९ भदौमा झापाका चारवटा चर्चमा बम पडकाउने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा झापा विर्तामोड– ७ का कृष्ण चुडाल (५६), विर्तामोड– ८ का रामचन्द्र बानियाँ (४५) र बेलबारी–३ मोरङका राम भण्डारी (५१) छन् । उनीहरुले दमक– ११ को ज्योती चर्च, खजुरगाछीको इमानुयल चर्च, सुरुंगा र गौरादहको बरेलहेरोही चर्चमा बम राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ती ठाँउमा बमका साथ हिन्दु मोर्चा नेपालको पर्चा समेत भेटिएको थियो । घटनाका अन्य चार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Source www.himalkhabar.com
Discussion about this post