• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नैतिकताः राजनीतिमा हाम्रो खास अभिष्ट

by NC Reporter
March 22, 2016
in Articles, Socio-political
B. P. Khanal
B. P. Khanal

नैतिकता के हो? हामीले आफू अनुकुल नैतिकताको व्याख्या गर्न सिकिसकेका छौं। हाम्रो परिवारमा स्वीकृत सँस्कार, हाम्रा अविभावक, नातेदार, दौतरी, सहपाठी, सहकर्मी हुँदै जति बाहिरी संसारसित हाम्रो सम्पर्क जोडिइँदै र घनिष्ट बन्दै आयो, त्यही अनुसार हामीले आफ्नो ‘नैतिकता’ निर्माण गर्दै र त्यहीबमोजिम अभ्यास गर्दै आयौं। हामीले सानो छँदादेखि अहिलेसम्म जेजति भोग्दै र सिक्दै आयौं, तिनै हाम्रो नैतिकताका स्रोत हुन्। हामी तिनै भोगाइ र सिकाइका आधारमा आफ्नो नैतिकता बनाउँछौं, जसले हाम्रो चरित्र, हाम्रो व्यवहार र व्यक्तित्व निर्माण गर्ने प्रशस्त आधार जुटाउँछ। हामीले आत्मसात् गरेको नैतिकताबाटै हाम्रो पहिचान पनि स्थापित हुन्छ। त्यसकारण हामीमा जस्तो नैतिकता स्वीकृत भएको छ, त्यसले नै हाम्रो जीवनको मूल्यमान्यता तोक्छ, दर्शन पहिल्याउँछ र त्यहीअनुसारको परिणामतिर हामीलाई डोर्‍याउँछ।

नैतिकता मानिसले स्वीकार गरेको “अनुशासन” हो, जसद्वारा ऊ हरेक विचार, बोली र काममा निरन्तर निर्देशित भैरहन्छ। त्यहीअनुसार मानिसले अघिबाटै के सोच्ने, बोल्ने वा गर्ने अथवा के नसोच्ने, नबोल्ने वा नगर्ने भन्ने निश्चित सीमा आफूमाथि निर्धारण गरेको हुन्छ। नैतिकताले मानिसको जीवनमा मूल्यमान्यता निर्धारण गर्ने हुनाले उसले त्यहीअनुसार आफ्नो अनुशासन पहिल्याउँछ। अनुशासन सामुहिक जीवनमा बाँच्दा अरूलाई नबिझाउने गरी दिइएका नियमहरू पालन गर्दै जिउने सिद्धान्त हो भने नितान्त व्यक्तिगत जीवनमा अलौकिक शक्ति (परमेश्वर)को अधीनमा आफूलाई समर्पण गरेर जिउने प्रतिबद्धता हो। त्यसकारण मानिसको जीवनमा नैतिकताका दुईओटा प्रत्यक्ष क्षेत्रहरू छन्, पहिलो व्यक्तिगत र अर्को सामाजिक। तथापि नैतिकता व्यक्तिको निजी इज्जत, इमान वा अरूसित बाँड्न नमिल्ने धन हो।

मानिस सामाजिक वा सार्वजनिक जीवनमा त्यही समाजले तोकिदिएका नियम पालना गर्न जति गम्भीर र प्रतिबद्ध हुन्छ, त्यति नै उसको नैतिकता उच्च हुन्छ। तोकिइएका सबै नियम, शैली र सिद्धान्तहरू पालन गर्नमा रमाउने मानिस अनुशासित मानिस हो। यसरी अनुशासन र नैतिकता अभिन्न मित्रहरू हुन्। तर नितान्त व्यक्तिगत जीवनमा बलियो नैतिकता नभएको मानिस बाहिर सार्वजनिक जीवनका चालचलन, नियम र सिद्धान्तहरू राजीखुशीसाथ मानिलिन झट्ट अघिसर्दैन। ऊ अनुशासनलाई घृणा गर्ने, बेइमान र नक्कली बन्छ। किनभने निजी जीवनमा बलियो नैतिकता नभएको मानिस सार्वजनिक जिम्मेवारीमा पुग्यो भने ऊ नैतिकतालाई ‘देखावटी’ बनाउने कसरतमा लागिरहन्छ। त्यस्तो मानिस चाहे समाजको जुनसुकै जिम्मेवारीमा होस् वा व्यपार–व्यवसायमा, ऊ खासमा अनैतिक उपायद्वारा आफूलाई नैतिक साबित गर्नमै व्यस्त भैरहन्छ र परिणाममा समाजमा जालसाझी, झूट, बेइमानी, अन्याय र शोषण फैलिन्छ। सार्वजनिक जीवन तथा जिम्मेवारीमा भ्रष्टाचार मौलाउनुको खास कारण पनि त्यही हो।

नैतिकता भन्नासाथ हाम्रो बुझाइको पाटो आध्यात्मवादतिर झुक्दछ, किनभने नैतिकताको उद्गमविन्दु “परमेश्वर” हो। सत्य यही हो, परमेश्वर, धर्मदर्शन तथा पवित्रशास्त्रहरू नै  मानवीय नैतिकताका स्रोत हुन्। मानवीय नैतिकता सोझै परमेश्वरसित जोडिएको हुन्छ। त्यसकारण आध्यात्मवाद मानवीय नैतिकताका लागि निकै कसिलो बन्धन हो, जहाँ अलौकिक शक्तिसितको सुसुप्त सम्बन्धमा आफू बाँधिएको गतिलो अनुभूति निरन्तर भैरहन्छ। हामीले स्वीकार गरेको र जीवनको अभ्यासमा अनुशरण गर्दै आएको नैतिकता कति बलियो कि फितलो छ भन्ने कुरा हामीले यसको स्रोतलाई कति धेरै बुझेका वा स्वीकार गरेका छौं भन्ने कुराले निर्धारण गर्छ। अर्थात् परमेश्वरलाई चिन्ने मानिसले स्वतः आफ्नो जीवनमा, अर्थात् आफ्नो विचार, वचन र कर्ममा उहाँको भय मान्नुपर्ने कुरालाई प्राथमिक बनाउँछ। परमेश्वरको भय मान्ने मानिस नै निजी जीवनमा अनुशासित मानिस हो र सार्वजनिक जीवनमा इमान्दार सेवक पनि।

तर आफूलाई उत्तरआधुनिक, नास्तिक वा द्वन्दात्मक भौतिकवादी भनेर चिनाउने मानिसहरूको नैतिकताको स्तर के नि त? मलाई साँचो लाग्ने एउटा भनाइ छ, नास्तिकवाद आफैमा एक किसिमको छुट्टै धर्म हो। तथापि यो परमेश्वरको अस्तित्व छैन भन्ने विचारबाट प्रेरित छ र यसो भन्दैगदा नै यसले बारम्बार परमेश्वरको अस्तित्व स्वीकार गरिरहेको हुन्छ। उत्तरआधुनिक भौतिकवाद तथा नास्तिकवादले पनि जीवनको अलग्गै मार्गदर्शन पहिल्याउँछ र त्यसैलाई नैतिकताको रूपमा दाबी गर्दछ। तर त्यो नैतिकता सास्वत सत्य धरातलबाट चुकेको, परमेश्वरको भय मान्ने गम्भीरताबाट परसेको र अरूका अगाडि आफूलाई ‘ठीक’ देखाउने किसिमको नक्कली नैतिकता हो। सांसारिक भौतिकवाद तथा निरपेक्ष मानवतावादमा आधारित नैतिक शिक्षा खासमा “मृत्युको दर्शनशास्त्र” हो, जसले जीवनको होइन बरू मृत्युको वकालत गर्नमा समय खर्च गर्छ। अहिले हामीले प्रत्यक्ष देखेभोगेका प्रचलनहरूलाई हेरौं, गर्भपतन, भ्रुणहत्या र स्वेच्छिक मृत्यु (युथेनेसिया) समेतको पक्षमा बनेका कानुन र सोअनुसारका सामाजिक अभ्यासहरूलाई “ठीक” मान्ने नैतिकता कस्तो नैतिकता हो? त्यस्तो अभ्यासलाई वैधानिकता दिने विचार कहाँबाट आयो?

अहिले नेपालमा खूबै प्रचलनमा ल्याइएको कथित् “मानवतावादी” नैतिकताले मानिसको जिउने अधिकारमाथि प्रतिबन्ध लगाउँदै मर्ने वा मार्न पाउने अधिकार फैलाउने काम गरिरहेको छ। त्यसले जीवन होइन, मृत्युलाई अँगालेको छ। त्यसले भ्रुणहत्या तथा गर्भपतनलाई जायज मानेको छ। त्यसले जन्मै परनिर्भर भएर बाँच्नुपर्ने शारीरिक–मानसिक अस्वस्थता, बिकला·, अपा· वा दीर्घरोगी अवस्थामा रहेका मानिसहरूलाई अनावश्यक बोझ ठान्ने र त्यस्तो अवस्थाका मानिसहरूलाई स्वेच्छिक मृत्युवरण गर्न (युथेनेसिया) का लागि उक्साउने काम गरिरहेको छ। त्यस्तो नैतिकताले “जीवन”को पक्षमा बोल्ने हिम्मतै गर्दैन, किनभने त्यसले जीवनको अर्थै बुझ्दैन। त्यसले जीवनलाई आदर गर्न जान्दैन र जीवनको सबैभन्दा ठूलो शत्रु मानिएको मृत्युलाई नजिकको मित्रलाईझैं गरी खुल्लमखुल्ला प्रेम गर्छ। किनभने त्यस किसिमको नैतिकताले स्वीकार गरेको स्रोत नै परमेश्वर तथा धार्मिक शिक्षारहित वैचारिक मान्यता हो।

माथिका अनुच्छेदहरू पढ्दैगर्दा तपाईंले जवाफ पाउनुभयो कि भन्ठान्छु म। हामीले अहिले किन राजनीतिक क्षेत्रलाई हाम्रो मिसन तथा सेवाको क्षेत्र बनाउने अठोट गर्‍यौं भन्ने आग्रह माथि चर्चा गरिएका कुराहरू नै हुन्। अर्थात् हामीले राजनीतिमा स्थापित गर्न खोजेको खास कुरो नैतिकता हो। किनभने जब मानिसमा निहित नैतिकता जति बलियो गरी परमेश्वरको सर्वव्यापी उपस्थितिसामु र आफू वरपरका सबै मानिसहरूका अगाडि निसड्ढोच खडा हुन तयार देखिन्छ, त्यति नै उसले बहन गरेको सार्वजनिक जिम्मेवारीले मानवीय सेवा, लोककल्याण तथा भौतिक विकासमा पारदर्शिता एवं सच्चरित्रता प्रदर्शन हुनसक्छ। अनि यी सबैमा राजनीतिक सेवाको क्षेत्र बढी जिम्मेवार र प्रभावशाली क्षेत्र हो। अर्को कुरा, मानव समाजमा आर्थिक र राजनीतिक विषय आत्मिक विषयसँग अबिच्छिन्न जोडिएको हुन्छ। मानिसको अन्तस्करणबाट प्रस्फूटन हुने उदारताले उसलाई कमजोरहरूको सेवा गर्न उभ्याउँछ। छिमेकीहरूप्रति उदारता देखाउने शक्ति मानिसमा निहित आत्मिक विषय नै हो, जसले सुधार, प्रगति र भौतिक विकासको विषयलाई ‘सामुहिक’ रूपमा बुझ्ने आधार दिन्छ। सामुहिक भावनामा आधारित सृजनशीलताले सेवाको निम्ति जा“गर र सीपसहितको श्रमशीलता बढाउँछ। त्यसकारण, सामाजिक–आर्थिक विकासका लागि आत्मिक मानिसहरूको राजनीतिक सहभागिता जरूरी हुन्छ। हो, यही तथ्यलाई हामीमा स्थापित नैतिकताले मूर्तरूप दिन सक्छ। त्यसकारण, हामीले राजनीतिमा स्थापित गर्न खोजेको खास कुरो नैतिकता नै हो।

— बि.पी. खनाल

महासचिव, जनजागरण पार्टी नेपाल

प्रतिक्रियाका लागिः [email protected]

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In