• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अन्त्यको दिनमा जीवित

by NC Reporter
June 11, 2015
in Articles
Aadan Pradaan
Aadan Pradaan
आदान प्रदान

किन लेख्दैछु ? किन भन्दैछु ? कुन त्यस्तो टिचर हुँ ? यो क्षेत्रमा मेरो वरदानै छ, छैन ? तर बाइबलका पदहरू देख्छु । पदहरूले बोलेको, झकझकाएको, कराएको जस्तो लाग्छ । तर्सिन्छु अनि चर्चडटकममा केही कोरेर पठाउँछु । म आफै लुगलुग काँप्नु पर्ने हो जस्तो लाग्छ । तर कस्तो मान्छे म ? यतिका भयानक चिन्हहरूको अघि लाचार, यथावत, यथास्थिति, निर्लज्ज, निष्प्राण, निद्रामा, सायद घोर निद्रामा आफैलाई पाउँछु कतिपल्ट । बाइबलका पुरानै पदहरूलाई सरसरी हेरौं । यहाँ केही पायौं, देख्यौं भने सचेत बनौं । जागौ । हामी सबै जाग्नैपर्छ । एकअर्कालाई सिकाऔं । चनाखा बनौं । पवित्र आत्माले सत्यतातिर डो¥याउनुहुन्छ, अर्थ खोलिदिनुहुन्छ ।

मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरू शास्ति भोगे । अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नु प¥यो । (हिब्रू ११ः३५,३६)

ख्रीष्टविश्वासीहरूको खेदो हुनु नौलो कुरो होइन । भारतका चर्चमाथि अमानवीय, असभ्य आक्रमण भइरहेका छन् अनि यो देशमा पनि चर्चसँग आतंकित बनेर आक्रमणको तयारी भइरहेको । विचारको आक्रमण मात्र होइन, भौतिक । चर्चका सत्रुहरू समय कुरेर बसिरहेका छन् ।

हाम्रो विवरण, चित्र र पहिचान नयाँ करारका पानाहरूबाट चकिलो गरी आउनुपर्छ । पहिलो कुरो त्यो हो । मान्छेले फाल्ने र लेख्ने, सुधार्ने, उधार्ने, टेर्ने, नटेर्ने कानुन र संविधानप्रति भन्दा पनि नयाँ करारप्रति हामी बढी आकर्षित बन्नुपर्छ । र आबद्ध । त्यहाँ “अझ उत्तम जीवन” भनिएको छ । त्यहाँ “अनन्त जीवन”भनेको छ । संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो । तर तिमीहरू यस संसारका होइनौ । संसारबाट तिमीहरूलाई मैले चुनें (यूहन्ना १५ः१९) ।)

मसिहा येशूले चुन्नुभएको मान्छेले उहाँलाई चिन्नैपर्छ । देशका नेताहरूको मनमा क्रिस्चियनप्रति चिसो पसिसकेको छ । मनमनै दारा किट्दै छन् । पोलिटिकल स्वार्थमा उनीहरू हामीसँग कतिपल्ट नजिक पनि आउँछन् । यी इसाईहरू यसरी नबढ्नु नि, न फैलिनु नि भनेर उनीहरू पिरोलिएका छन् । चर्च अगुवाहरूले बाइबल अध्ययनलाई नयाँ उचाइमा पुराउने तम्तयार गर्नुपर्छ । नत्र हमला भएको दिन बगालहरू तितर वितर हुनेछन् । पर्खिबसेका ब्वाँसाहरूलाई असहाय विश्वासीमाथि झम्टनु त्यो दिन सजिलो हुन्छ ।

उत्तम, – कता हो कता उत्तम जीवन दिन राजा येशूले हामीलाई चुन्नुभयो, बोलाउनु भयो र भन्नुभयो, सानो बगाल, नडराओ तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ (लूका १२ः३३) ।) अस्ति भरखर अप्रिल २५ अनि मई १२ मा दुई भुकम्प आए । त्यो हाम्रो जीवनकै हेडलाइन बन्यो । भवनहरू पल्टिए, भवनमालिकहरू बेघर भए । तर एकराश इटा, ढुङ्गा, बालुवाभित्रको साँचो रहस्य खनेर निकाल्नुपर्छ । प्रभु येशू फर्कि आउन तयार हुनुहुन्छ । हामी उहाँसँग जान तयार बन्नुपर्छ । यो कुनै आदर्शवादी, उच्च कल्पना, भावना, भक्ति, उक्ति, उपासनाहरूले भरेको कुरो होइन । येशू राजाले भन्नुभो, मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन् । गएर तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई मकहाँ लैजानेछु, जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ । (यूहन्ना १४ः२,३ ।)

प्यारो मित्र, अब बाइबलले भनेको, बताएको समय नजीक आइसकेको छ । समय र सोचहरूमा ठूला परिवर्तन आइसके । काठमाडौ खाल्डोको सन्दौर्य र आकर्षण लगभग खत्तम भयो । यसको तुजुक जमिनमा ढल्यो । भत्केका भवनहरू हाम्रा आँखाअघि वर्षौ रोइरहेको दृश्य अब हामी देख्नेछौं । बाहिर जिल्लामा कतै अर्को एयरपोर्ट बनेको भालिपल्टदेखि यसका तारे होटलहरू सुक्नेछन् । अर्को अन्तराष्ट्रिय एयरपोर्ट नभएर मात्र बाँचेको सहरको सौन्दर्य कस्तो होला ? टुरिस्टहरू यहाँ आउन चाहन्नन् । एयरपोर्टको बाध्यताले यताबाट आएका हुन् । होटल मालिकहरूले अर्कै विकास क्षेत्रको अर्कै जिल्लामा अर्को ठूलो अन्तर्राष्ट्रिय एयरपोर्टको फाइल आलटाल गरिदिन चलखेल सुरु गरिसके । जब्बरजस्ती आफैलाई ठूलो महाराजा बनाउन सुर कसेको खोक्रो काठामाडौको दिन गन्ती भइसकेको छ । अर्को विमानस्थल बनेपछि ठमेलमा हामी सस्तो कोठाहरू पाउनेछौं । नक्कली सिँगारमा लपेटिएको थोक, वस्तु, मान्छे, व्यवहार र स्वाँग, सहर हामीले खुट्याउनुपर्छ । बाइबल वचन स्थिर छ । युगौंदेखि पक्का छ ।

वरिपरि हेरौं र येशूको आवाज फेरि सुनौं, तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग विलास, मतवालीपन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैं आइपर्ला । मसिहा हामीलाई अन्तिम दिनको भयानक, डरलाग्दो दुर्घटनादेखि बचाउन चाहनुहुन्छ । आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो (लूका २१:३४,३६ ।) राजा मसिहा परमप्रभु हामीलाई उपाय खुलाउनुहुन्छ, भुकम्पहरू, बाढीहरू, आतंकहरूका अनुभव र परिदृश्य प्रयोग गरी हाम्रो नजीक आउनुभई पवित्र आत्मा भन्नुहुन्छ, प्रार्थना गर्दै जागा रहो ।

नेपालमा अनि पृथ्वीभरिका ख्रीष्टविश्वासीलाई सम्झेर उहाँले आफ्नो रहर यसरी प्रकट गर्नुभयो । “पिताले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।”(यूहन्ना ६:३९ ।)

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In