काठमाडौं- जेठ ७ । काठमाडौंमा जेठ ७ गते सुरू भएको नेपाल ख्रीष्टियन समाजको २३ औं वार्षिकोत्सव तथा १८औं महासभाको पहिलो दिन नेपाल राष्ट्रिय मण्डली संगति (National Churches Fellowship Nepal) र नेपाल ख्रीष्टियन समाज (Nepal Christian Society) ले एकतावद्ध भएर कार्य गर्न १० बुँदे सहमति गरेका छन्। नेपालमा ७ दशकदेखि मण्डलीको सेवामा काम गर्दै आएका संस्थाहरूले अहिलेको वर्तमान परिस्थितिमा मण्डलीमा आएका सतावट र चुनौतिलाई संगै मिलेर काम गर्दा आम ख्रीष्टियन मण्डली तथा समूदायलाई सजिलो हुने कुरालाई मध्यनजर गर्दै १० बुँदे प्रतिवद्धता पत्रमा सहमति गरेका हुन्।
महासभामा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङ र नेपाल ख्रीष्टियन समाजका अध्यक्ष बर्नाबास श्रेष्ठले १० बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी एकतावद्ध भएको घोषणा गरेका छन्। १० बुँदे प्रतिबद्धता पत्रलाई महासभामा एन सि एफ नेपालका महासचिव पास्टर शेर एसीले पढेर सुनाउनु भएको थियो। प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसकेपछि एसेम्बली अफ गड नेपाल(AGN) का अध्यक्ष रेभ. पास्टर जोसेफ श्रेष्ठले प्रार्थना गर्नुभएको थियो।
Discussion about this post