घोराहीमा प्रकाउ परेका चारजनालाई म्याद थप गरी अनुसन्धान गरिदै
काठमाडौं- बैशाख १० गतेका दिन डोको हाेटेल घोराहीबाट सोधपुछ गर्नुछ भनी गिरफ्तार गरिएका ५ जनामध्ये चारजनालाई ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। धर्म प्रचारको अभियोग लगाई होटेलबाट गिरफ्तार गरिएको छ। नेपाल ख्रीष्टियन समाजका अध्यक्ष बर्नवास श्रेष्ठसहितको प्रतिनिधी समूहले डिल्लीराम पौडेलसँग भेटवार्ता गर्नुभएको छ। जिल्ला प्रमुख अधिकारीसँग पनि भेटगरी सबै जानकारी लिनुभएको कुरा अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ।
अनुसन्धानमा रहेका ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलसहति चारजनाको निम्ति निरन्तर प्रार्थना गरौं। सही प्रकारले अनुसन्धान गर्नको निम्ति प्रशानसन र न्यायलयका प्रमुखहरूको निम्ति पनि प्रार्थना गरौं।

बैशाख ११ गते बुधबारका दिन पाटन चर्चमा उपत्यकाका पास्टरअगुवाहरूले प्रार्थना गर्दै गरेको तस्बिर।
Category: NC Photos, News & Events