मंगलवार, अगस्ट २३, भदौ ७
‘सबै मानिसको भलाइ गर्दैजाऔँ ।’ —गलाती ६:१०
कसैले तपाईंलाई चोट पुर्याउँदा, तपाईंसँग तीन वटा विकल्प हुन्छन्ः
१) उनीहरूलाई चोट पुर्याउनु;
२) उनीहरूबाट टाढा रहनुु,
३) उनीहरूको लागि प्रार्थना गरिदिनु र उनीहरूलाई आशिष दिने उपाय खोज्नु (हेर्नुहोस् मत्ती ५:४४–४५) ।
पावल भन्छन्, ‘मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔँ। विशेष् गरी तिनीहरूको जो हाम्रो विश्वासका परिवारका हुन्।’ अरू मानिसहरूले हामीलाई कसरी व्यवहार गर्छन् भन्ने कुरामा हामी यति धेरै अल्झिएका हुन्छौ, कि हामीले उनीहरूलाई कसरी व्यवहार गर्छौं भन्ने कुरालाई हामी वास्तै गर्दैनौं। विशेष गरी विगतमा कसैसँग हाम्रो अनुभव पीडादायी रहेको छ भने, मानिसहरूले हामीबाट फाइदा उठाउँछन् कि भनी हामी डराउँछौं।
डर त्रासले हामीलाई उनीहरूका प्रत्येक बोली र कर्मका बारेमा अति बढी नै सम्वेदनशील बनाउने मात्र होइन कि, हामीले उनीहरूका नियतलाई गलत रूपमा समेत् व्याख्या गर्न सक्छौँ अनि उनीहरूलाई नकारात्मक रूपमा हेर्न पुग्छौं। निशङ्कोच, अरूले तपाईंलाई खराब व्यवहार गर्लान् भनी फिक्री नगर्नु कठिन छ, यदि उनीहरूले पहिलेदेखि नै यस्तो खराब व्यवहार गरेको इतिहास छ भने । यसैकारण त सधैँभरि यसकै बारेमा नसोच्नु त्यति धेरै महत्वपूर्ण छ (हेर्नुहोस् फिलिप्पी ३:१३ र यशैया ४३:१८)।
के यसको अर्थ तपाईंलाई जसरी व्यवहार गरे, त्यसको लागि त्यो व्यक्तिले लेखा दिनु पर्दैन ? होइन । बाइबलले बताउँछ, ‘हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौँ । यसकारण हामी एउटाले अर्कोलाई न्याय नगरौं। (रोमी १४:१२–१३) । यस्तो परिस्थितिलाई परमेश्वरको हातमा सुम्पनुहोस्, र यसलाई फिर्ता लिन इन्कार गर्नुहोस् । त्यसपछि, ‘मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔँ ।’
अर्को शब्दमा, तपाईं कसरी सहयोगी बन्न सक्नुहुन्छ भन्ने बारेमा विचार गर्नुहोस् । त्यसो गर्नुभयो भने, तपाईंसँग व्यक्तिगत गुनासोका लागि कुनै समय नै हुनेछैन । साथै, यसले परमेश्वरलाई उनीहरूमा अनि तपाईंमा काम गर्न अवसर दिन्छ ।
आत्मिक भोजनः २ इतिहास २२–२४, मर्कूस ८:१४–२६, भजन ११९:१२९–१३६, हितोपदेश २२:८–१०
Discussion about this post