• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समयको महत्व

by Sarju Rijal
March 25, 2026
in Articles

-ज्योति चपाई, नख्खु लालितपुर,

चैत, २०८२

समय सबैलाई बराबर हुन्छ । जस जसले समयलाई सही सदुपयोग गर्छन्, तिनीहरूले ठुलो उपलव्धि गर्छन् । जसले यसलाई सही सदुपयोग गर्दैनन्, तिनीहरूले जीवनमा धेरै गुमाउँछन् र अफसोस गर्छन् । समय आफैँमा विशेष छ, बहुमूल्य छ, बलवान् हुन्छ । कसैले पनि वितेको समयलाई फर्काउन सक्दैन । समयलाई बुझ्नेहरूले आफ्नो पहिचान बनाउँछन्, चुनौतिलाई अवसरमा परिवर्तन गर्छन् र धैरैका विचमा विशेष उदाहरण बन्छन् ।

आज यस लेखमार्फत समयको महत्वबारे पवित्र धर्मशास्त्र बाईबलमा उल्लेख भएका केही खण्डहरू र लेखक स्वयम्ले देखेका र भोगेका केही जीवन्त उदाहरणवाट प्रकाश पार्न खोजिएको छ । आशा छ, यसले पाठकमा उत्साह प्रदान गर्नेछ र उहाँहरूमा बहुमूल्य समयको सदुपयोग गरी जीवनलाई फलदायी बनाउन उपयोग हुनेछ ।

बाईवलको सुसमाचारका पुस्तकहरूमा येशू खीष्टले धेरै दृष्टान्तहरू प्रस्तुत गर्नुभएको छ । एउटा दृष्टान्तमा ‘एकजना मालिकका केही कामदारहरू हुन्छन् । उनी अक्सर बाहिर गईरहन्छन् र त्यस क्रममा उनले आफ्नो घर व्यवहार र सम्पूर्ण व्यवसाय कामदारहरूलाई जिम्मा दिन्छन् । एक पटक उनी बाहिर विवाहको भोजवाट घर फर्किदा रात निकै छिप्पिसकेको हुन्छ । जब उनी घर पुग्छन र मूल ढोका ढकढक्याउँछन् तब ती जिम्मेवारीमा जागा रहेका कामदारहरूमध्ये कसैले आएर तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन् । मालिक आफ्ना कामदारहरूलाई बत्ती बालेर जिम्मेवारीमा जागिरहेका भेट्टाउँदा अत्यन्तै खुशी हुन्छन् । तिनले ती कामदारहरूका लागि राम्रो खानाको व्यवस्था गर्छन् (लूका १२:३५–४०) । येशूले भन्नुभएको यस दृष्टान्तमार्फत् हामी यो बुझ्न सक्छौं कि जो कामदारहरू समयको महत्वलाई बुझी जिम्मेवारीमा सक्रिय रहन्छन् तिनीहरू बुद्घिमान् हुन । त्यस्ता कामदारहरूले राम्रो प्रगति गर्छन् । तर जस जसले समयलाई ध्यान दिदैँनन् र आफ्नो जिम्मेवारीमा लापरवाही गरि खान, पिउन र मात्न थाल्छन्, तिनीहरूले आफ्नै मूर्खताका कारण निकै खराब दिन देख्नुपर्छ ।

त्यस्तै अर्को दृष्टान्तमा दश जना कन्याहरूलाई चित्रण गरिएको छ (मत्ती २५:१–१३) । दश कन्याहरूले आआफ्नो दियो लिई दुलहालाई भेट्न जान्छन् । तीमध्ये पाचँजनाले आफ्ना दियो संगसंगै पछि आवश्यक पर्नसक्ने तेल पनि लिएका हुन्छन् भने बाँकी पाँच जनाले दियो मात्र लिएका हुन्छन् । दुलहा आउँन वियालो हुँदा ती दश कन्याहरू निद्राले लट्ठ हुन्छन् र निदाउछँन् । पछि मध्यरातमा दुलहा आउछँन् । ‘हेर दुलहा, उनलाई भेटन आओ,’ भन्ने आवाज आउँछ । तिनीहरू ब्युँझन्छन् । तेल सकिएका कारणले दियो निभी सकेको हुन्छ । पाँच कन्याहरूले पछि आवश्यक पर्न सक्छ होला भनि ल्याएको तेल थपेर दियो बाली दुलहाको स्वागत गर्न तयार हुन्छन् । तर पाचँजना भने तेलको जोहो गर्न पसलतिर जान्छन् । तिनीहरू तेल किन्न गएको बेला दुलहा आइपुग्छन् । समयमा तयार भएका पाँच कन्याहरू दुलाहसँग विवाहको भोजमा भित्र जान्छन् र ढोका बन्द हुन्छ । पछिवाट ती अरू पाँच कन्याहरू पनि दियोमा तेल थपेर आउँछन् र भन्छन्, ‘हाम्रालागि ढोका खोलिदिनुहोस्’ । उनीहरूले जति अनुरोध गरेता पनि ढोका खोलिदैन् र भित्रबाट जवाफ आउँछ कि दुलहाले उनीहरूलाई चिन्दैनन् रे । यसरी दियोको लागि आवश्यक पर्न सक्ने तेलको आवश्यक बन्दोबस्त गरेकी पाँच कन्याहरू बुद्घिमती भएका कारण दुलहासंग भोजको सभामा प्रवेश गर्छन् । तर बन्दोबस्तीमा ध्यान नपु¥याएका पाँच बुद्घिहीन कन्याहरू भने जतिसुकै अनुरोध गरेता पनि दुलहासँग भोजको सभाकक्षमा प्रबेश गर्न पाउँदैनन् ।

माथी उल्लेखित दुबै दृष्टान्तहरूवाट हामी थाहा पाउछौं की जीवनको सफलताका लागि समयलाई बुझेर आवश्यकता अनुसारको तयारी गर्नुपर्छ । धेरै मानिसहरू समयको महत्व नबुझ्दा जीवनमा पछाडि परेका हुन्छन् । समयलाई बुझ्नु र सोही अनुसार अघि वढ्नु हरेक व्यक्तिको निजी वा पेशागत जीवनको सफलताका लागि अति आवश्यक हुन्छ । येशूले समयलाई ध्यान दिनुपर्छ भन्ने विषयलाई दृष्टान्तका माध्यमवाट स्पष्ट रुपमा बताउनु भएको छ । बाईबलले यस वारे अन्य विभिन्न खण्डहरूमा पनि उल्लेख गरेको छ ।

सफल व्यक्तिहरूको जीवनी हेर्दा उनीहरूले समयलाई दिएको महत्व र समयमै गरेको परिश्रमको कारणले उनीहरू सफल भएका हुन्छन् । मैले नजिकवाट थाहा पाएको असल व्यक्तिहरूको सफलताको पनि यही कारणहरू थिए । उनीहरू त्यस्तो विशिष्ट प्रतिभाशाली होइनन् । उनीहरु त्यस्तो पहुँचवाला पनि थिएनन् । तर उनीहरूले समयलाई अत्यन्तै राम्रोसँग सदुपयोग गरेका थिए र आफ्नो जिम्मेवारी वा पेशामा प्रतिवद्ध थिए ।

मैले नजिकवाट देखेको र चिनेकोमध्ये एक जना हाल असल चिकित्सकका रुपमा काम गरिरहेका छन् । उनलाई मैले उनको विधार्थी जीवनदेखि चिनेको थिएँ । उनी आफ्नो पढाईमा साह्रै नियमित रुपमा थिए । परिश्रम गरेर विज्ञान विषयमा १० जोड २ को पढाइ राम्रो संग पूरा गरे । त्यसपछि चिकित्सा विषय पढ्ने लक्ष्यअनुसार हरेक दिन नियमित रुपले साँझ ७.०० देखि ११.०० बजेसम्म पढ्ने गर्थे । बिहान पनि दुई घण्टा जस्तो पढ्ने र दिउँसो तयारी कक्षामा जाने उनको दैनिकी थियो । यस प्रकार झण्डै एक वर्ष जति उनले नियमित रुपमा अध्ययन गरे । चिकित्सकको पढाइका लागि प्रबेश परीक्षा उत्तीर्ण हुन निकै गाह्रो पर्छ । पहिलो प्रवेश परीक्षामा उनी असफल भए तर दास्रो पटक पास भए र चिकित्सक अध्ययन गर्ने लक्ष्य पूरा गरे । हाल उनी एक राम्रा चिकित्सकको रुपमा सूपरिचित छन् ।

एक जना पाष्टर हुनुहुन्छ । उहाँले पूर्णकालीन सेवकाईमा आफ्नो जीवन समर्पण गर्नुभएको थियो । शुरुमा थोरै जना मात्र विश्वासीहरूवाट मण्डलीको सेवकाई शुरु गर्नुभएको थियो र केही वर्षको सेवा पछि मण्डलीमा सयौँ संख्यामा विश्वासीहरू भए । तर कसैले पनि नसोचको अनपेक्षित अवश्था श्रृजना भयो । मण्डलीमा पाष्टर र अगुवाहरू विच मन मुटाव भयो र विभाजन आयो । पाष्टरले त्यहाँ हुनुभएको एकजना अगुवालाई मण्डलीको जिम्मा लगाइ आफू अलग हुनु उचित ठान्नुभयोे र अर्को ठाउँमा संगति शुरु गर्नुभयो । औँलामा गन्न सकिने केही विश्वासीहरूको साथ र सहयोगले शुरु गर्नुभएको नयाँ मण्डलीमा फेरि केही वर्षको अन्तरालमा सयौंको संख्यामा विश्वासीहरू बृद्धि भए । हाल उहाँले पछि स्थापना गरेको मण्डली त्यस ठाउँको सबैभन्दा धेरै विश्वासीहरूको मण्डली भएको छ । आदरणिय पाष्टरको अटल तथा दत्तचित्तको सेवकाईका कारण धेरै मानिसहरूले आत्मिक लाभ पाएका छन् ।

एक जना अधिकृत तहका कर्मचारी आफ्नो पेशामा धेरै अनुशासित र नियमित थिए । उनको लगनशीलता तथा कामप्रतिको रुचिका कारण केही वर्षको अन्तरालमा नै उनी उक्त संस्थाको प्रमुख भए । उनले सरोकारवालाहरूको बिचमा संस्थाको काम र प्रतिष्ठालाई उच्च बनाए । कर्मचारीहरूले उनलाई मनवाट नै आदर र सम्मान गर्थे । तर उनले केही वर्ष काम गरिसकेपछि उक्त संस्था प्रमुखको जिम्मेवारी अर्को व्यक्तिलाई हस्तान्तरण गरे । हाल उनी अर्कै संस्थामा नेतृत्व गर्छन् ।

यसरी उल्लेखित खण्ड तथा उदाहरणहरुबाट थाह हुन्छ की समयलाई ध्यान दिनु र सोअनुसार अघि वढ्नु, जीवनलाई गतिशिल तथा लाभदायक बनाउनु हो । हामी जे गर्छौ त्यसमा सम्पूर्ण रूपले लाग्नु पर्छ । त्यसैलाई प्राथमिकतामा राख्नुपर्छ । हामी समयलाई त्यति ध्यान दिदैँनौँ । हाम्रो सभा, बैठक, संगति ठीक समयमा शुरु हुँदैनन् र ती निर्धारित समयभन्दा धरै ढिलो समय सम्म चलि रहन्छन् । हामी हाम्रो कामलाई भोली गर्छु भन्दै सार्दै जान्छौं । यसरी समयलाई ख्याल नगर्नु हाम्रो व्यक्तिगत र समुदायको ठुलो कमजोरी हो । समयलाई ठिक सँग सदुपयोग नगरे हाम्रो पेशा, व्यवशाय, सेवकाई, परिवार समुदाय समृद्ध हुन सक्दैन ।

परमेश्वरले संसार र यसमा भएका थोकहरूलाई विशेष दिन छुट्ट्याएर बनाउनु भयो र ती सबै बनाई सकेपछि त्यसलाई हेर्नुभयो, त्यो साह्रै राम्रो थियो । हामी पनि समयलाई बुझेर चल्नु बुद्धिमानी हुन्छ । कति मानिसहरू समयमा बाँधिएर असल प्रतिफल प्राप्त गर्न सक्दैनन् र कति समयलाई ध्यान नदिदा जतिसुकै प्रयास गरेता पनि त्यसले राम्रो परिणाम ल्याउँदैन । त्यसकारण समयको महत्वलाई अनुशरण गरी हाम्रा सबै पर्यत्नहरू ठीक समय भित्र पूरा गर्न सक्नु असल हुन्छ । हामीलाई शुरुमा यो केही कठिन लाग्न सक्छ किनकि समयलाई ध्यान दिने हाम्रो बानी छैन । तर यदि हाम्री प्रतिबद्ध भयौ र हाम्रो दैनिकीलाई ठिक समयमा हिडाँयौँ भने, हाम्रो यो बानी तथा जीवन शैलीले व्यक्तिगत तथा सामुदायिक जीवनमा धेरै फाइदा हुन्छ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In