• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुविधा होइन प्रभुको अगुवाई खोजौ

by Tek Bhandari
June 2, 2013
in Articles

 TekBhandariबाईबलमा हामी देख्न सक्छौं कि तल दिईएका दुइ परिस्थितीहरुमा एउटामा परमेश्वरको साथ छैन तर याकुबलाई परमम्रभु भन्नु हुन्छ म तँसँग जानेछु। एउटा चाहीँ समस्यबाट भाग्ने छ भने अर्को चाहीँलाइ  बचाउँनलाई पठाउनु भएको छ। जस्तैः, “उहिले नै न्यायकर्ताहरुको शासनकालमा देशमा अनिकाल पर्यो, अनि यहूदाको बेथलेहेमबाट कुनै एउटा मानिस आफ्नो स्वास्नी र दुइ भाइ छोराहरुलाई लिएर मोआबीहरुको देशमा केही समयको लागि बस्नलाइ गए।

ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी स्वास्नीको नाउँ नाओमी र तिनका दुइ छोराहरुका नाउँ महलोन र किल्योन थियो। तिनीहरु यहूदाको बेथलेहेमका एप्रातीहरु थिए। तिनीहरु मोआबीहरुको देशमा गए, र त्यहाँ बस्न लागे। (रुथ १:१-२) ।”

अर्को चाँहीः, “अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र याकूब, याकूब भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, म यही छु। म परमेश्वर, तेरा बाबुका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकी त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। म तँसँग मिश्रमा जानेछु र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु। उत्पत्ति ४६:२-४)।”

देशमा संकष्ट पर्नलाग्यो भनी भाग्नेहरुको दशा कस्तो हुन्छ सो कुरा हामीले प्रष्टसँग रुथको १ अध्यायमा देख्‍न सक्छौं। आज हाम्रो देशमा पनि अनिकाल परेको छ, शिक्षामा अनिकाल, स्वास्थ्यमा अनिकाल, न्याय र सुरक्षाको अनिकाल तर भ्रष्टचारमा सहकाल आएको कारण हामी सुरक्षित ठाउँ खोज्दै बिदेशियका छौं। के हामी पनि नाओमी जस्तै हुँदैनौं भन्ने के छ र – तिनले भनिन्, “मलाई नाओमी नभन। मलाई मारा भन, किनभने र्सवशक्तिमान्ले मेरो जीवन तीतो बनाइदिनु भएको छ। म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाइ रित्तो फर्काएर ल्याउनुभएको छ। मलाइ किन मलाई किन नाओमी भन्छौं? परमप्रभु मेरो विरुद्धमा उठ्नुभएको छ। सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनु भएको छ। रुथ १:२०,२१।”  हामी हतार मा निर्णय गछौं र फुर्सदमा पछुतो गर्छौ। हामीले परमैश्वरको अगुवाइ नखोजेर निर्णय गर्दा आशिषको सट्टा अभिशाप श्राप हातलाग्छ। याकुबलाई परमेश्वरले भन्नुभयो मिश्रमा जानलाई नडरा, म तँसँग मिश्रमा जानेछु। के हामीलाई परमेश्वरले भन्नुभएको छ म तँसँग छु?  जुन सेवाकाई मिनिटि्र हामीले गरिरहेका छौ वा गर्ने सोचमा छौं के परमेश्वरको साथ छ जसरी याकुबलाई परमप्रभुले भन्नुभएको थियो? र पनि याकुबका पहिलो पुस्ताले प्रतिज्ञाको मुलुक देख्न पाएनन्। ती सबै मिश्रदेशमा नै मरे। हामी जुन देशमा गएर केहि धन सम्पत्ति कमाउँला वा शिक्षा आर्जन गरौंला भन्ने सोच बनाएका छौं होला परमेश्वरको उपस्थिती हामीसँग छैन भने हामी नाओमी जस्तै रित्तो हुनेछौं। हुनसक्छ तपाईसँग प्रशस्त पैसा होला वा शिक्षा होला तर परमेश्वरको आशिष भएन भने के फायदा? एक जना मुर्ख धनीले यसो भन्यो, “म यसो गर्नेछु, आफ्ना ढुकुटीहरु भत्काएर झन् ठूला ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालताल त्यहीँ राख्‍नेछु। अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै बर्षम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरु तैले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने? लूका १२:१८-२०”  हाम्रो  धन सम्पत्ति, शिक्षा, स्वास्थ्यमा परमेश्वरको आशिष छ कि, हाम्रो घमण्डले बास गरेको छ सोचौं आजै। भोलीको दिन नदेख्न पनि सकिन्छ। तर यी सबै हुँदाहुदै पनि उहाँमा पुर्ण विस्वास गर्ने जनको लागि अनुग्रह गर्नुहुन्छ। वास्ता गर्ने व्यक्तिहरु दिनु हुन्छ जसरी नाओमी र रुथ आफ्रनो देश र परमेश्वरकहाँ फर्के, उहाँले बोअज जस्ता ब्यक्ति दिनुभयो। केहि बन्दोबस्त गर्नु नै हुनेछ। मलाई कहिले काहीँ विलकुलै एक्लो भएको महसुस गर्दछु। कल्पनै नगरेको व्यक्तिले साथ दिएको छ। तर म एक्लै हुदिँन। कुनै अर्को उपय परमेश्वरले मिलाउँनु भएको भेट्दछु। जसरी नाओमीका परिवारले गलत निर्णय गरेर सुख सुविधाको लागि मोआबीहरुको देशमा केहि समयको लागि भागे परमेश्वरसँग अगुवाई नखोजी जानु भनेको भाग्नु नै हो। तर सधैंको लागि पनि होइन अनिकाल र्टार्न केहि समयको लागि मात्र (ग्रीनकार्ड) पाउनलाई थिएन। तर केवल १० बर्षो अवधिमा कत्रो अभिशाप हातलाग्यो। नाओमी एक्लै भईन्, अरु दुइ मोआबी विधवा बुहारीहरु छन्। “परमप्रभुले आफ्ना मानिसहरुको हेरचाहा गरेर तिनीहरुलाई भोजन दिनुभएको छ भन्ने कुरा जब तिनले मोआब देशमा सुनिन् तब नाओमी र तिनका बुहारीहर त्यहाँबाट घर र्फकन तयार गर्न लागे, रुथ १:६।”  नाओमीले आफ्ना बुहारीहरुलाई आफ्ना मानिसहरु र आफ्ना देवताहरुकहाँ फर्केर जाऊ, भनिन्। एउटा परमप्रभुको जनले अन्य देवताकहाँ र्फक भन्नु कति उचित होला – तर रुथ एउटा बुहारीले उनलाई छोड्न मानिनन्। उनको दृढता देख्दा खुशिलाग्छ कहाँ जाने कस्तो ठाउँछ थाह नपाईकनै, रुथले जवाफ दिइन्,“मलाई फर्केर जान र तपाइ छोड्न कर नगर्नु होस्। तपाई जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाई जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईका मानिसहरु मेरा मानिसहरु हुनेछन्, अनि तपाईका परमेश्वर मेरा परमेश्वर हुनेछन्। तपाई जहाँ मर्नुहुन्छ म पनि त्यहीँ मर्नेछु, र त्यहीँ नै गाडिनेछु। मृत्यु बाहेक अरु कुनै कुराले तपाई र मलाई अलग गरेमा परमप्रभुले मसँग अति पनि कडा व्यबहार गरुन्। रुथ १:१६-१७।”  नाओमीकी यी बुहारी रुथ नै आशिषको कारण बनिन्। मानिसहरुले भन्न लागे, “यो बालक तपाईलाई नयाँ जीवन दिने र तपाईको बुढेसकालमा तपाईको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्दा पनि असल भएकी, तपाईलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्। रुथ ४:१५”। जसको बंशमा दाउद जस्ता प्रसिद्ध राजा र हाम्रा प्रभु येशुको जन्म भएको छ। यसकारण म विस्वास गर्दछु, “हामी जान्दछौ, उहाँलाई प्रेम गर्नेहरु र उहाँका अभीप्रायअनुसार बोलाईएकाहरुका निम्ति हरेश कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। रोमी ८:२८।”

धन्यवाद प्रभुले यो पढ्नेहरुलाई प्रशस्त आशिष दिऊन्।

टेक भण्डारी

गोरखा हाल ललितपुर

चैत्र ६, २०६८

 Republished in new layout 5/29/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In