• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 21, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

लगातार दुई पटक फाइनलमा पराजित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा उपाधि जितेको छ। लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो।

by Sushil Paudyal
November 21, 2026
in News & Events

 

 

०५ मंसिर २०८३, शनिबार

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्‍यो। यससँगै लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिमले अघिल्ला दुई संस्करणको निराशालाई अन्त्य गर्दै उपाधि उचाल्यो।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ तथा डार्सी सर्टले २१ रनको योगदान दिए।सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।

१५६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका ओपनर जर्ज मन्सीले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन जोडे। यी दुईले पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सहज जित दिलाए। मन्सीको शतक केवल ४९ बलमा पूरा भएको थियो।

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको थियो। यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

यस पटक पनि फाइनलमा लुम्बिनीसँगै भेट हुँदा सुदूरपश्चिमले अघिल्ला हारको बदला लिएको छ। अर्कोतर्फ, साविक विजेता लुम्बिनीको लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन।

Related Posts

फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

November 21, 2026
कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी होइन, जनताको सेवा गर

कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी होइन, जनताको सेवा गर

November 21, 2026
लुम्बिनी र सुदूरपश्चिमबीच उपाधि भिडन्त, कसले मार्ला बाजी?

लुम्बिनी र सुदूरपश्चिमबीच उपाधि भिडन्त, कसले मार्ला बाजी?

November 21, 2026
नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय खोल्ने तयारी, प्रधानमन्त्रीको भ्रमणका एजेन्डा अन्तिम चरणमा

नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय खोल्ने तयारी, प्रधानमन्त्रीको भ्रमणका एजेन्डा अन्तिम चरणमा

November 20, 2026

Discussion about this post

ताजा सामाग्री

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

November 21, 2026

    ०५ मंसिर २०८३, शनिबार काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।...

फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह

November 21, 2026

  धनगढी । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सरकारले रंगशालाको प्रारम्भिक...

कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी होइन, जनताको सेवा गर

कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी होइन, जनताको सेवा गर

November 21, 2026

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राजनीतिक दलको पक्षमा लाग्ने र नेताको चाकडीलाई प्राथमिकता दिने सरकारी कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही...

लुम्बिनी र सुदूरपश्चिमबीच उपाधि भिडन्त, कसले मार्ला बाजी?

लुम्बिनी र सुदूरपश्चिमबीच उपाधि भिडन्त, कसले मार्ला बाजी?

November 21, 2026

  ०५ मंसिर २०८३, शनिबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज शनिबार साविक विजेता...

Recent Posts

  • एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
  • फाप्ला रंगशालाका लागि सरकारले खोल्यो टेन्डर, सुदूरपश्चिममा उत्साह
  • कर्मचारीलाई गृहमन्त्रीको चेतावनी : नेताको चाकडी होइन, जनताको सेवा गर
  • लुम्बिनी र सुदूरपश्चिमबीच उपाधि भिडन्त, कसले मार्ला बाजी?
  • Vacancy at Awana Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In