शुक्रवार, मे २७, जेठ १४
‘हामी आफैँले कहिल्यै यस पर्खालको पुनर्निर्माण गर्न सक्नेछैनौँ ।’ —नहेम्याह ४:१०
कुन कुराले निराशा ल्याउँछ ? (३)
असफलता । हामी निराश हुने तेस्रो कारण इस्राएलीहरूको गुनासोले प्रष्ट्याउँछः ‘हामी आफैँले कहिल्यै यस पर्खालको पुनर्निर्माण गर्न सक्नेछैनौँ ।’ तिनीहरूले भनेको कुराको मुख्य आशय यही थियो, ‘हामी धेरै थाकिसक्यौँ । यो काम गर्ने कोसिस गर्नु मूर्खता हो । हामी यो काम छोडदिन्छौँ ।’ योजना गरिएझैँ छिटो काम पूरा गर्न नसक्दा तिनीहरूको आत्मविश्वास कमजोर भयो । तिनीहरू व्याकुल र निराश भए । अब प्रश्न यो छः आफ्नो जीवनमा तपाईंले असफलतासँग कसरी व्यवहार गर्नुहुन्छ ? के तपाईं हार मानेर बस्नुहुन्छ र आत्म–दयामा हराउनुहुन्छ ? के तपाईं यसो भन्नुहुन्छ, ‘बिचरो म ! म यो काम पूरा गर्न सक्दिनँ’ ? के तपाईंमा ‘यो असम्भव छ ? यो काम गर्न सकिँदैन । यो काम गर्ने कोसिस गर्नु नै मेरो मूर्खता थियो’ भन्दै गुनासो गर्न लाग्नुहुन्छ ? के तपाईं अरू मानिसहरूलाई यसरी दोष लगाउनुहुन्छः ‘सबैले मलाई धोका दिए । तिनीहरूले यो काममा आफ्नो जिम्मेवारी पूरा गरेनन्’ ? सफल र असफल मानिसहरू बिचको भिन्नता के हो भने सफल मानिसहरूले असफलतालाई क्षणिक बाधाको रूपमा मात्रै हेर्छन् । तिनीहरूले त्योभन्दा परसम्म हेर्न सिकेका हुन्छन् भने असफल मानिसहरूले चाहिँ असफलतालाई दीर्घकालीन् कुराको रूपमा हेर्छन् । प्रत्येक पटक लड्दा विजयी मानिस ‘फेरि उठ्छ’ (हितोपदेश २४:१६) । एउटा पुरानो भनाइ छ, ‘खोला र चट्टानको संघर्षमा सधैँ खोलाले जित्छ— शक्तिद्वारा होइन तर लागिपरिरहेर ।’ विश्वासयोग्यता सबैभन्दा कठिन भएको समयमा नै यो सबैभन्दा धेरै आवश्यक हुन्छ । लेखक जोन म्यासनले टिप्पणी गरेका छन्, ‘सफलताको रहस्य सानो कुराबाट सुरु गर्नु हो— अनि लागिपरिरहनु हो !’ यसकारण तपाईं निराश हुनुभएको समयमा धर्मशास्त्रको यस प्रतिज्ञामा खडा हुनुहोस्ः ‘त्यसकारण आफ्नो यो भरोसा नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ । परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरू स्थिर रहनु आवश्यक छ’ (हिब्रू १०:३५–३६) । साहसी र स्थिर बन्नुहोस्, अनि तपाईंले सफलता पाउनुहुनेछ ।
अत्मिक भोजनः ४–६, मत्ती १३: ३६–४६, भजन १०८, हितोपदेश १३: २४–२५
Discussion about this post