• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उच्च निर्णयको क्षमता भएका कुशल र निष्टावान नेतृत्वको आवश्यकता

by NC Reporter
June 24, 2020
in Articles
Raju Adhikari, Pokhara
Raju Adhikari, Pokhara

सङ्कटको समयमा उच्च निर्णयको क्षमता भएका कुशल र निष्टावान नेतृत्वको आवश्यकता पर्दछ, अहिले देशको खाँचो यही हो ।

नेपालले आफ्नो नक्सा पारित गरी चलन चल्तिमा ल्याएपछि पाकिस्तान र सिमाकै शन्दर्भमा चीनसँग हालै बढ्दै गएको तनाव र पाकिस्तानसँगको विद्यमान सिमासंघर्षसँगै जोडेर भारतले नेपाललाई मित्र होइन तर सिमाका ३ शत्रुमा गनेको छ । आफूले दशकौसम्म निर्बादरुपमा नेपालको जमिनमा आधिपत्य जमाएको विश्वमै मैहुँ भन्ने भारले बाँसको बार सारेको जस्तो सजिलै सिमा सार्छ भन्ठान्नु भ्रम सावित हुनेछ । हालै सत्ताधारी नेपाली कम्युनिष्टहरूले चिनिया कम्युनिष्टहरूसँग गरेको भिडियो कन्फरेन्सले सिमा विवाद्ले भारतसँग बढेको मनमुटावमा अवश्यनै घ्यु थप्ने देखिन्छ र चीनले नेपाललाई भारत विरुद्ध उक्साएको आरोपको प्रमाणका रुपमा भरतले यसलाई लिनेछ । बहु चर्चित एमसिसि नेपालमा आएपनि उत्तर र दक्षिणतर्फ यसले उब्जाउने शंकाउपशंका र प्रतिस्प्रधाको टकराव जन्माउने हुनाले सम्बन्धमा यसले विशेष महत्व राख्नेछ । यसै परिवेशमा अब भारतले नेपालप्रति अवलम्बन गर्ने रणनीति फरक हुने देखिन्छ र यसप्रति गम्भिर नबनेर नजर अन्दाज गरेर कुनै कदम नचाल्नु ठूलो भुल हुनेछ । २०७२ को विनाशकारी भूकम्पको चपेटामा देश र जनता छटपटाईरहेको बेला भारतले गरेको अघोषित नाकाबन्दीलाई हेक्का राख्दै आउने दिनहरू कस्तोसम्म हुनसक्ला, अनुमान गर्नु आवश्यक छ ।

कोरोनाको कहरमा जनतालाई प्रदान गरिएको राहत सन्तोषजनक रहेको छैन । कोरिन्टानइनको अवस्था अत्यन्त नाजुक र हेलचक्राइपूर्ण छ । स्थानीय निकायमा कोरोना परिक्षण किटको पनि अभाव छ । राहत वितरणमा सरकारले दिने श्रोत अपुग हुन गएकोले आफैले तोकेको राहतको मापदण्डमा १ डाडु तेल र ५ किलो चामलमा स्थानीय निकायले व्यवस्थापन गर्नुपरेको छ । कोरिन्टाइनमा बस्नेलाई खाजा खुवाउने पैसा छैन । दैनिक जीवनको आवश्यकतालाई जोडेर खुकुलो पारिएको बन्दाबन्दिका बीच जनचहलपहल अत्यन्त जोखिमपूर्ण रहेको तथ्य ४०० देखि एकै दिनमा ७०० नाघेको हालैको तथ्याङ्कले पुष्टि गरेको छ । केही महिनामै ४० औं हजार कोरना संक्रमितहरूको संख्या हुनसक्ने विज्ञहरूको अनुमानप्रति देशको बागडोर समातेकाहरूको ध्यानकार्षण भएको देखिदैन । बन्दाबन्दीको अवधिमा मानसिक तथा समाजिक विकृति र विचलन बढिरहेको छ । आत्माहत्या गर्नेको संख्या यस बन्दाबन्दीको अवधिमा असामान्य रुपले बढेको प्रहरीको अभिलेख एउटा उदाहरण मात्र हो । अग्रपङ्तीमा कोरानासँग भिड्नेहरू हतियार विनाका सिपाही बनेका छन् ।

नीजामति कोरना संकटमा सुतेको बाघ बन्यो । स्वास्थ्य सामाग्री खरिद गर्न सेनालाई जिम्मेवारी दिनुपर्ने अवस्थाले नीजामतिको कार्यक्षमतालाई उजागर गरेको छ । जनताको स्वास्थ्य जोखिममा परेका बेला स्वास्थ्य सामाग्रीको खरिदमा सरकारमा हुनेहरूलाई घुसखोरीको आरोप लाग्यो । सेनापनि यस्तो अरोपबाट अछुतो रहन सकेन । बोर्डरमा जनतालाई सेकाएर, तिनैले पठाएको रेमिट्यान्स र तिनैले तिरेका करमाथि भ्रष्टाचार गर्नेलाई, जो भएपनि यसको पुष्टि हुने वित्तिकै सरकारले कारवाही नगरे, सरकार प्रति जानताको वितृष्णा बढ्ने देखिन्छ ।

रोजगार सृजना गर्ने उद्योगधन्दा उठ्नै नसक्ने गरि थला परेकाछन् । बन्दबन्दीको १ महिना भित्रै भाडा र आफ्ना मजदुरलाई ज्यालासम्म भुक्तान गर्न सरकारसँग राहतको माग गर्ने व्यापर व्यवसायहरूसँग कति अपेक्षा गर्न सकिन्छ सोचनीय छ । कोरनाले पारेको ग्लोबल प्रभावले गर्दा नेपालमा आउने अनुदान र सहयोगमा हुने नकरात्मक प्रभाव अड्कल गर्नुपर्ने हुन्छ । आन्तरिक तथा बाहिरबाट फर्कने युवाशक्ति बेरोजगारीको चपेटामा ग्रस्त भई समस्या धानी नसक्ने हुने निश्चय छ । कृषिको उत्थान समाधानको उपाय देखिएपनि मौसमी निर्भरता र प्राकृतिक जोखिमका कारणले हाम्रो कृषि नाजुक अवस्थामा छ । सुन फल्ने फाँटहरू घरैघर र सडकहरूले छोपिएका छन् । गाउँघरमा फालिएका दौराबाट कति अपेक्षा गर्न सकिन्छ र? कृषिमा नाफा भनेको अनुदान मात्रै हो भन्ने धेरै छन् । सरकारको दह्रो योजना बिना नेपालको कृषि भरपर्दो अवस्थामा देखिदैन ।

थिङ्क ट्याङ्क हुनुपर्ने केन्द्रिय तथा प्रदेश सांसद्भवनहरू दोहोरीे गाउने चौतारो, टुक्का, उखान र कविता वाचन गर्ने थलो बनिरहेका छन् । सभासद्हरूको चासोलाई गम्भिरकासाथ लिनुको साटो ओठे जवाफ दिएर थन्को लाउने प्रधानमन्त्रीज्यूको शैलि यतिबेला शान्दर्भिक मानिएको छैन । समसामायिक चुनौतिहरूप्रति गम्भिर नदेखिंदा भविष्यप्रति चिन्ता उब्जीएको छ । ज्ञान, अनुभव र विज्ञताको बेवास्ता भएको महशुस गरिएको छ । देश थप सङ्कट र जटिलता तर्फ धकेलिइरहेको यस अवस्थामा सुझबुझकासाथ दूरगामी परिणामलाई बिचार गर्दै रणनैतिक कार्ययोजनाको तय गर्न देश र जनमैत्री, जनहितकारी निर्णयहरूका लागि राजनेताहरू एकै ठाउँमा उभिएर उच्च इच्छाशक्तिकासाथ ढिलो नगरी लाग्नुपर्ने देखिएको छ । राज्यका सबै तहतप्का, संघसंगठन र जनमानसले यसलाई साथ दिएर आआफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता देखिएको छ र अहिले देशको खाँचो यही नै हो ।

राजु अधिकारी, ५ असार २०७७

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In