• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नयाँ वर्ष २०७० मा हाइकिङ र मेरो अनुभव

by Sarju Rijal
April 29, 2013
in Articles

नयाँ वर्ष २०७० मा सिजिएफद्वारा हाइकिङ र मेरो अनुभव

Hiking_for_ncललितपुर – नयाँ वर्षको सुभारम्भमा विभिन्न तरिकाले मनाउने अर्थात स्वागत गर्ने शैलीहरु छन्। कोही मन्दिरमा गएर भाकल गर्छन, कोही रमाइलो गरेर परिवार सहित पिकनिक, भ्रमण जाने गर्छन्। आ आफ्ना शैलीहरु छन्। काठमाडौंमा नयाँ सालको पूर्वसन्ध्यामा पनि न्यू इएर इभ मनाउन ठूला ठूला रेष्टुरेन्ट देखि रिङरोडमा भएका रेष्टुरेन्ट एन्ड क्याफेमा रमाइलो गर्नेहरुको भीड थियो। हाम्रो सानो कार्यक्रम र रात्रीभोज पनि रेष्टुरेन्टमा थियो। कुरा गर्दै जाने क्रममा रेष्टुरेन्ट क्याफेका प्रवन्धकले भनेका थिए, “मापसे (मादक पदार्थ सेवन) चेकले गर्दा हाम्रो व्यवसायमा ठूलो मर्का परेको छ। आजभोलि बेलूका नौ बजे नै बन्द गर्नुपर्ने हुन्छ। तर आज नयाँ वर्ष भएकोले राति १२/१ बजेसम्म त खोल्नै पर्‍यो।” चाडपर्व होस वा नयाँ सालमा मादक पदार्थ नै मुख्य हुने गर्छ। ट्राफिक पुलिसको मापसे चेकलाई सह्राना गर्नुपर्छ सवारी साधन दूर्घटनामा कमी आएको छ। इसाईहरूको नयाँ वर्ष मनाउने शैली भने फरक थियो। केहि चर्चहरूमा नयाँ सालमा परमेश्वरको आशिष् नेपालीहरूमा र देशमा भएको होस भनि जागारात प्रार्थना थियो।

धेरैको नयाँ साल उत्सुकताकासाथ मनाउन पूर्वयोजना हुन्छ । अरुभन्दा फरक शैलिमा वि. सं. २०७० बैशाख १ मा काठमाडौं सिजिएफद्वारा २२८५ मि.अग्लो चम्पादेवि पहाडमा हाइकिङको आयोजना गरिएको थियो। हाइकिङमा सिबिएसका प्रतिनीधिहरू सहित ३६ जना ग्रयाजुएटसको उपस्थिति रहेको थियो। विहान ८:३० बजे चाल्नाखेलबाट हाइकिङ सुरु भएको थियो। १०:३० बजे माथि डाडामा पुगेका थियौं। अध्ययन, सेवाकार्य, व्यवसाय, पेशा जस्ता विभिन्न क्षेत्रमा व्यस्त ख्रीष्टिय ग्रयाजुएट्स फेलोसिपले बेलाबेलामा संगति, क्याम्प, विषयगत छलफल जस्ता कार्यहरू गर्दै आएको छ।

नेपाली नयाँ साल २०७० को सुभारम्भमा सिजिएफको मुख्य लक्ष्य उच्च चम्पादेवि पहाडमा (Hiking & Solitary prayer) चढ्ने र एकान्त ठाउँमा शान्त समयमा परमेश्वरसँग प्रार्थना गर्ने थियो। चम्पादेवि मन्दिरमा हिन्दु धर्मावलम्बीहरूको लागि नयाँ सालको जात्रा लाग्ने भएकोले विहान ४ वजेदेखि मानिसहरू पहाड चढ्न सुरु गरेका थिए। बाटोमा फोटो खिच्दै सुन्दर पहाडमा सुस्केरा सुसेल्दै दुइघण्टाको उकालो चढेपछि डाडाँमा चिसो हावामा साह्रै आनन्द आएको थियो। पहाडमा पुगेपछि विभिन्न खानेकुराहरु बाटो वरिपरी राखिएका थिए। कोही तरभुज, काँक्रो, चना चटपटे, जुस, पानी खान थाले। जंगलमा डढेलो लागेकोले कतिजना मोबाइलबाट, क्यामेराबाट फोटो र भिडियो खिच्दै थिए। हामी पनि बाटो बाटोमा फोटो खिच्दै एकान्त सल्लेरीमा राम्रो दृष्य देखिने ठाउँमा बसेर आराम गर्‍यौं, बिस्कुट खाँदै रमाइलो गर्‍यौं। जेम्स साथीको हरेक शब्दहरूले निकै हसाउँथे। केही समय कोरस गाएर परमेश्वरलाई महिमा प्रशंसा गरेपछि जीवन सुबेदीले सिजीएफको गतिवीधिबारे बताउनुभएको थियो। सिजिएफले काठमाडौं सहरी क्षेत्रमा भएको फोहोर सरसफाइमा अग्रसर भएको कुरा देवेन्द्र अधिकारीले बताउनुभएको थियो। सोसिएल वर्कको बारेमा सुश्री एलिजावेथ गुरुङले जानकारी गराउनुभएको थियो। ग्रेस खालिङ दिदीको नेतृत्वमा हाइकिङ भएको थियो। परमेश्वरसँग शान्त समय बिताउने महत्वको प्रकाश पार्दै विभिन्न उदाहरण र बाइबलका पदहरूबाट व्यक्तिगत जीवनमा प्रयोग गर्न ग्रेस दिदीले छोटो समय उत्साह दिनुभएको थियो। सबैजना समूहबाट छुटिएर एकान्तमा एक एकजनाले २० मिनेट शान्त समय विताएका थियौं। सधै व्यस्त हुनेहरूको लागि स्वच्छ हावा र सल्लाको कुसको आवाजले साच्चिकै आनन्द दिएको थियो। व्यक्तिगतरुपमा परमेश्वरसँग समय बिताउने यो असल ठाउँ थियो। मनमोहक दृष्य देखिने उच्च स्थान थियो।

२० मिनेटपछि केही साथीहरूले आफ्नो अनुभव र नयाँ सालको लागि परमेश्वरको निम्ति गर्नुपर्ने प्रतिवद्धता पनि बताउनुभएको थियो। नेपाल देशमा असल नेतृत्व नभएकोबेला असल नेतृत्व र उदाहरणीय कामहरु आगामी दिनहरूमा प्रभुका जनहरूबाट हुन आवश्यक छ। “धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।” मत्ती ५:५ निस्वार्थ सेवा र असल नेतृत्व गर्न ख्रीष्टमा भएकाहरूमा मात्रै सम्भव छ। शान्त समयको अनुभव बताउने क्रममा बिपी खनाल दाइले भन्नुभएको थियो। नेपाल देशमा असल नेतृत्व गर्न सक्ने व्यक्ति अब परमेश्वरका जनहरू नै हुन । वास्तवीकतामा येशूको उदाहरण पछ्याउनेहरूमा यो कुरा असम्भव छैन। थोरै मानिसहरूमात्रै छन् देशको लागि वास्ता गर्ने र प्रार्थना गर्ने।

सबैजनाले ल्याएको विभिन्न प्रकारको खानेकुरा एक ठाउँमा जम्मा गरेर बाँडेर खाँदा साह्रै रमाइलो भएको थियो। खाना पछि चन्द्र गुरुङले रमाइलो खेल खेलाउनुभएको थियो। अन्तमा आशिष खडकाले प्रार्थना गरेपछि आ-आफ्नो लट्ठी समाएर ओराली लागेका थियौं। करिब साढे ३ बजेको थियो। खुल्ला मैदानमा थुप्रै पिकनिक खानेहरु रमाइलो गरिरहेका थिए, कोही तास खेलीरहेका थिए भने कोही गीतको तालमा नाँची रहेका थिए। हातमा बोतल लिएर नसाको तालमा गीत गाइरहेका थिए, हल्लिरहेका थिए। विभिन्न आ आफ्ना सैलिमा नयाँ साललाई स्वागत गरेका थिए। आगामी दिनहरूमा समाजमा भलाई हुने कामहरूलाई प्राथामिकता दिएमा अझै राम्रो हुनेछ। ख्रीष्टका जनहरू, देशभरी भएका सिजीएफ र सिबिएसका विद्यार्थीहरू आगामि दिनहरूमा जागरुक भएर समाजमा नून र ज्योति भएर हिँड्नु आवश्यक छ।

“परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। ” भजनसंग्रह ३७:३

“खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्‍तानले सधैँभरि देशमा बास गर्नेछन।” भजनसंग्रह ३७:२७

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In