरको सेवा पनि गर्छु र मान इज्यत पनि कमाउछु। परमेश्वरको सेवा पनि गर्छु मानिसहरूलाई पनि खुशी पार्छु। हाम्रो जीवनमा पहिलो स्थानको योग्य परमेश्वरमात्र हुनुहुन्छ। वचनले भन्छ, “आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।” लूका ९:६२।

तपाईलाई कुन कुराले परमेश्वरको योजना पूरा गर्न चुकाउछ, थाहा छ? अरूको योजनाहरूले तपाईहरूले परमेश्वरको योजना पूरा गर्नबाट तर्काउछन्। तपाईले आज यहाँ निभाउनुभएको भूमिकाहरूको परमेश्वरले उहाँको राज्यमा इनाम तयार पार्नुभएको छ। तर तपाईले उहाँको योजनाहरूमा चुक्नुभयो भने अरूहरूले तपाईलाई योजनाहरू बनाइ दिन्छन् जुन योजना परमेश्वरको योजनाभन्दा आकाशपातालको फरक हुन सक्छ। तपाईहरूलाई प्रश्न उठेको हुन सक्छ, किन आज यो लेखकले इर्स्याको विषयमा चर्को कुरा गरीरहेको छ? भनेर। यो त हामीलाई मृत्यूमा पुराउने पापहरूमा पनि पर्दैन। किनकि इर्स्या भनेको आजको समाजको व्यावसायिक साधन हो। मैले यो स्याम्पु चलाएभने मानिसहरूले मेरो कपालको इर्स्या गर्ने छ। मैले मेरो श्रीमतिलाई भादगाउँले चोलो लगाइ दिए भने मानिसहरूले मेरो इर्स्या गर्ने छन्। मैले फेसबुकमा यस्तो फोटो हाले भने मानिसहरूले मेरो इर्स्या गर्ने छन्। हेर, उनको खुटा कति राम्रो?, उसको साडी कस्तो राम्रो? उनको श्रीमान कति मेहेनेती? उनीहरूको छोराछोरी कति ज्ञानी! के तपाईले निख्खील उप्रेतीको बारेमा जान्नै पर्छ? किन तपाईहरू अर्काको हल्का र निरीह जीवन प्रति यति धेरै चासो राख्नुहुन्छ? तपाईले आफ्नो जीवनका महत्वपूर्ण क्षणहरू अरूको जीवन हेरेर मात्र किन बसी राख्नुभएको छ? तपाई यस्ता कुरामा बिताएका समयहरू खेर फाली फालिएका समयहरू हुन्। तपाईले कसैको नक्कल गरेर जिउँन खोजेर, परमेश्वरले तपाईलाई जिउँन दिएको जीवन खेर फालि राख्नुभएको छ। इर्स्याले हाम्रो अद्वित्वनलाई इन्कार गर्छ। इर्स्याले हाम्रो ध्यानलाई विक्रेन्द्रीत गराउँछ।

३. इर्स्याले हाम्रो समय र सामर्थ्यलाई नास पार्छ

इर्स्याले तपाईको समय र सामर्थ्यलाई नास पार्छ। इर्स्याले तपाईको आफ्नो नजर परमेश्वरतिर खिच्नुको सट्टा अन्त्रै खिच्छ। ओहो उहाँले नयाँ गाडी किनीसक्नुभयो, अब त मैले पनि गाडि किन्नुपर्छ। श्रवणभाइले iPhone किनी सकेछ अब त म पनि iPhone किन्नुपर्छ। निलम दिदीले घर बनाइसकेछ, मचाहिँ के हेरेर बसेको? वास्तवमा इर्स्याले एउटा प्रतिस्पर्धाको वातावरण नै सृजना गर्दछ। अनि आजको पूरा समाज इर्स्यामा आधारित छ। सँगै पढेको मेरो साथीले विवाह गरी सक्यो अब त जस्तो केटा भेटे नि म विवाह गर्छु।

मेरो एकजना गाउँको साथी हुनुहुन्छ। उहाँले काठमाडौमा एउटा अफिसमा काम गर्नु हुन्थ्यो। उहाँले काठमाडौका धनी मानिसहरूले विवाह गरेको देखेको थियो। त्यसको अनुसरण गरेर उहाँले पनि आफ्नो विवाह एकदमै भव्यसँग गर्ने योजना बताउनुभयो। तर उहाँले भने अनुसार पैसा जुटाउन सक्नुभएन र त्यत्रो रमाइलो विवाहको क्षणलाई खल्लो मान्नुभयो। म अर्को कुरा पनि भनौ है, नानीहरूको वर्थडेले आज अर्कै रुप लिएको छ। एक वर्षको नानीको वर्थडे मनाउन पुलाउ पकाउनुपर्छ? लोकल कुखुरा काट्नुपर्छ? नानीहरूसँग रम्ने, उनीहरूलाई खेलाउने, उनीहरूको चाहँनालाई बुझ्ने त्यस्तो महत्वपूर्ण समयलाई भोजमा परिणत गर्नुपर्छ र? जब तपाईले त्यसो गर्नुहुन्छ, म पनि मेरो छोराको वर्थडेमा यस्तै गर्छुभन्ने विचार श्याममायालाई पलाउँछ र भन्छ मेरो छोराको वर्थडेमा त म पुलाउँ पनि पकाउँछु र मःमः पनि पकाउँछु। वर्थडे जस्तो रमाइलो समय अब प्रतिस्पर्धाको खेलमा परिणत हुन्छ। इर्स्याले हाम्रो समय र सामर्थ्यलाई नास पार्छ। मैले वर्थडेको विषयमा लेखेकोले तपाई पैसा कमाउने बुवाहरूलाई खुसीलागि रहेको होला। यो लेख मेरो श्रीमतिलाई साह्रै काम लाग्ने रहेछ भनी मनमनै भनीराख्नुभएको होला तर म अर्को एउटा कुरा थपौ है। तपाई बुवाहरू किन धेरै कडा परिश्रम गरीरहनुभएको छ? कडा परिश्रमको मुख्य श्रोत पनि इर्स्या नै होइन र? फलानोको घर छ, उनको ३ तोलाको सुनको सिक्री छ। वचनले भन्छ, “अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्‍धिहरूचाहिँ मानिसले आफ्‍नै छिमेकीलाई ईर्ष्‍या गरेको कारणबाट मात्र हुँदारहेछन्‌। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो। … एउटा एकलो मानिस थियो, त्‍यसका न त छोरा न दाजुभाइ थिए। त्‍यसको परिश्रमको अन्‍त्‍यै थिएन, तापनि त्‍यो आफ्‍नो धन-सम्‍पत्तिमा सन्‍तुष्‍ट हुँदैनथ्‍यो। त्‍यसले सोध्‍यो, “कसको लागि म मेहनत गरिरहेको छु? जीवनको सुख म किन त्‍याग्‍दैछु?” यो पनि व्यर्थ हो, एउटा दु:खदायी कुरा।” उपदेशक ४:४,८

इर्स्याले हाम्रो अद्वित्वनलाई इन्कार गर्छ। इर्स्याले हाम्रो ध्यानलाई विक्रेन्द्रीत गराउँछ। इर्श्याले हाम्रो समय र समार्थ्यलाई नाश पार्छ। इर्स्याले तपाईको खुशीहरूलाई लुटेर लैजान्छ।

४. इर्स्याले सबै खाले पापतिर डोराउँछ

मसँग छैन तर तिमीसँग छ। मसँग नभएकोले तिमीसँगभएको पनि म देख्न सक्दिन। यसले तपाईको वरिपरिभएको सबैथोक भत्काउन सक्छ। वचनले भन्छ, “किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, (घरमा, अफिसमा, काममा) त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ।” याकूब ३:१६
के इर्स्याले चोर्न लगाउँछ? हो, इर्स्याले चोर्नलगाउँछ। के इर्स्याले हत्या गर्न लगाउछ? हो, इर्स्याले हत्या गर्न लगाउँछ। के इर्स्याले ढाट्न लगाउँछ? हो, इर्स्याले हामीलाई झुट बोल्न लगाउँछ। इर्स्याले सबैखाले पापतिर डोराउँछ। के तपाईलाई थाहा छ नेपालमा संविधान नआउनुको मुख्य कारण के हो? इर्स्याकै कारणले हो। योसेफलाई इर्स्याकै कारणले आफ्ना दाजुहरूले बेचे। शावलले दाउदलाई धेरै पटक मार्न खोजे र आफ्नो छोरा जोनाथनलाई पनि मार्न खोजे। कायिनले आफ्नो भाइलाई इर्स्याकै कारण मारे। येशूलाई पनि इर्स्याकै कारणले क्रूसमा टागिएको थियो। उहाँको कुनै दोस थिएन तर इर्स्याकै कारण उहाँलाई क्रूमा टागे। इर्स्याले तपाईको जीवनको सम्पूर्ण क्षेत्रलाई असर पार्छ। यदि तपाईले आफ्नो जीवनमा इर्स्यालाई पाली राख्नुभएको भने तपाई सबैखाले समस्याप्रति खुला हुनुहुन्छ। त्यसैले हामीले इर्स्यालाई हाम्रो हृदयबाट उखेलेर फाल्नुपर्छ। नेपालमा एस. एल. सी.मा टप टेन निस्कनलाई घुसपेस किन हुन्छ थाहा छ? इर्स्या भनेको हाम्रो हृदयको समस्या हो। वचनले भन्छ, “तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।” याकूब १:१४। खराव इच्छा भनेको हृदयको समस्या हो। हामीमा इर्श्या हुनुको अर्थ हाम्रो हृदयले अरू नै कुराहरूको आराधाना गरीरहेको छ। हाम्रो जीवनमा जुन कुरालाई पहिलो स्थान दिन्छौ त्यसलाई हामी आराधाना भन्छौ। तपाईले कुन कुरालाई पहिलो स्थान दिनुभएको छ? परमेश्वर बाहेक अन्य कुरालाई पहिलो स्थान दिनुभएको छ भने तपाई मूर्तिपूजक हो। काम, तपाईको श्रीमति, iPhone, ल्यापटप, पैसा, सुन, गाडि हाम्रो मूर्ति बन्न सक्छ।

आज हामीले इर्स्या हाम्रो जीवनकोलागि कति डरलाग्दो रहेछ भन्नेबारे हेर्यौ यो लेखको भाग २ मा इर्स्यालाई हाम्रो जीवनबाट कसरी उनमुलन गर्ने या उखेल्ने भन्ने विषयमा हेर्नेछौँ।

गीत यहाँ हेर्नुहोस्- भिडियो लम्बाइ ३ मिनेट।

भिडियो यहाँ हेर्नुहोस् – भिडियो लम्बाइ १५ मिनेट ४४ सेकेण्ड।

रुप रेखा यहाँ हेर्नुहोस्- भिडियो लम्बाइ २ मिनेट।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In