• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्वस्थ मानिसको विचार पनि स्वस्थ नै हुन्छ

by Sarju Rijal
November 16, 2019
in Articles

विश्व स्वास्थ्य संगठन १९४८ का अनुसार, रोग र दुर्बलता बाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पुर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ ।” -WHO 1948

शारिरीकरूपमा मानिसक स्वस्थ हुनलाई अलि केही सजग देखिएतापनि मानसिक र सामाजिक तवरले भने नेपालमा त्यति चासो राखेको देखिदैन। प्रविधिले जीवनयापन गर्नलाई जतिसुकै सजिलो बनाएपनि, मानिस विभिन्न कारणले गर्दा मानसिक रूपमा तनावमा हुने गर्छन्। मानसिक समस्या हुनुका कारणहरू फरक फरक हुन सक्छन्। तर मानसिक समस्या धनि, गरिब, बृद्ध, बालक, पुरूष महिला सबैमा हुने गर्छ।
केही व्यक्तिहरूले तनाव मुक्त हुन विभिन्न माध्यम र परामर्श पाउछन् त कसैले जीवनदेखि वाक्कभएर बाँच्ने आशासम्म मारिसकेका हुन्छन्। जीवनमा पुन: नयाँ आशा पाउन सम्भव छ। नयाँ आशा नै स्वस्थ जीवनको उर्जा हो।
नेपालमा आत्महत्या गर्नेहरूको तथ्यांक हेर्दा संख्या ह्वातै बढेको देखिन्छ। द हिमालयन टाईम्सका अनुसार सन् 2018 /2019 मा मात्रै ५७८५ जनाले आत्महत्या गरेका छन्। प्रहरीमा दर्ता भए अनुसार 2017/2018 मा मात्रै 5346 जनाले आत्महत्या गरेका छन्। नेपालमा आत्महत्या गर्नेहरूको संख्या पाँच वर्षमा 20% का दरले बढेको तथ्यांक सार्वजनिक भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) को तथ्यांकअनुसार धेरै आत्महत्या हुने देशहरूकको सुची अनुसार नेपाल सातौं स्थानमा रहेको छ।
आत्महत्या रोकथाम गर्न सकिन्छ भन्ने जानकारी हुँदाहुँदै नेपालमा आत्महत्याको संख्या वृद्धिहुनुमा पूर्णरूपमा मानसिक स्वास्थ्य भएकाहरूको संख्यामा ह्रास आउदैछ भन्ने बुझिन्छ।
सरकारले साइकोलोजिष्ट, साइकयाट्रिक, साइकोथेरापिष्टहरूलाई हरेक क्षेत्रमा पुग्‍न सक्ने वातावरण र सेवा सुविधा सहज बनाउन सकेदेखि आत्महत्याको संख्यामा न्यूनिकरण अवस्य हुन्छ। राज्यले नागरिकलाई स्वतन्त्ररूपमा बाँच्‍न पाउने अधिकार दिएको छ भने मानिसको निम्ति चाहिने आधारभूत आवश्यकताहरूलाई ध्यान दिएर, मानसिक स्वास्थ्य र समस्या सम्बन्धि परामर्श, औषधि उपचार स्थानीय सरकारबाट वडा वडामा सेवा पुर्याउन आवश्यक छ। मानिसले आध्यात्मिक अभ्यास गर्न सहज वतावरण बनाउन आवश्यक्ता देखिन्छ।
मानसिक रोग निको हुन्छ। आत्महत्या रोकथाम गर्न सकिन्छ। नयाँ आशा उमङग जीवनमा पाउन सकिन्छ। यसको लागि धार्मिक आश्थाको पनि निकै महत्व देखिन्छ।

केही समय अगाडि पूर्वी नेपालका एकजना प्रोफेसर साइकयाट्रिक डाक्टरसँग भेट्ने मौका मिल्यो। मानसिक स्वास्थ्य वास्ता र परामर्श तालिम सम्बन्धि केही सल्लाह लिनको लागि उहाँसँग मिटिङ थियो। डाक्टरका अनुसार मानसिक रूपमा मानिसलाई छिटो स्वस्थ र सक्रिय बनाउन शारिरीक अभ्यास वा कामहरूका साथै सबैभन्दा बढि धार्मिक आश्थामा विश्वास गर्नु आध्यात्मिक शिक्षा र धार्मिक पुस्तकहरू अध्ययन गर्नु, भजन गाउनु जस्ता अभ्यास गर्नुले नयाँ आशा दिन्छ भनि सल्लाह दिनुभयो।

मेरो मनमा एउटा प्रश्‍न उब्ज्यो नेपाल वहुधार्मिक राष्ट्र हो। यहाँ नास्तिकहरूको वा धर्म नै मान्दिन भन्नेहरूको कुनै तथ्याङ्क छैन। किन यहाँ आज दिनदिनै आत्महत्या, मानसिक तनाव, चिन्ता जस्ता रोगहरू बढ्दैछन् त? दैनिक रूपमा अपराधिक क्रियाकलापका समाचारहरू धेरै सुन्नु परेको छ। यसका उत्तरहरू अध्ययनले देखाएको प्रतिवेदन फरक फरक हनु सक्लान् तर मानिसको  जीवनको मालिक को हो भन्ने कुरा बुझ्‍न अति आवश्यक छ। अथवा केद्वारा प्रेरित भएर हिड्दैछ भन्ने बुझ्नु आवश्यक छ।

एउटा स्वस्थ व्यक्तिमा भावना, विचार, व्यवहार र शारिरीक लक्षणहरू पूर्णरूपमा सन्तुलनमा हुनु आवश्क छ।

भजनसङग्रह १४७:३ मा यसरी लेखिएको छ: “उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्‍छ, र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुन्‍छ।”
He heals the brokenhearted, binding up their injuries.

स्वस्थ व्यक्ति त्यही हो जसले अरूलाई पनि स्वस्थ हुन मद्दत पुर्‍याउँछ। अरूको पनि भलाई नै हेर्ने चाहना गर्छ। आजको समाजमा निको भएकाहरू र अरूलाई निको बनाउनेहरूको खाँचो छ। अरूलाई पनि आफूलाई जस्तै गरी प्रेम वास्ता  गर्न सक्नेहरूको आवश्यकता छ। अनि मात्रै समाजलाई पूर्णरूपमा स्वस्थ बनाउनतर्फ अगाडि बढ्न सकिन्छ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In