• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुरूका चर्चहरूमा एकता र संगति, डा. थापाको अनुभव

by Sarju Rijal
November 4, 2017
in Articles
Dr. Tirtha Thapa

काठमाडौं- १७ कार्तिक, नेपालको मण्डलीको इतिहासलाई खोतल्दा सन् १६२८ मा लक्ष्मी नरसिंह मल्लको शासनकालमा पहिलो पटक नेपालमा क्रिश्चियानीटीको बारेमा प्रचार गर्नैको लागि भनेर ख्रीष्‍टियनलाई नेपालमा आउन अनुमति दिइएको पाइन्छ। यससम्बन्धमा येथेष्ट प्रमाणहरू पाउन भने गाह्रो छ। मल्लकालदेखि नै येशू ख्रीष्टको बारेमा सुन्न चासो भएकाहरू नेपालमा थिए भन्ने अनुमान लगाउन सकिन्छ। सन् १७१५ देखि ओटु, काठमाडौंमा सानो चर्चमा संगति गरेको पाइन्छ। पछि गएर एजम्पसन चर्च स्थापना भयो। काठमाडौंमा संगति सुरू भए, पश्चिममा सुरू भए। मण्डलीको सुरुवात सम्बन्धि विस्तृतरुपमा नगएर, नेपालमा भएका मण्डली समूह वा सम्प्रदायहरूले कतिबेलादेखि नेपालमा एकताको महशुस गरेका थिए भन्ने कुरालाई उल्लेख गरिएको छ। के कारणले गर्दा एकताको महशुस भयो र एकताको लागि कस्ता खालका प्रयासहरू भएका थिए भन्ने कुरा नेपाल ख्रीष्टियन समाजका भूतपूर्व अध्यक्ष तथा सल्लाहका डा तीर्थ थापाले भनेको आधारमा उल्लेख गरिएको छ।

नेपाल ख्रीष्टियन समाजको राष्ट्रिय भेला २२-२४ अक्टोवर २०१७ मा डा थापाले  बताएको एनसिएसको इतिहास र कार्यपत्रलाई यहाँ राखिएको छ।
डा तीर्थ थापाका अनुसार, नेपालमा बहुदलिय प्रजातन्त्र आउनुभन्दा पहिले इसाईहरूलाई चरम सतावट थियो। कति ख्रीष्टियन दाजूभाइहरू जेलमा हुनुहुन्थ्यो। त्यतिबेला नेपालका प्रमुख अगुवाहरू रक्सौलमा एक ठाउँमा भेला भएर संगति गर्नुहुन्थ्यो। रक्सौलबाट ख्रीष्टियन दाजुभाइहरूले नेपालतिर फर्केर नेपालको निम्ति प्रार्थना गर्नुहुन्थ्यो।

नेपालमा इसाई दाजुभाइहरूलाई क्रिश्‍चियन धर्म मान्न पनि पाउँदैनथे। सरकारबाट समाजबाट ज्यादै सतावट आएको थियो। चारैतिरबाट विरोध हुनथालेपछि एकताको महशुस भएको थियो। यस्तो अवस्थामा संगति गर्न एकले अर्कोलाई हौसला दिन आवश्यक थियो।

यहिक्रममा सन् १८८८ मा एन सि एफ नेपालको पहलमा रक्सौल डङ्‍कन हस्पिटलमा पहिलो गुरू संगति भएको थियो। त्यतिबेला डा थापा एन सि एफ एनको महासचिव हुनुहुन्थ्यो। पहिलो गुरू संगतिमा नेपालका प्रमुख पास्टर अगुवाहरूको भेला भएको थियो। त्यो समयमा चर्चहरूमा सम्प्रदायका कुनै पनि कुराहरू हुन्थेनन्। गुरू संगतिमा सबै अगुवाहरू भेला हुने गर्दथे। गुरू संगतिले सबैलाई उत्साहित बनाएको थियो।

नेपालमा बहुदलिय प्रजातन्त्र आएपछि सन् १९९० अप्रिलमा प्रज्ञा भवन कमलादीमा एनसिएफ नेपालको व्यानरमा भेलाको आयोजना गरिएको थियो। उक्त भेलामा नेपालका प्रमुख अगुवाहरूको उपस्थिति रहेको थियो। भेलामा अतिथिको रूपमा नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह, महिला तथा समाजकल्याण मन्त्री साहाना प्रधान र आपूर्ति मन्त्री मार्सल जुलुम शाक्यलाई अतिथिको रूपमा बोलाइएको थियो। भेलामा अन्य विशिष्ट व्यक्तिहरूलाई पनि बोलाइएको थियो। गणेशमान सिंहले ख्रीष्टियनहरूलाई संगति गर्न कसैले पनि रोक्‍न नसक्‍ने  बताउँदै नेपाली काँग्रेको झण्डामा भएको चारवटा तारामा एउटा तारा धार्मिक स्वतन्त्रताको चिन्ह हो भन्नुभएको थियो। त्यो भेला ख्रीष्‍टियनहरूको लागि निकै उत्साहजनक भएको थियो। उक्त भेलाले एकताको लागि निकै उत्साह मिलेको थियो। ख्रीष्टियनहरूमाथि लगाइएको धर्म प्रचारका मुद्दाहरू फिर्ता लिएर ख्रीष्टियन दाजुभाइहरू जेलमुक्त गरिएका थिए।

सन १९९१ मार्चमा गुरू संगतिले ज्ञानेश्वर चर्चमा भेला राख्यो। त्यो भेलामा एन सि एफ नेपालको तर्फबाट हाम्रो एन सि एफ एनमा संगति हुँदैछ अब गुरू संगतिमा  समय दिन नसकिने कुरा आयो र गुरू संगति बन्द भएको थियो।  एन सि एफ नेपाल चर्चहरूको समूह/सम्प्रदाय भएकोले आफ्नो संगतिलाई जोड दियो। एजी चर्चले हामि एजी चर्च हो हामी पनि छुट्टै गर्छौ भन्यो। अगाप्पे चर्चले हामी अगाप्पे संगति हो भने पछि गुरू संगति बन्द भएको थियो। त्यो भन्दा पहिला अरू चर्चहरू नन एनसिएफ भनेर चिनिने गर्थ्यो।

त्यसपछि डा थापा अध्ययनको लागि हङकङ जानुभयो। अध्ययन गर्ने अवधिमा हङकङमा पहिलो नेपाली संगति सुरू भयो। लुथरन थियोलोजीकल सेमिनारीबाट एम टिएच गरेर नेपाल फर्केपछि फेरि नेपाली संगतिमा एकतामा ल्याउने प्रयास गर्नुभयो। नेपालको सबै जिल्लाका विभिन्न सम्प्रदायका चर्चहरूमा भेटघाट गरेर एकताको पहल गर्नुभयो।

सन् १९९६ सेप्टेम्बरमा पुतली सडक चर्चमा भएको भेलामा एनसिएफ अगाप्पे, एजी र अन्य चर्चहरूका पास्टरहरूको समूहले ७ जनाको समिति बनाएको थियो। जसको संयोजकको रूपमा जिम्मा डा तिर्थ थापालाई दिएको थियो।

सन १९९६ डिसेम्बरमा स्टाफ कलेज जावलाखेलमा नेपाल ख्रीष्टियन संयूक्त संगती भनेर भेला भयो। यो भन्दा अघिल्लो भेलाले ख्रीष्‍टियन संयूक्त संगति गर्ने भनेर निर्णय गरेको थियो। नेपालभरीबाट १२० जना पास्टर अगुवाहरूको उपस्थिति भएको थियो। नेपालको चर्चहरूको लागि संगति गर्ने साझा थलोको महशुस सबैले गरेका थिए। सन् १९९६ डिसेम्बरमा संयूक्त संगति गर्ने भनेर निर्णय गरेको थियो। महासभाले २ वर्षको लागि कार्य समिति बनायो। जसमा ११ जनाको समिति थियो। यो भेलाले पनि संयोजकको जिम्मा डा थापालाई नै दिएको थियो। चुनाब नगरेर सिनियर सल्लाहकारहरूको १२ जनाको समिति बनाइयो। जसमा पास्टर रोवर्ट कार्थक, स्वर्गीय डि आर थुलुङ आदि हुनुहुन्थ्यो।

सल्लाहकार समितिले दोस्रो महासभा डिसेम्बर १९९७ मा राख्यो। सल्लाहकार समितिले कार्य समिति बनायो। समितिले डा तीर्थ थापालाई अध्यक्ष बनायो। नेपालभरीबाट गरी १५ जनाको समिति बनाइएको थियो।

केही वर्षपछि एनसिएफको तर्फबाट पत्र पठाएर हामी छुट्टै संगति गर्छौं भनेर सहभागी भएन।
तेस्रो पटक १९९९ मार्चमा साधारण सभा भयो। २५० जना पास्टर अगुवाहरू आउछन होला भनि अनुमान गरिएको थियो। तर ५२४ जना अगावहरूको सहभागिता रहेको थियो। १५ जनाको कार्य समिति पनि गठन गरेको थियो।

तीन महिनापछि केहि अगुवाहरूले एउटा लेखको विषयलाई लिएर तीर्थ थापाले बाइबलको विपरित लेख लेख्‍न आफ्नो श्रीमतीलाई उक्सायो भनेर समितिले तीन महिनाको लागि अनुशासन गर्ने कुरा निकाल्यो। जुन लेख लेख्‍नमा थापाको कुनै संलग्‍नता थिएन। ‘बाइबलमा नारीको आँखाले हेर्दा’ भन्ने शिर्षकमा लेख लेखिएको थियो। लेखमा महिलाहरूले मण्डलीमा नेतृत्व गर्न सक्छन भन्ने सम्बन्धमा थियो। नेपालको मण्डलीमा बाइबलको शिक्षा विपरितको शिक्षा ल्याउन खोज्यो भनि आरोप लगाइएको थियो। जसमा आफ्नो गल्ती नभएपछि किन अनुशासनमा बस्‍ने भनि राजीनामा दिएर एनसिएसबाट तीर्थ थापा निस्कनुभएको थियो।
थापाले राजिनामा दिएपछि उपाध्यक्ष बेदी सुबेदीले कार्यवाहक अध्यक्ष भएर एक वर्ष ६ महिना एनसिएसलाई चलाउनुभयो।
सन् २००० मा पास्टर जीवन गुरूङले अध्यक्ष भएर चलाउनु भयो। सन् २००८ बाट २०१४ सम्म डा बालकृष्ण शर्माले अध्यक्ष भएर चलाउनुभयो। पूर्व सांसद लोकमणी ढकाल महासचिव भएर काम गर्नुभएको थियो।
सन् २०१४ को १८ औं सभाले नयाँ कार्यकारी समिति गठन गर्‍यो जसमा पास्टर बर्णबास श्रेष्‍ठ अध्यक्ष भएर नेतृत्व गरीराख्‍नुभएको छ।

नेपाल ख्रीष्टियन समाजले स्थापनाकालदेखि नै निर्धारण गरेको लक्ष्य अनुसार नै काम गर्दै आएको छ। समाज भएकोले सबै मण्डली, संस्थाहरू आउन सक्छन्। केहि गरेर इचछा भएन भने जान पनि सक्छन्। कसैलाई पनि दवावमा राख्दैन्। संगति गर्ने एक साझा थलो भएकोले समाजमा सबैलाई स्वागत गरिन्छ। नेपाल ख्रीष्‍टियन समाज स्थापना हुनुको मुख्य कारण भनेको सबै मण्डलीले संयूक्तरुपमा एउटै साझा थलोमा संगति गर्न आवश्यक भएकोले नै सुरू भएको हो।

मण्डलीमा बाइबलको सही शिक्षा पुर्‍याउन, समाजबाट मण्डली र पास्टरहरूलाई हेर्ने दृष्‍टिकोणमा असल साक्षी दिनु आवश्यक महशुस भएको थियो। जेलमा परेका, सतावटमा परेका ख्रीष्टियनहरूलाई उत्साह दिन संगति गर्नलाई आवश्यक थियो। एकले अर्कोलाई उत्साह दिन संगति गर्नलाई नै नेपाल ख्रीष्‍टियन समाज सुरू भएको हो। काठमाडौं ज्ञानेश्वर चर्चमा, सबै सम्प्रदायहरूका प्रमुख अगुवाहरू संगै बसेर संगै संगति गर्नको लागि साझा थलोको सुरूवात भएको हो। एजी, एनसिएफ एन, अगापे, व्याप्‍टिष्‍ट, प्रेसविटेरियन, मेथोडिष्ट, नाजरिन,नेपाल इभान्जेलिक ख्रीष्टियन फेलोसिप र प्यारा चर्च अर्गनाइजेसन साथै ख्रीष्‍टियन संस्थाहरूका प्रतिनिधीहरूको उपस्थितिमा संगति गर्न साझा थलोको नामाकरण गरिएको थियो। नामाकरण गर्नको लागि ६ वटा समूहमा विभाजन गरिएको थियो। कुन नाम राख्‍ने भन्ने सम्बन्धमा धेरै नामहरू आएका थिए। एन सि एफ नेपालका उपाध्यक्ष पास्टर प्रकाश सुब्बाले प्रस्ताव गरेको नाम ‘नेपाल ख्रीष्टियन समाज’ राख्‍न सबैको सहमति भयो।

नेपाल ख्रीष्टियन समाजको मुख्य लक्ष्य संयूक्त संगति, संयूक्त आवाज, राष्ट्रिय र अन्तराष्ट्रिय मण्डलीहरूसँग सम्बन्ध बढाउन, मेल मिलाप र सूचना सबै मण्डलीमा प्रवाह गर्नु हो।

( डा तीर्थ थापाले Faculty of Social Sciences, Chaing Mai University, Thailand बाट Medical Anthropology मा पिएचडी गर्नुभएको छ। HDCS मा निर्देशक भएर १९ वर्ष सेवा गर्नुभएको थियो।  सन १९८७ देखि एनसिएफ नेपालमा महासचिवको रूपमा ६ वर्ष काम गर्नुभएको थियो। )

नेपाल ख्रीष्टियन समाजको इतिहास र कामको बारेमा डा थापाले महासभामा प्रस्तुत गरेको कार्यपत्र यहाँ राखिएको छ।

नेपाल ख्रीष्टियन समाज

   राष्‍ट्रिय बार्षिक महासभा

  लिभिङ्ग व्याप्टिष्ट चर्च, ललितपुर ।
२२-२४ अक्टोवर २०१७

नेपाल ख्रीष्टियन समाजले के गर्ने के नगर्ने र यसको अपरिहार्यता

नेपाल ख्रीष्टियन समाजले नगरेका र गर्न नहुने काम
• समाजले अरु कुनैपनि मण्डली, सम्प्रदायवा संघ संस्थाबाट हुन सक्ने वा उनीहरुले गरिरहेका कामको अनुशरण वा अनुकरण गर्ने (Duplication of Overlap)हुने काम गरेको छैन र गर्न पनि हुदैन ।
• समाजले मण्डली, सम्प्रदाय र संस्थाहरुलाई आर्थिक सहयोग जुर्टाई दिने, मण्डली भवनबनाई दिने, पास्टर अगुवाहरुलाई तालिमदिने, आदि संस्थागत प्रकारका कामगरेको छैन र गर्न पनिहुदैन ।
• समाजले मण्डली, सम्प्रदाय र संस्थाहरुलाई सदस्यतादिने, अधिनमा राख्‍ने, निर्देशन दिने, आफ्नो मातहतका हुन भनि प्रचार गर्ने र हामीसँग यो र त्यो छ भनि घमण्ड गर्ने वा कसैलाई आशा देखाउने काम गरेको छैन र गर्न पनिहुदैन ।

नेपाल ख्रीष्टियन समाजले गरेका र निरन्तरतादिन पर्ने काम
• समाजले मण्डली, सम्प्रदाय तथा ख्रीष्टियन संस्थाहरुलाई राष्ट्रिय, प्रादेशिक, जिल्लास्तरीय र स्थानिय स्तरमा आत्मिक भेला, संगति, प्रार्थना र वचनबाट सिक्न, सिकाउन र आत्मिक रुपमा बढ्दै जान हौसलादिने लिने र त्यस्ता कार्यहरुको आयोजन गर्ने गराउने कामलाई निरन्तरा दिन पर्छ ।
• समाजले आफ्नो आस्था, बिश्वास र पहिचानका कारण कोहि कसैबाट, कानूनी, सरकारी वा सामाजिक तवरबाट निन्दा, हेलाँ र अपमान भए गरेका अबस्थामा आवाज उठाई ख्रीष्टियनहरुका पक्षमा सरकारी तथा सामाजिक स्तरमा बोल्ने र सबै प्रकारका सहयोग जुटाउने कामलाई निरन्तरता दिन पर्छ ।
• समाजले कुनै ख्रीष्टियन, मण्डली, सम्प्रदाय वा ख्रीष्टियन संस्थाहरुका सम्बन्धमा कुनै सुःखद वा दुःखद घट्ना वा हौसला वा प्रेरणा मिल्ने खालका कुनै बिषय प्रसंग भए उनिहरुको अनुमति लिएर अरुहरुलाई संचार गरिदिने तथा राष्ट्रिय वा अन्तराष्‍ट्रिय सुःखद वा दुःखद वा हौसला वा प्रेरणा मिल्ने घट्ना वा समचारहरुको यथोचित प्रवाह गरिदिने कामलाई निरन्तरता दिन पर्छ।

नेपाल ख्रीष्टियन समाजको अपरिहार्यता
• मेरो व्यक्तिगत बुझाई र बिश्व परिवेसलाई हेर्दा धर्म निरपेक्ष भनेको धार्मिक स्वतन्त्रता होईन र बहुशंख्यक जनता जुन धर्म वा आस्थाका हुन्छन् त्यहि धर्म वा आस्थाको आधिपत्य त्यस मुलुकमा हुने गर्छ । त्यसले नेपालको सम्बिधानमा गरिएको “धर्मनिरपेक्ष” शब्दको व्याख्या तथा नव निर्मित कानून बमोजिम कुनै पनि व्यक्तिले अरुको त परै जावस स्वयंले आफ्नो धर्म वा आस्था समेत परिबर्तन गर्न पाउँदैन भन्नेमा पनि अचम्भित हुन पर्ने देखिदैन। यसबाट यो पनि स्पष्ट हुन्छ की नेपालमा ख्रीष्टियनहरुमाथि अब पारिवारिक र सामाजिक स्तरको सतावटका कमिहोला तर कानूनी रुपमा सतावट हुनेछ। यस्तो परिबेसमा धार्मिक स्वतन्त्रताको हक अधिकारको माग र खोजीभन्दा पनि नीति निर्माता, व्याख्याकर्ता, प्रयोग कर्ता, आदी जस्ता व्यक्ति वा समूहलाई यथोचित राय सल्लाह र सुझाव दिन छलफल गर्ने, बिचार बिमर्श गर्ने, सेमिनार गोष्ठिहरुको आयोजना गरी सम्बन्धित व्यक्ति वा निकायलाई उदार बनाउने जस्ता कामका लागि नेपालका ख्रीष्टियनहरुका साझा थलोको रुपमा सहजकर्ताको भूमिका निर्बाह गर्न यस समाज अपरिहार्य भएको छ।

  • बिगतका गलत शिक्षाका कारण नेपाली ख्रीष्टियनहरु प्रति नेपाली समाजको गलत बुझाई, गलत हेराई, निन्दा र घृणा भएको हामी सबैले महशुस गरेका छौं। यसलाई मेटाउन हामीले चर्चहरुबाट दिईने शिक्षामा सुधार ल्याउन र नेपाली समाजमा ख्रीष्टियनहरु प्रति सद्‍भाव र सम्मान सृजना गर्न सम्बन्धित आवश्यक बिषयहरु उपर सेमिनार गोष्ठि आयोजना गरी सबै ख्रीष्टियनहरुलाई सजग बनाउन नेपालका ख्रीष्टियनहरुका साझा थलोको रुपमा यो समाज अपरिहार्य भएको छ ।
  • सरकार वा समाजवा पेशाकर्मि गलत बाटोमा हिडेको अबस्थामा बाईबल धर्मशास्त्रबाट निर्देशित नैतिक तथा आध्यात्मिक शिक्षाद्वारा त्यस्ताहरुलाई सजग गराउन निर्भिकता साथ लिखित वा मौखिक वा जमघट गराउन नेपालका ख्रीष्टियनहरुको संयूक्त आवाजका हैसियतले कार्य गर्न नेपालका ख्रीष्टियनहरुका साझा थलोको रुपमा यो समाज अपरिहार्य भएको छ ।
    • हामी ख्रीष्टियनहरु पनि अतिअधिकार मुखी र राजनीतिमा बढि नै चासो राख्ने हुदै गएको अबस्थामा आत्माको जागृती र मण्डलीलाई बचनमा आधारित शिक्षामा डोर्याई अब निर्बिबाद रुपमा वचनबाट सिक्ने सिकाउने र संगति तथा प्रार्थनामा नेपालका मण्डलीलाई अभिप्रेरीत गर्न नेपालका ख्रीष्टियनहरुका साझा थलोको रुपमा यस समाज अपरिहार्य भएको छ ।
  • नेपालका स्वतन्त्र मण्डली वा मण्डली समूह वा सम्प्रदायहरु वा ख्रीष्टियन संघ संस्थाहरुमा आफू एक्लै भए पनि बाँच्न सकिन्छ भन्ने प्रवृत्ति बढ्दै गएको छ। यो प्रवृत्तिले हामी ख्रीष्टियनहरुलाई एकताको आबश्यकता नभएको आभास गराउँदै चर्चहरु बिखण्डन तर्फ उन्मुख भै राखेका छन्। मेरो हेराई र बिगतका अनुभवको आधारमा हाम्रो बिचमा अनेकता सृजना गरी हामीलाई निर्बल तुल्याउन शैतानले हाम्रा माझ रोपिदिएको बिउ हो। आजको नेपालको परिबेशमा हरेक जातजाती, भाषा, धर्म, पेशाकर्मिहरु समेतले संघ संस्थानिर्माण गरी आफ्नो शक्ति मजबुत बनाउने काम गरी रहेकोछन्।यस्तो अबस्थामा हामी ख्रीष्टियनहरु भने हाम्रो एकतालाई अनाबश्यक ठान्दै आफ्नो पहिचानलाई मात्र प्रमुखता दिईएको कुरालाई सच्याई सजग बनाउन नेपालका ख्रीष्टियनहरुको साझा थलोको रुपमा यो समाज अपरिहार्य भएको छ ।

 

डा.तीर्थ थापा
नेपाल ख्रीष्टियन समाज
६ कार्तिक २०७४

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In