• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भावी पुस्तालाई तयार पार्नु

by Sarju Rijal
February 6, 2017
in Articles
Bhuvan Devkota
Bhuvan Devkota
भुवन देवकोटा

-भुवन देवकोटा,  हाम्रो परमेश्वरले सबै जातिका मानिसलाई आफ्नो स्वरूपमा बनाउनुभयो भनेर उत्पत्ति १ः२७ अनुसार हामीले पढ्न पाउँछौं । परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। “मैले तँलाई गर्भमा रच्नुअघि नै तँलाई चिनिसकेको थिएँ…” (यर्मिया १ः५) । परमेश्वरले यसरी मानव जीवनलाई सुरु गर्नुहुन्छ। मानव जीवनलाई नाश गर्ने कामचाहिँ शैतानले गर्छ। यूहन्ना १०ः१० मा येशूले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न आउँछ।” अनि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको सुन्दर र र्सवाेत्तम सृष्टिलाई नाश पार्ने कामचाहिँ शैतानको हो।
“तर मचाहिँ तिमीहरूले जीवन पाओ, प्रशस्त जीवन पाओ” भन्ने हेतुले आएँ भनेर प्रभु येशूले भन्नुभयो। गर्भपतनबाट मात्रै संसारभरि वाषिर्क चार करोड बीस लाख भ्रूण हत्या गरिन्छ। पोलपोट वा हिटलरले गरेको नरसंहार अथवा नेपालमा १८ हजारभन्दा बढी मानिस मर्ने गरी भएको जनयुद्धभन्दा पनि यो सङ्ख्या धेरै हो। लागुऔषधी, गरिबी, युद्धमा, बालविवाहद्वारा धेरै बालबालिकाको जीवन नाश पारिइएको छ । यी सबै समस्याको जड मानिसको हृदयमा भएको पाप हो । त्यो पापको समाधानचाहिँ येशू ख्रीष्टको क्रुस मात्रै हो।
नेपालको मण्डलीको इतिहास झण्डै ६० वर्षे छ। सतावटमा खारिएर आएको गौरवशाली इतिहास मण्डलीको छ। तर अहिले मण्डलीमा ख्रीष्टियान धर्म मान्ने मानिसहरूको सङ्ख्या बढ्दै छ। येशूसँग जम्काभेट भएर परमेश्वरसँग हिँड्ने मानिसहरूको सङ्ख्याचाहिँ घट्दै छ।
उत्पत्ति ४ः९ मा परमेश्वरले कयिनलाई एउटा प्रश्न सोध्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठाला हुँ र?” यही प्रश्न परमेश्वरले आज मण्डलीलाई सोध्दै हुनुहुन्छ, मण्डलीका छोराछोरीहरू कहाँ छन्? उनीहरू भवनभित्र त छन् होला, तर के उनीहरू जीवित परमेश्वरको शरीर, जीवित मण्डलीभित्र छन्? मण्डलीको भविष्य कता के गर्दै छ?
मण्डलीका कति सदस्यहरूले आफ्नो बच्चाको स्कुलको मासिक शुल्क एक लाखभन्दा बढी तिर्नुहुन्छ। त्यो गलत होइन । तर तपाईंका छोराछोरीलाई परमेश्वरको बारेमा सिकाउनको लागि के लगानी गर्दै हुनुहुन्छ त?
बालबालिकाहरू बिहान उठ्ने बित्तिक्कै के गर्छन्? फटाफट गृहकार्य सिध्याउने अथवा स्कुलको अभ्यास गर्ने। स्कुल जाने, फर्केर आउने एक छिन ब्रेक टाइम, त्यसपछि फेरि गृहकार्य सुरु गर्ने अनि सुत्ने, सिध्दियो । हो, उनीहरू आफ्नो पढाइको कारण संसारका उत्कृष्ट मानिसहरू बन्लान्, ठूला मानिस होलान्, पैसा कमाउलान् तर उनीहरूको जीवनमा परमेश्वरको वचनचाहिँ कहाँ छ? परमेश्वरले आज तपाईंलाई सोध्दै हुनुहुन्छ, तपाईंका छोराछोरी आत्मिक रूपमा कहाँ छन्?
हरेक हप्ता बालसंगतिका शिक्षकले पढाउनुहुन्छ अनि बालबालिकाहरूलाई गृहकार्य दिनुहुन्छ। पद कण्ठ गर्ने काम पनि दिनुहुन्छ। अनि धेरै पल्ट बच्चाहरूले शनिवारको दिन बाटोमा आउँदा त्यो पद पढ्दै आउँछन्। उनीहरूले शिक्षकको अगाडि त्यो पद एक पल्ट भन्नको निम्ति कण्ठ गर्छन्। शनिवारको बालसंगति सिध्दिएपछि त्यो पद पनि सिध्दिन्छ अर्थात् बिर्सन्छन्। के तपाईंले कहिल्यै तपाईंका छोराछोरी बालसंगतिबाट घरमा र्फकेर गएपछि आज मण्डलीमा के सिक्यौ? आज मण्डलीमा त्रि्रो बालसंगतिको शिक्षकले के सिकाउनुभयो? कुनै पद कण्ठ गर्नुपर्ने छ कि? भनेर सोध्नुहुन्छ त ?
तपाईंले कण्ठ गर्नुपर्ने पदलाई कागजमा लेखेर उनीहरू पढ्ने टेबुलमाथि राखिदिनुभयो भने दिनमा दुइ पल्ट, तीन पल्ट हप्तैभरि उनीहरूले अभ्यास गरे भने त्यो एकछिन बालसंगतिको निम्ति मात्रै होइन, उनीहरूको हृदयभित्र बस्छ।
बाइबलमा लेखिएको छ, बालकलाई ऊ हिँड्नुर्ने बाटोमा तालिम देऊ र जीवनकालभरि उसले त्यो कुरा बिर्सिंदैन। तपाईंले आफ्नो बालबालिकाको शैक्षिक भविष्यका लागि समय, पैसा लगानी गर्नुभएको छ तर परमेश्वरको वचनमा उनीहरूलाई हुर्काउनलाई अनि सानै उमेरदेखि नै उनीहरूको हृदयभित्र उनीहरूको हृदयमा परमेश्वरको वचन राख्न के गर्नुभएको छ? यदि त्यसो गर्नुभएन भने संसार र शैतान उनीहरूलाई आफ्नो चेला बनाउन एकदमै तम्तयार भएर बसेको छ।
इस्राएलको सुनौलो र गौरवशाली इतिहास छ। परमप्रभु परमेश्वर आफैंले इस्राएलीहरूलाई अगुवाइ गर्नुभयो । संसारको अरू कुनै जातिलाई परमप्रभुले राति आगोको खाँबो र दिउँसो बादलको खाँबो भएर अगुवाइ गर्नुभएन । व्यवस्था ३४ अध्यायमा लेखिएको छ, मोशाजस्तो अगुवा संसारमा अहिले कोही पनि छैन, जोसँग परमेश्वर आमनेसामने भएर कुरा गर्नुभयो, त्यस्तो व्यक्तिले अगुवाइ गरेर ल्याएको जाति। त्यति मात्रै होइन, परमेश्वरका ठूला-ठूला आर्श्चर्यकर्महरू उनीहरूले मिश्र छोड्नुभन्दा अगाडि नै देखेका थिए । त्यस्तो जातिमा के भयो?
जब यहोशूले बाह्र कुललाई जितेको भूभाग भागबण्डा गरे, प्रतिज्ञाको मुलुकमा बसाए, त्यसपछि यहोशू बिते। यहोशू बितेपछि के भयो भनेर न्यायकर्ता २ः८-१० मा हामीले हेर्न सक्छौं । “नूनका छोरा यहोशू, परमप्रभुका दास, एक सय दश वर्षो उमेरमा मरे … त्यस जम्मै पुस्ताका सबै जना आफ्ना पितापर्ुखाहरूसँग मिले । पछि एउटा अर्काे पुस्ता आयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो न त उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दथ्यो।”
यहोशू यस संसारबाट बिदा भएपछि इस्राएलमा एउटा नयाँ पुस्ता आयो । गौरवशाली इतिहास भएको जाति, परमेश्वरले छान्नुभएको जाति, तर जब यहोशू यस संसारबाट बिदा भए, त्यसपछि के आयो ?एउटा पुस्ता इस्राएलमा खडा भयो, जसले परमप्रभुलाई चिन्दैनथ्यो र उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथ्यो । इस्राएली त हो, यहूदी नै हो, परमेश्वरले चुन्नुभएको जातिभित्रकै मानिस हो तर परमप्रभुलाई पनि चिनेको थिएन, उहाँले के गर्नुहुन्छ भनेर थाहा पनि थिएन ।
नेपालको मण्डलीको गौरवशाली इतिहास छ । सतावट, दुःख अनि त्यो आगोबाट खारिएर आएको मण्डली हो, नेपालको मण्डली । तर अब यसपछि के? अबको दश वर्षछि के? अबको बीस वर्षछि के ? हाम्रा छोराछोरीहरू, बालसंगतिका भाइबहिनीहरू अब बिस्तारै युवा हुन्छन् । उनीहरूले परिवार सुरु गर्छन् । नयाँ परिवार सुरु हुन्छ, नयाँ शाखा मण्डलीहरू बढ्छन् । अब यसपछि के ? उनीहरूलाई ख्रीष्टियान धर्म मान्ने व्यक्ति कि साँच्चै परमेश्वरसँग हिँड्ने व्यक्तिहरूको रूपमा मण्डलीले र परिवारले तयार पार्दैछौं – हामीले जसरी प्रभुलाई विश्वास गर्‍यौं, के हामीले आफ्नो गवाही आफ्ना छोराछोरीलाई दिएका छौं ?
हामी त परमेश्वरसँग हिँड्ने जातिहरू हौं । हामीले परमेश्वरलाई व्यक्तिगत रूपमा मेरो मुक्तिदाता भनेर चिनेका छौं । उहाँलाई मैले चिनेको छु, उहाँको अनुग्रह मलाई थाहा छ । उहाँले पाप क्षमा दिने कुरा मलाई थाहा छ । उहाँको प्रेम मैले अनुभव गरेको छु । के हामीले आफ्ना छोराछोरीहरूलाई त्यही कुरा सिकाइरहेका छौं ?
हामीले विचार गर्र्छौं, हाम्रा छोराछोरीहरूलाई मैले बालसंगति पठाइदिएको छु, बालसंगतिका शिक्षकहरूले पढाउँछन्, भइ त गो नि, पुगी गो नि । अहिलेको युगमा त्यो लगानीले पुग्दैन किनभने हाम्रा छोराछोरीहरू लडाइँमा छन् । हाम्रा छोराछोरीको चारैतिर संसारले, शैतानले, दुष्टले मोर्चाबन्दी गरेको छ । हाम्रा छोराछोरीलाई कसरी नाश पारौं भनेर शैतानले विभिन्न योजना, युग सुहाउँदो रणनीतिहरू ल्याएको छ ।
तपाईंका बालबालिकालाई परमेश्वरबिना अरू शिक्षाले मात्रै पेल्नुभयो भने उनीहरू बाठा होलान्, धेरै कमाउलान्, प्रसिद्ध होलान्, ठूलो मानिस बन्लान्, सबैको जयजयकार पाउलान् । तर जब तपाईं एक दिन येशूको अघि खडा हुनुहुनेछ, त्यो बेलामा येशूले तपार्इंलाई सोध्नुहुन्छ, तेरा छोराछोरी कहाँ छन् ? तैंले के गरिस् ? तैंले आफ्नो छोराछोरीलाई परमेश्वरको वचन सिकाइस् कि सिकाइनस् ? मकहाँ ल्याइस् कि ल्याइनस् ? उनीहरूले मलाई चिने कि चिनेनन्?
अहिले परमेश्वरले धाँदोमा उभिने व्यक्ति खोज्दै हुनुहुन्छ। मण्डलीमा हाम्रा बालबालिकाहरूको पक्षमा परमेश्वरसँग अन्तरबिन्ती गर्ने र हाम्रा बालबालिकाहरूलाई परमेश्वरको वचन सिकाउने, उहाँकहाँ ल्याउने व्यक्ति परमेश्वरले खोज्दै हुनुहुन्छ।
गलातीको मण्डलीको निम्ति पावलको के चाहना रहेछ भनेर यसरी लेखिएको छ, “मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु” (गलाती ४ः१९) । प्रसवपीडा भनेको बच्चा जन्माउँदा एउटी आमालाई हुने असह्य पीडा हो। तिमीहरूको जीवनमा ख्रीष्टको पूर्णता, ख्रीष्टको महिमा पूरा नभएसम्म अझ भनौं तिमीहरू ख्रीष्टको ज्ञानमा पूर्णता नभएसम्म, तिमीहरूले ख्रीष्टलाई पक्का गरी नचिनुञ्जेल मलाई त्यस्तै पीडा भएको छ, म कसरी तिमीहरूलाई ख्रीष्टको नजिकै लैजान सकूँ भनेर पावलले भन्दैछन्। आज मण्डलीले, हामी बुबाआमाले आफ्ना छोराछोरीको निम्ति यही प्रार्थना गर्नुपर्ने हो। कसरी हुन सक्छ, मेरो छोराछोरीमा ख्रीष्टको स्वरूप आओस्,कसरी हुन्छ, मेरो छोराछोरी परमेश्वरलाई चिन्ने र उहाँको वचनमा जिउने छोराछोरी बन्न सकून् ।
“मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ ?” (३ यूहन्ना ४) । सायद हामीलाई योभन्दा ठूलो कुरा सुन्ने रहर लाग्दैन होला । येशू बाटो, सत्य र जीवन हुनुहुन्छ । मेरा छोराछोरीले उहाँको अनुसरण गर्छन् भनेर अरू मानिसबाट सुन्न पाउनुभन्दा ठूलो आनन्द हाम्रो लागि के हुन सक्छ र ?
पैसा लगानी गरेर, मेहेनेत गरेर, प्रार्थना गरेर, सिकाएर, कसरी हुन्छ, मण्डलीमा ख्रीष्ट बनिनुभएको होस् भनेर पावलले प्रयास गरेका थिए । हाम्रो मण्डली, समाज, समुदायको भविष्य हाम्रा बालबालिकाहरू हुन् । तिनीहरूमा ख्रीष्टको जीवन पूर्णताले बनिनको लागि प्रार्थना गर्ने, उनीहरूलाई सिकाउने, उनीहरूलाई बाटो देखाउने कामचाहिँ सम्पूर्ण मण्डलीको हो । हामीले परमेश्वरको बारेमा अनुभव गरेका, सिकेका ती विरासत आगामी पुस्तालाई हस्तान्तरण नगर्ने हो भने हामीले हाम्रा पुस्तालाई परमेश्वरको ज्ञानबाट वञ्चित गरिरहेका हुनेछौं ।
(नेइम, सूचनापत्र, फेब्रुअरी, २०१७ मा प्रकाशित)

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In