• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 30, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मण्डली किन बोल्दैन ?

by Bhuvan Devkota
March 24, 2015
in Articles
Bhuvan Devkota
Bhuvan Devkota

भुवन देवकोटा, वर्तमान नेपाली समाज बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, थुप्रै पाशविक कुराहरूको कारणले आक्रान्त छ। समाजका अवहेवहरू दिनानुदिन भत्किँदै छन्। समाजमा कमजोरहरू आजभन्दा भोलि झन असुरक्षित देखिँदैछन्। उनीहरूको पक्षमा, उनीहरूको सुरक्षामा कोही छैनजस्तो देखिंदैछ। कसले उनीहरूलाई माया गर्ने भन्ने सन्त्रास चारैतिर फैलिएको छ। कसैले सानी छ वर्षी नानीलाई बलात्कार गरेर मारिदिन्छ। कसैले बुढी हजुरआमाको शरीर लुछेर आफ्नो वासना पूरा गर्ने कोसिस गर्दछ तर कोही पनि बोल्दैन।

समाज अन्धो छ। समाजको आँखामा पट्टी बाँ“धिएको छ। उनीहरूको लागि त्यो कुरा ठूलो भएन भने हामीले त्यसलाई केही गर्न सक्दैनौं। तर परमेश्वरको प्रतिनिधि मण्डलीलाई परमेश्वरले आँखा खोलिदिनुभएको छ, जसमाथि परमेश्वरले अनुग्रह गर्नुभएको छ, जसमाथि परमेश्वरले निगाहा गर्नुभएको छ, जसमाथि परमेश्वरले आफ्नो आत्माद्वारा आफ्नो प्रेम खन्याउनुभएको छ। अचम्म लाग्छ, परमेश्वर पवित्र आत्माद्वारा खन्याइएको त्यो प्रेम कहाँ छ ? मण्डली किन चुपचाप छ ? सायद मण्डलीलाई लागेको होला, पर्खालभित्र आफ्ना सदस्यहरू सुरक्षित छन्। आफ्ना छोरीचेली सुरक्षित छन्। कसैले केही पनि गर्न सक्दैन। त्यसकारण बाहिर जेसुकै होस्, त्यसको कुनै पनि परवाह छैन। सानी छोरी बलात्कार हुँदा मण्डली नबोल्नु भनेको निर्दोष, कमजोर, बोल्न नसक्ने र दीनहरूको पक्षमा आवाज नउठाउनु हो। अनि परमेश्वरलाई यो सबै कुरा सुन्दा खुसी लाग्दैन। मण्डलीलाई परमेश्वरले कमजोरको रक्षार्थ पनि यस पृथ्वीमा राख्नुभएको हो।

आज परमेश्वरको मन रोएको छ। परमेश्वरको हृदयको ढुकढुकीको कुरा मण्डलीले बुझ्नुपर्ने, थाहा पाउनुपर्ने कुरा हो। आज मण्डली त्यसमा चुकेको आभाष हुँदैछ। आज समय मण्डली बोल्ने समय आएको छ। प्रभुमा निर्दोष छोरीहरूको पक्षमा उजूर गर्ने समय आएको छ। नत्रता समाज अपराधीहरूको किल्ला बन्दैछ, दुष्टहरूको गढ बन्दैछ।

मण्डलीलाई थाहा छ, यी सबै दुष्ट कर्महरू, यी सबै पाप कर्महरूको समाधान ख्रीष्ट येशूमा छ। येशू ख्रीष्टको सुसमाचारमा छ। अनि परमेश्वरले मण्डलीलाई त्यो अधिकार पनि दिनुभएको छ। यस्ता अन्धकारका कार्यहरू येशूको रगतको क्षमादानले मात्रै मेटिन सम्भव छ। आज मण्डली अन्धकारमा चम्कनुपरेको छ। अनि चम्किने र ख्रीष्ट येशूको ज्योति ल्याउने कामचाहिँ आज मण्डली त्यो ठाउँमा पुगेर, त्यहाँ गएर, येशूको सन्देश लगेर येशूको बारेमा मानिसहरूलाई बताएर हो। अनि निरास मानिसहरूलाई आशा छ भन्ने कुरा देखाइदिएर हो। अनि आज मण्डलीले त्यो गर्नुपरेको छ। मण्डली जाग्नुपरेको छ। समय आइपुगेको छ।

समाजका यस्ता अपराध कार्यलाई रोक्ने अर्को तरिका मण्डली स्थापना हो। मैले भवनको कुरा गरेको होइन किनभने मण्डली भनेको भवन होइन। तर जब हामीले मानिसहरूलाई ख्रीष्टको वचन प्रचार गर्र्छौं अनि जब मानिसहरूले येशूमाथि विश्वास गर्छन्, त्यस मानिसहरूका बीचमा परमेश्वर बास गर्नुहुन्छ। जब कुनै समुदायमा परमेश्वर हुनुहुन्छ, तब उहाँले पाप र दुष्टलाई त्यस स्थान र समुदायबाट हटाउनुहुन्छ।

आज मण्डली कमजोर र असाहायको पक्षमा खडा हुनुपरेको छ र येशूको ज्योति सबै ठाउँमा लानुपरेको छ।

त्यस्ताहरूको पक्षमा बोल्, जो आफ्नो पक्षमा बोल्न सक्दैनन्, यस्ताहरूका अधिकारको निम्ति, जो कङ्गाल छन्। आवाज उठा र न्यायससँग फैसला गर्, गरिब र दीनहीनको अधिकारको रक्षा गर् (हितोपदेश ३१:८, ९)।

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 27, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

Recent Posts

  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In