• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमस र परमेश्वरको प्रेम

by Peter Kamaleshwar Sing
March 27, 2015
in Articles
Peter Kamaleshwar Sing
Dr. Peter Kamaleshwar Sing
डा․ पीटर कमलेश्वर सिंह

परिचय:

दिसम्बर २५ का दिन विश्वव्यापी रूपमा ख्रीष्टमस अर्थात् प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ। नेपालको परिपेक्ष्यमा मण्डलीको आरम्भ संगै हर्षोल्लासका साथ यहाँपनि प्रत्येक वर्ष अरुदेशहरुमा जस्तै ख्रीष्टमस मानउन आरम्भ भएको हो। समय बित्दै जाँदा ख्रीष्टमस मनाउने चलन पनि व्यापक हुँदै गैरहेको छ र वर्तमानमा यो मण्डली वा विश्वासी समुदायमा मात्रै सिमित रहेको छैन। प्रभु येशूमा व्यक्तिगतरुपमा विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि उत्तिकै उत्साहका साथ ख्रीष्टमस मनाइ रहेका देखिन्छन्। विभीन्न तारे होटलहरुमा यो प्रचलन पहिले देखिनै छँदै छ। पश्चिमी देशहरुमा त अक्टूबर महीना देखिनै ख्रीष्टमसको चहलपहल आरम्भ भैसकेको हुन्छ। मूख्य व्यापारिक केन्द्रहरु विशेष किसीमले सजाइएका हुन्छन् र स्कूल कलेजहरूमा लामो बिदा दिइएको हुन्छ। त्यता सैयौं वर्षदेखि चली आएको प्रचलन अनुसार यो विशेष चाडको रुपमा मनाइन्छ। कति स्थानमा अत्यधिक मदिरा सेवनले गर्दा ख्रीष्टमसको दिन वर्षको सर्वाधिक दर्घटना हुने दिनमा पनि परिणत हुने गरेको छ।

मानिसको स्वभाव अनुसार सबैकुरा सांसारिक दृष्टीकोणले हेर्ने बानि रहेकोले ख्रीष्टमसलाई पनि एउटा चाडको रूप दिने र सो अवसरमा खान-पीन गर्दै मोज मज्जा गरेर बिताउने प्रचलन बढ्दै गैरहेको देखिन्छ। प्रभु येशूको जन्म परमेश्वरको इच्छा र योजना अनुसार भए पनि यस अवसरलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा कुरितिले स्थान पाउंदै गैरहेकोले यसको वास्तविक महत्त्व हराउँदै गैरहेको भान् हुन्छ। यसै कारण यस लेखौटमा प्रभु येशू ख्रिष्टको जन्मको उद्देश्य केलाउने प्रयास गरिएको छ।

पृष्टभूमि:

प्रभु येशूको जन्म आज भन्दा करीब २०१८ वर्ष अघि इस्राएल देशको यरुशलेम शहर नजीकै बेतलहेम गाऊँमा रहेको एउटा गोठ भित्र भएको थियो। बाइबल धर्मशास्त्रको नया नियममा मत्ती रचित सुसमाचार र लुका रचित सुसमाचारका पुस्तक हरूमा उहाँको जन्मको विस्तृत विवरण दिइएका छन्।

पुरानो नियमको अन्तिम पुस्तक, मलाकी अगमवक्ताको पुस्तक लेखिए पछि नया नियमको पहिलो पुस्तक मत्ती रचित सुसमाचारको आरम्भ सम्मको ४०० वर्षको अन्तरालमा इस्राएल जाति वा यहूदीहरुको बीचमा परमेश्वरको कुनै पनि लिखित वा मौखिक सन्देश प्राप्त भएन। पुरानो नियमका ठूला साना अगमवक्ता द्वारा मसीह वा ख्रीष्टको आगमन सम्बन्धी गरिएका विभीन्न अगमवाणीहरु पूर्ण हुने आशा गरेर परमेश्वरका लोगहरू पर्खि बसेका थिए। यसकारण एक मात्र जीवित परमेश्वरमा विश्वास गर्ने यहूदी जातिमा यो एउटा ठूलो आत्मिक सुखापनको समय थियो।

जातिगत आधारमा मानव जातिलाई दुई श्रेणीमा वर्गीकरण गरिन्छ: यहूदी र गैर यहूदी (Jews & Gentiles) वा अन्य जाति। गैरयहूदी वा अन्यजाति समुदायमा इतिहास आफ्नै गतिले अगाडी बढीरहेको थियो। एसिरियन र त्यस पछि बेबिलोन को शासनको उत्थान र पतन पछि रोमी साम्राज्यको उदय भयो र यूरोप का साथै एसियाको अधिकांश देशमा रोमले शासन गरीरहेको थियो। यसै बीच बुद्ध जन्मेका ५०० वर्ष बितिसकेको र अधिकांश एसियन देशहरुमा बौद्ध धर्मको प्रचार प्रसार भैसकेको थियो। आखिरमा परमेश्वरले आफ्ना अगमवक्ताहरू द्वारा बोल्नु भएको वचन र गर्नु भएका प्रतिज्ञा

हरु पूर्ण हुने समय आइ पुगेको थियो।

प्रभु येशूको जन्मको उद्देश्य:

येशूको जन्मको उद्देश्यलाई हामीले विभीन्न दृष्टिकोणले हेर्न सक्छौं तर सब भन्दा उपयुक्त दृष्टिकोण परमेश्वरको दृष्टिकोण हुन्छ किन भने यस योजनाको योजनाकार उहाँ स्वयम् नै हुनु हुन्छ। उहाँको दृष्टिकोण उहाँको वचन अर्थात् बाइबल धर्मशास्त्रमा उल्लेखित छ। हामी लुका रचित सुसमाचारको केही पदहरू हेर्ने छौं:“तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ। तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”

तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने, “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा,

र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ,

तिनीहरूलाई शान्‍ति! (२:१०- १४)।”

स्वर्गदूतहरू परमेश्वरका विशेष दूतहरू हुन् जसको काम कर्तव्य मध्ये परमेश्वरको विशेष सन्देश मानिसलाई दिने हो, यस कारण बालकको रूपमा येशूको जन्म हुँदा स्वर्गदूतहरूको सकृयतामा निकै वृद्धि भएको देखिन्छ र माथि उल्लेखित पदहरूमा परमेश्वरले गोठालाहरूलाई येशूको जन्मको उद्देश्य सहितको समाचार सुनाउन स्वर्गदूतहरुलाई पठाउनु भएको थियो।

उपरोक्त पदहरूको विश्लेषण गर्दा हामी निम्नलिखीत विशेष कुराहरू उल्लेख भएको भेट्टाउँछौं:

१.     सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको छ।

२.     यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ।

३.     पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वर संग मिलापमा (शान्ति) आउने छन्।

 

१.    सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको छ:

मुक्ति भनेको के हो? यस तथ्यलाई बुझ्यौं भने मुक्तिदाताको महत्त्व र आवश्यकता बुझ्न पनि सजिलो हुन्छ।

सृष्टिको आरम्भमा पहिलो व्यक्ति आदम र उनकी श्रीमतिको रूपमा आदमकै करङ्गबाट बनाइएकी पहिली स्त्री हव्वाले परमेश्वरको आज्ञा उल्लंघन गरेकोकारण पाप गरे र मृत्युको अधिनमा परे। यसको फलस्वरूप सम्पूर्ण मानव जातिमा (जो आदमका सन्तान हुन्), पाप र मृत्यु व्याप्त भयो।रोमी५: १२माउल्लेख गरिए अनुसार, “एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्‍यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्‍यु फैलियो”। यसैले मानिसको रूपमा पाप गर्ने हाम्रो स्वभाव भएको छ। हामीले पाप गरेको कारण पापी ठहर्याइएका होइनौं तर पापी (पाप स्वभाव भएको) मानिस भएको कारण पाप गर्न बाध्य हुन्छौं। परमेश्वरको इच्छा सम्पूर्ण मानव जातिको लागि के हो भने प्रभु येशूमा विश्वास गरेर हामीले गरेका पापहरू बाट क्षमा पाऊँ र हाम्रो पाप स्वभावबाट पनि मुक्त हुन सकौं। यसैकारण प्रभु येशू यस संसारमा उद्धारकर्ता वा मुक्तिदाताको रूपमा आउनु भएको हो। जो उहाँले आफ्नो मृत्यु द्वारा पूर्ण गर्नु भयो। जस्तोकि बाइबल धर्मशास्त्रमा लेखिएको छ, “तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो (रोमी ५:८)।

पापको कारणले परमेश्वर बाट टाढिएको मानव जाति प्रभु येशूको जन्म र मृत्युको कारण परमेश्वर सित मिलापमा आउन सम्भव भएको छ। मानव जातिको लागि यही आनन्दको सुसमाचार लिएर स्वर्गदूतहरू आएका थिए।

२.    यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ:

सृष्टिको मुख्य योजनाकारको रुपमा मानिसको लागि आरम्भमा परमेश्वरको योजना थियो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।” यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो।

परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो।

नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो। (उत्पत्ति १: २६-२७)

र मानिसलाई सोही अनुरूप सृष्टि गरिएको कुरा उपरोक्त पदहरूमा उल्लेख गरीएको छ। यहाँ निर दूष्ट या शैतानको उल्लेख्य भुमिका छ। किनभने परमेश्वरले दिनु भएका आग्याहरू तोडेर मानिसलाई पाप र मृत्युको अधिनतामा ल्याउन उसैले छल गरेको छ। यो घटना विस्तारमा हेरे राम्रो हुन्थ्यो तर यस लेखोटमा सम्भव देखिंदैन। यसमा महत्वपूर्ण कुरा के छ भने पाप को कारण मानव जाति र परमेश्वरको बीचमा भय र अविश्वासको खाडल खन्न शैतान सफल भएको देखिन्छ। तर परमेश्वर यस्तो परमेश्वर हुनु हुन्छ जो आरम्भ बाट नै अन्त सम्म हेर्न सक्नु हुन्छ र उहाँको सिद्ध योजना उहाँलाई नै थाह छ, शैतानलाई वा मानिसलाई हैन।

परमेश्वर पवित्र हुनु हुन्छ र मानिसलाई पनि पवित्र पार्न उहाँको इच्छा हो। पवित्रता भनेको यस्तो अवस्था हो जहाँ पापको अस्तित्व हुँदैन, र हामी सबैलाई उहाँले पाप रहित बनाउन इच्छा गर्नु भएको छ। यसको साथ साथै परमेश्वर सिद्ध पनि हुनु हुन्छ। सिद्धता भनेको पवित्रता भन्दा पनि माथिल्लो अवस्था हो जहाँ पाप केहो? सो थाह पाएर स्वेच्छाले पापलाई यसको सबै आकर्षण सहित जरा देखि नै निर्मूल गरीएको हुन्छ। परमेश्वरको इच्छा हामी पवित्र मात्र हैन तर सिद्ध पनि होउँ भन्ने हो।

प्रभु येशूको जन्म र क्रूसको मृत्युको कारणले मानिसको लागि पापको क्षमा पाउन र पाप स्वभाव निर्मूल पार्न सम्भव भएको छ। यो सिद्धताको आरम्भ हो र येशूमा विश्वास गरी आग्यकारी र समर्पित जीवन द्वारा क्रमिक रूपमा सिद्धता तर्फ अघि बढ्दै गरिन्छ।

प्रभु येशूको जन्मले स्वर्गमा परमेश्वरको इच्छा पूर्ण भए जस्तै यस पृथ्वीमा पनि उहाँको इच्छा पूर्ण हुने सम्भव भएकोले परमेश्वरको महिमा भएको छ।

३.    पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वर संग मिलापमा (शान्ति) आउने छन्:

 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌ (यूहन्ना ३:१६)”।उपरोक्त पदमा मानव जातिको लागि रहेको परमेश्वरको प्रेम र त्यसको फलस्वरुप येशूलाई यस सन्सारमा बलिदान हुनका लागि दिइएको कुरा उल्लेख छ। उद्देश्य के छ भने उहाँ (येशू) माथि विश्वास गर्ने कोही पनि नाश् न होस् अर्थात् नर्क जान न परोस् तर अनन्त जीवन पाओस। नर्क जानु भनेको परमेश्वर देखि टाढा जानु हो। अनन्त जीवन पाउनु भनेको मृत्यु माथि विजय पाउनु हो र सधै भरिको लागि परमेश्वरको उपस्थितिमा वा स्वर्गमा बस्नु हो। यो नै परमेश्वर संग मिलाप हो।“यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, (२कोरिन्थी ५:१८)। यस प्रकार सृष्टिको आरम्भमा पहिलो मानिस आदम द्वारा आरम्भ भएको पाप र त्यसको फलस्वरुप व्याप्त भएको मृत्यु र अलगावको खाडल दोश्रो मानिस येशू द्वारा नष्ट गरी पापको क्षमा, पाप स्वभावलाई निर्मूल गर्न र परमेश्वर सित मिलाप या शान्ति सम्भव भएको छ।

सारांश:

उपरोक्त पंक्तिहरूमा धर्मको कुरा गरिएको छैन। प्रभु येशू कुनै धर्मको प्रवर्तक हुनु हुन्न। उहाँले परमेश्वरको राज्यको प्रचार गर्नु भएको हो। आफ्नो व्यक्तिगत जीवनको पवित्रता र आश्चर्य कर्महरू द्वारा परमेश्वरको राज्य र त्यसको सामर्थ्यको प्रदर्शन गर्नु भयो। उहाँ मानव जातिको पापमोचनको लागि मानवरुप लिएर जन्म लिनु भएको र सबै पाप आफूमाथि लिएर क्रूसको मृत्यु मर्नु भएको हो। तेश्रो दिनमा बौरी उठ्नु भएको येशू अहिले प्रभुहरूका महा प्रभु र राजाहरुका महा राजाको रुपमा परमेश्वरको दाहिने बाहुलीमा विराजमान् हुनु हुन्छ। उहाँ एक दिन फेरि आउन हुन्छ तर त्यो दोश्रो आगमन उद्धारको लागि हैन, न्यायको लागि हुने छ। बाइबल धर्मशास्त्रमा लेखिएको, “उद्धारको समय अहिल्यै हो।“ एकमात्र परमेश्वर र मानव र परमेश्वर बीचको एक मात्र उद्धारकर्ता येशूमा विश्वास गरेर मुक्ति पाउने समय अहिल्यै हो।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In