• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मान्छेलाई मान्छे नै रहन दिऔं

by Bhuvan Devkota
February 14, 2018
in Articles
Bhuvan Devkota
Bhuvan Devkota

-भुवन देवकोटा
विज्ञान, प्रविधि र आर्थिक उन्नतिका नाममा वर्तमान मानव समाज यति अगाडि बढेको छ कि त्यसको अगुवाइ गर्नेहरूले आफूलाई सर्वशक्तिमान र ईश्वरतुल्य मान्न थालेका छन् । येशूलाई नचिन्ने कति सम्प्रदायमा मानिसलाई ईश्वर मानेर पूजा गर्ने चलन साधारण कुरा हो । आफैंलाई पुजिएको मान्ने चर्चित मान्छेहरू र त अन्धाहरू हुन् । अन्धाले अन्धालाई डोर्यायो भने दुवै खाल्डोमा पर्नेछन् । तर त्योभन्दा पनि दुःखको कुरा यस्ता व्यक्ति र प्रवृत्तिहरू ख्रीष्टियन समाजभित्र र मण्डलीमा पनि देखा पर्न थालेका छन् । मान्छेले आफैंलाई येशूको स्थानमा देख्न र राख्न खोजेका छन् । बाबेलको धरहरामा गरेझैं परमेश्वरलाई त्यागेर आफ्नै नाम राख्ने प्रयासमा समय, शक्ति र पैसा खर्च गर्न लागेका छन् ।
हो, भौतिक परिवर्तन र सामाजिक क्रान्तिको अगुवाइ गर्नेहरूले यो संसारमा कुनै न कुनै किसिमको परिवर्तन अवश्य नै गरेका छन् । मानव जीवनलाई उपयोगी र सहज बनाउनका लागि भएका यस्ता परिवर्तनहरू प्रशंसाका लागि योग्य पनि हुन् । तर सारा संसारका रचयिता परमेश्वरका अगाडि भने यस्ता कुरा नगन्य नै हुन् । यो कुरा बिर्सेर आज ख्रीष्टियन समुदायभित्रैका केही व्यक्तिहरू कुनै परिवर्तनका लागि अगुवा र हिस्सा बन्न पुगेकामा आफूलाई ईश्वरतुल्य मान्दछन् र ख्रीष्टको समान सोच्दछन् भने योभन्दा घृणित कुरा अरू हुन सक्दैन ।
यो कुरा साँचो हो कि मानिसहरू व्यक्तिगत र संस्थागत हिसाबले विभिन्न कुरामा सफल भइरहेका छन्, आर्थिक उन्नति गरिरहेका छन् । भौतिक जीवनमा ठूलो प्रगति गरिरहेका छन् । यो खुसीको कुरा हुन सक्छ, हाम्रो लागि गौरवको कुरा पनि हो । तर यसको श्रेय जब हामीले परमेश्वरलाई दिन बिर्सेर आफैंले लिन खोज्दछौं, तब हाम्रो पतनको दिन सुरु हुन्छ । किनभने हाम्रो जति पनि प्रगति भएको छ, त्यो सबै प्रभुको अनुग्रहकै कारण भएको हो । परमेश्वरले नै मानिसलाई घुरानबाट उठाएर सिंहासनमा बसाल्नुभएको हो । मानिसले आफ्नो कानले नसुकेका र आँखाले नदेखेका कुरा आज प्राप्त गरिरहेको छ । यो सबै परमेश्वरले हामीलाई प्रेम गरेर तयार पार्नुभएको योजना हो । परमेश्वरको योजनाअनुसार नै आजको भौतिक विकास सम्भव भएको हो । तर जब विज्ञानमा नाममा संसारमा भइरहेका भौतिक विकासको श्रेय मानिसले आफूलाई नै दिन खोज्दछ, त्यो हामी ख्रीष्टका विश्वासहरूलाई दुर्भाग्यको कुरा हुन पुग्दछ । त्यसैले हामीले यी सबै विकास र प्रगतिका लागि प्रभुलाई धन्यवाद दिनै पर्दछ । र, उहाँको महिमा गर्नै पर्दछ ।
ख्रीष्टियन समुदायभित्र समेत विकास भइरहेको यो नमिठो कुराप्रति हामी सजक बन्नै पर्दछ । कुनै पनि किसिमले सफल भएका वा माथि पुगेका मानिसलाई आफैंमा प्रभुको स्थान लिने रहर जाग्नु ठीक होइन भन्ने कुरा हामीले सिकाउनै पर्दछ । यसरी आफूलाई येशू समान ठान्नु र परमेश्वरको महिमा आफूले लिन खोज्नुले येशू ख्रीष्टको महिमा हुन सक्दैन । आफ्नो काममा भएका सम्पूर्ण सफलता र प्रगति श्रेय परमेश्वरलाई दिनुको सट्टा आफैंले लिने प्रयास गर्नु अज्ञानता र मुर्खतासिवाय केही हुन सक्दैन । येशूको सेवा गर्ने भनेर खुलेका संस्थाहरूको नाम पनि कतिले आफ्नैबाट राखेका छन्, त्यो मरणसिल मानिसले गरेको विद्रोहको परिणाम हो । प्रशंसा थाप्ने र आफैंलाई म यस्तो वा उस्तो भनेर घोषणा गर्ने वा आफ्ना आसेपासेलाई घोषणा गर्न लगाउनु अत्यन्तै ठूलो मूर्खता हो ।
कतिपय यस्ता मानिसहरू बाहिरी देखावटीका लागि परमेश्वरको महिमा होस् त भन्दछन्, तर व्यवहारमा आफैंलाई महिमा दिन चाहन्छन् । दुर्भाग्यको कुरा, यस्ता मानिसहरूलाई समाजका अन्य मानिसहरूले समेत गलत काम र महिमाको लागि प्रोत्साहन गरिरहेको पाइन्छ । यसरी प्रोत्साहन गर्नेहरूमा कसैको व्यक्तिगत स्वार्थ देखिन्छ भने कतिपय अज्ञानताका कारण यसो गरिरहेका हुन्छन् । यी दुवै थरिका कामहरू परमेश्वरको दृष्टिमा घीनलाग्दो काम हो । परमेश्वरका जनहरूले यी कुरा गर्न सुहाउँदैन । अर्थात् हामी सन्तहरूको बीचमा यी कुरा हुनुहुँदैन । किनभने हामी ख्रीष्टियनहरूले सबै कामको महिमा ख्रीष्टलाई नै दिनुपर्दछ । याद राखौं, सबै किसिमका महिमा ख्रीष्टले नै पाउनुपर्छ । कुनै पनि व्यक्ति, समाज, पद, स्रोत–साधन, प्रविधि अथवा दाताले होइन । यी सबै त परमेश्वरले परिचालन गर्नुभएका साधन मात्र हुन्, त्यसमा तपाईं हामी पनि पर्दछौं ।
मानिस नाकको प्वालमा सास हुने प्राणी हो भनेर बाइबलले भन्दछ । साथै मानिस भरोसालायक छैन भनेर पनि बाइबलमा भनिएको छ । त्यस्तै मानिसको हृदय सबैभन्दा छली हो भनेर पनि बाइबलले हामीलाई सिकाएको छ । यो बाइबलको सत्यता हो । त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन । जब मरणशील मानिसले आफूलाई परमेश्वरको बाराबरी तुल्याउन खोज्दछ, त्यसपछि बिनाश आउँछ भनेर बाइबलले भनेको छ । यो कुरा सत्य पनि हो किनभने पतनको अगाडि जहिले पनि घमण्ड आउँछ । जब कुनै व्यक्तिले परमेश्वरलाई छोडेर आफैंमा घमण्ड गर्न थाल्दछ र आफ्नै महिमा गर्न थाल्दछ, त्यो मानिसको विनाश नजिकै छ । यहाँनेर विनाश भन्नाले यस्ता मानिस पत्तासाफ भएर जाने वा गरिब हुने भन्ने कुरा नहुन पनि सक्छ । तर उसको आत्मिक जीवन भत्किँदैजाने कुरा पनि निश्चित छ । उसको परमेश्वरसँगको सम्बन्ध, पिता र पुत्रको जस्तो हुनेछैन किनकि यस्ता मानिस परमेश्वरको बराबरी हुँ भन्ने किसिमको घमण्डमा बाँच्छन्, जुन कुरा परमेश्वरका जनहरूका लागि सुहाउँदैन किनभने परमेश्वर त सर्वशक्तिमान हुनुहुन्छ । आफूलाई सर्वोच्च महामहिमामय समान बनाउनु भनेको शैतानको पदमार्गतिर लाग्नु हो । उसले म भनेर आफैंलाई माथि उचाल्ने प्रयास गरेको थियो ।
मान्छे पनि सानोसानो ईश्वर हो वा हुन सक्छ भन्ने झुटो शिक्षा सिकाउने कति मानिसहरू छन् । केनेथ कोपल्याण्डजस्ता सुसमाचारले भौतिक सम्पन्नता ल्याउनैपर्छ भनेर सिकाउने मानिसहरूले यस्ता कुरा सिकाएका छन् । अदनको बगैँचामा शैतानले हव्वालाई दिएको अफर यही हो । तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ भनेर शैतानले भनेको थियो ।
हामी उहाँको अनुग्रहले बचाइएका पापीहरू मात्रै हौं । ख्रीष्टको अनुग्रहमा मात्र हामी आफ्नो जीवनमा खडा हुन सक्छौं । ख्रीष्टको अनुग्रहमा रहेर मात्र हामी परमेश्वरमा जीवित रहन सक्छौं । ख्रीष्टको अनुग्रहले मात्र हामीलाई नयाँ जीवन दिन्छ । ख्रीष्टको अनुग्रहले मात्र हामी नयाँ जीवनको आशा र भरोसा प्राप्त गर्न सक्छौं, अरू कुराले होइन । त्यसैले कसैलाई पनि देवत्वकरण नगरौं ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In