• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

के ख्रीष्टियानहरू व्यभिचारी हुन् ?

by Bhuvan Devkota
November 23, 2018
in Articles

-Bhuvan Devkota
धेरै पटक हाम्रा अन्य धर्म मान्ने मित्रहरूले कुरै नबुझी हावामा हामी येशूका अनुयायीहरूलार्इ व्यभिचारी भन्ने गलत अाक्षेप लगाएको सुन्दा नमज्जा लाग्छ । अझ बाइबलको एउटा पद लिएर वा त्यसलार्इ बङ्ग्याएर जब्बरजस्ती अफ्नो गलत तर्क प्रमाणित गर्ने कोसिस गर्ने अाधा गाग्रो पानीझैं उम्लने विव्दत् महोदयहरूले बाइबल पूरा पढेर विरोध गरेको पो असल, कि कसो ? अल्पज्ञान भयंकर हो भन्ने कुरा तिनलार्इ के थाहा ? बाइबलले हामीलार्इ व्यभिचारको बारेमा गहकिलो शिक्षा दिन्छ । मोशाले दिएको व्यवस्था वा येशूले दिनुभएको शिक्षा वा पावलका पत्रहरूमा व्यभिचारलार्इ गम्भीर पाप भनिएको छ । येशूलार्इ विश्वास गरेपछि अामा वा दिदीबहिनीहरूसँग व्यभिचार गर्छन् र बाइबलले त्यसै सिकाउँछ भन्ने बकम्फुसे कुरा गर्नेहरूले कताबाट त्यस्तो कुरा सिकेछन् ? मेरो बाइबलले त एउटी पत्नी बाहेक अरू कसैसँग पनि शारीरिक सम्बन्ध राख्नु मात्रै होइन, त्यसको कल्पना गर्नु पनि व्यभिचार हो भनेर सिकाउँछ । येशूले मत्ती ५:२८ मा त्यही कुरा गर्नुभयो, “तर म तिमीहरूलाई भन्छु, जसले कोही स्त्रीलार्इ कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्‍नो हृदयमा त्यससँग
व्यभिचार गरिसकेको हुन्छ।”
एउटी पत्नी बाहेक अरू कसैसँग सम्बन्ध हुनु बाइबलअनुसार ठूलो अपराध हो । मर्दकी दशवटी हुन्छन् भन्ने उखान बाइबलअनुसार ठूलो पाप हो । बाइबलमा केही मानिसहरूले बहुपत्नी राखेका उदाहरणहरू छन् तर त्यसकाे कारण राज्य वा जातिमाथि श्राप परेकाे कुरा बाइबलमा प्रष्ट छ ।
बाइबलको परमेश्वर र येशू अफैं नैतिकता र सत्यताको मापक र स्तर हुनुहुन्छ । कसैले पनि परमेश्वरको पवित्रतामा शंका गर्न सक्दैन । उहाँले म पवित्र छु र तिमीहरू पनि पवित्र हुनुपर्छ भनेर हामीलार्इ अादेश दिनुभएको छ । बाइबलको अाज्ञा शतप्रतिशत् पालन हुने हो भने समाज सम्पूर्ण रूपमा असल र नैतिकवान् बन्छ ।
बाइबलमा व्यभिचारको बारेमा यसरी लेखिएको छ, परमप्रभुले भन्‍नुभयो,
“तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्‍यसअनुसार चल्‍नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। ‘तिमीहरूमध्‍ये कसैले पनि आफ्‍नो नजिकको साइनु पर्नेसित सहवास नगरोस्‌। म परमप्रभु हुँ। ‘तेरी आमासित सहवास गरेर आफ्‍ना बाबुलाई शर्ममा नपार्‌। त्‍यो तेरी आमा हो। त्‍यससित तैंले सहवास नगर्‌। ‘तैंले आफ्‍ना बाबुकी पत्‍नीसित सहवास नगर्‌। त्‍यसो गर्नाले तैंले आफ्‍ना बाबुको अपमान गर्छस्‌। ‘तैंले आफ्‍नी साक्‍खै दिदी-बहिनी अथवा आफ्‍ना आमा वा बाबुपट्टिकी झट्‌केली छोरीसित सहवास नगर्‌– त्‍यो आफ्‍नै घरमा होस्‌ कि बाहिर जन्‍मेर बढ़ेकी होस्‌। ‘आफ्‍नो छोरापट्टिकी होस्‌ कि छोरीपट्टिकी होस्‌, तैंले आफ्‍नी नातिनीसित सहवास नगर्‌। त्‍यसबाट तैंले आफ्‍नै अपमान गर्नेछस्‌। ‘तैंले आफ्‍नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्‌। त्‍यो तेरी बहिनी हो। ‘तैंले आफ्‍नी फुपूसित सहवास नगर्‌। त्‍यो तेरा बाबुकी नजिककी नातेदार हो। ‘तैंले आफ्‍नी आमाकी दिदीबहिनीसित सहवास नगर्‌। त्‍यो तेरी आमाकी नजिककी नातेदार हो। ‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्‍ना बाबुका दाजुभाइको अपमान नगर्‌। त्‍यो तेरी बड़ी-आमा अथवा काकी हो। ‘तैंले आफ्‍नी बुहारीसित सहवास नगर्‌। त्‍यो तेरो छोराकी पत्‍नी हो। तैंले त्‍यससित सहवास नगर्‌। ‘तैंले आफ्‍नी भाउज्‍यू वा भाइबुहारीसित सहवास गरेर आफ्‍नो दाजुभाइको अपमान नगर्‌। ‘कुनै स्‍त्री र त्‍यसकी छोरी दुवैसित तैंले सहवास नगर्‌। अनि त्‍यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्‌। तिनीहरू नजिकका नातेदार हुन्‌। त्‍यसो गर्नु दुष्‍टता हो। ‘तैंले आफ्‍नी पत्‍नीकै जीवनकालमा त्‍यसकी दिदी वा बहिनीलाई सौता ल्‍याएर सहवास नगर्‌। ‘कुनै स्‍त्रीका रजस्‍वलाको समयमा त्‍यससित सहवास नगर्‌। ‘तैंले परस्‍त्रीसित सहवास नगर्‌। त्‍यसरी तैंले आफूलाई अशुद्ध नपार्‌। ‘स्‍त्रीहरूसँगझैँ पुरुषसँग सम्‍भोग नगर्‌। त्‍यो घृणित कार्य हो।‘कुनै पशु-प्राणीसित सम्‍भोग गरेर तैंले आफूलाई अशुद्ध नगर्‌। स्‍त्री पनि सम्‍भोग गर्नलाई पशु-प्राणीसित नसुतोस्‌। त्‍यो अस्‍वाभाविक दुराचरण हो। त्‍यसरी नै त्‍यो देश अशुद्ध भएको हो। अनि मैले त्‍यसमाथि त्‍यसका अधर्मको दण्‍ड उठाएँ, र देशले आफ्‍ना बासिन्‍दाहरूलाई उकेलेर फ्‍याँकिदियो। तर चाहे स्‍वदेशी होस्‌, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्‌, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्‍ता घिनलाग्‍दा कामहरू नगर्नू। किनभने यस्‍तै सबै घिनलाग्‍दा कामहरू त्‍यस देशका पूर्व (देश) बासिन्‍दाहरूले गरे, र त्‍यो देश अशुद्ध भयो। मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्‍यस देशलाई अशुद्ध गर्‍यौ भने त्‍यसका पूर्वबासिन्‍दालाई झैँ तिमीहरूलाई पनि त्‍यसले उकेलेर फ्‍याँकिदिनेछ। ‘कसैले यीमध्‍ये कुनै घृणित काम गर्‍यो भने त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।”

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In