• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, November 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गाजामा ‘मानवीय विपत्ति’ रोक्न विश्वले तुरुन्त कदम चाल्नुपर्छ : चिनियाँ विदेशमन्त्री

by Sushil Paudyal
November 20, 2023
in News & Events, world

४ मंसिर २०८०, सोमबार

बेइजिङ ॥ चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।

“गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ”, बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उहाँले भन्नुभयो, “गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै मुलुकलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ ।”

हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ । इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक उक्त हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए । त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ ।

इजराइलको लगातारको हवाई हमला र स्थल कारवाहीमा कम्तीमा १३ हजार मारिएको गाजास्थित हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा अधिकांश सर्वसाधारण छन् ।

चीनले आइतबार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि संलग्न हुनुहुन्छ । बेइजिङले हालको प्यालेस्टिनी–इजराइल सङ्घर्षको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ ।

“अरब र मुस्लिम मुलुकहरूको चीन असल मित्र र भाइ हो”, विदेशमन्त्री वाङले भन्नुभयो, “हामीले सधैँ अरब र मुस्लिम मुलुकहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनी जनताको वैध राष्ट्रिय अधिकार र हित पुनःस्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ ।”

श्रोत : खबरदैनिक

Related Posts

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026
फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

November 22, 2026
शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

November 22, 2026
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

November 21, 2026

Discussion about this post

ताजा सामाग्री

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

November 22, 2026

    ०६ मंसिर २०८३, आइतबार काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।...

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने

November 22, 2026

  ०६ मंसिर २०८३, आइतबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै क्लबका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रङ्गशाला...

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा

November 22, 2026

  ०६ मंसिर २०८३, आइतबार काठमाडौं । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्व अन्त्य गर्दै सरकार र माओवादीबीच विस्तृत...

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

November 21, 2026

    ०५ मंसिर २०८३, शनिबार काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।...

Recent Posts

  • प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
  • फाप्लादेखि कीर्तिपुरसम्म : एनपीएलका आठ क्लबका लागि रङ्गशाला निर्माण गरिने
  • शान्ति सम्झौताको दुई दशक : यौन हिंसाका पीडित अझै न्यायको प्रतीक्षामा
  • एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
  • फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In