घर जान चाहनेलाई स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर जान दिने प्रधानमन्त्रीको निर्देशन

[ 0 ] April 17, 2020 |

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर सुर्य थापाको फेसबुकबाट साभार।

काठमाडौं, बैशाख ५।  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल यात्रीलाई घरसम्म पुग्‍नको लागि जाने व्यवस्था  गरिदिन निर्देशन गर्नुभएको छ। लकडाउनको अवस्थामा घर जान चाहनेहरूका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री ओलीले सीमा नाकामा थप कडाई गर्ने र घर जान चाहने र बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन  गरिएको लकडाउन लम्बिएपछि विभिन्न स्थानमा भएका मजदूरहरू सैयौं दूरी पैदल यात्रा गरेर पनि जानथालेपछि सरकारको आलोचना सर्वत्र हुन थालेको थियो।

Facebook Comments

Category: NC Photos, News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4