• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नयाँ वर्ष परमेश्वरको नयाँ कुरा

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarपरिचय:  हामी २०११ साललाई छोडेर नयाँ वर्ष २०१२ मा प्रवेश गरेका छौं। कुनै पुरानो कुरा छोडेर नयाँ कुरा र समयमा प्रवेश गर्नु निश्चय पनि उत्साहजनक कुरो हो। कति पल्ट हामीले समय कति छिटो वितेछ भनेर भनीरहेका हुन्छौं। तर बुझ्नुपर्ने कुरा चाहिं के हो भने हाम्रो जीवनचाहिं समयको रफ्तरसँगै वितीरहेको हुन्छ। यस अर्थमा हामीले हाम्रो जीवनको मूल्य र मान्यताप्रति समयसँगै, वर्षरुसँगै सम्वेदनशीलरुपमा बुझ्नुपर्छ भन्ने हो।

नयाँ वर्ष यो समयमा जब हामी छौं भने परमेश्वरमा हाम्रो लागि के नयाँ कुरा छन् त भन्ने कुराप्रति पनि हामी जानकार हुनु जरुरी छ। परमेश्वरको वचनले हाम्रो लागि के नयाँ कुरा छन् भनेर वताउँछ भनेर जान्नु आवश्यक छ। “बितेका कुराहरुलाई भूल, उहिलेका कुराहरुलाई बिचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु। त्यो अब हुन आउँछ। के तिमीहरु त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमीनमा खोलाहरु बनाउँदैछु।” यशैया ४३:१८-१९। यहाँ यशैया अगमवक्ताले बताएका छन् कि परमेश्वरले एउटा नयाँ कुरो गर्नुहुनेछ। वास्तवमा यो इस्राएलीहरुलाई एकै ठाउँमा भेला पार्नेछु भन्ने अगमवाणिक सन्देश थियो। यो यहुदीहरुको लागि भनिएको कुरा थियो।  र आज हामीले यस खण्डबाट के कुरा सिक्न सक्छौं त ? वर्तमानमा पनि यो कुरा त्यतिकै नै महत्वपूर्ण रहीआएको छ।

वितेका कुरालाई भुलीदिनु पर्ने आदेश हामीलाई दिईएको छ। हामीले वितेका कुराहरुलाई भुल्नु पर्दछ। निश्चय पनि वितेका कुराहरु अगाडि आउने नयाँ कुराको लागि बाधा हुन सक्दछन्। हामी अगाडि वढ्ने हो भने वितेका कुराहरुलाई भुलेर अगाडिको कुरालाई हेरेर अगाडि वढ्नु पर्दछ। के कुरालाई लिएर अगाडि वढ्ने त? वितेका कुरालाई नलिएर परमेश्वरको वचनलाई लिएर अगाडि वढ्ने काम गर्नुपर्दछ। उहाँको मानिसहरुको माझमा उहाँको कामलाई निरन्तरता दिएर अगाडि वढ्ने कामलाई यस नयाँ वर्षा पनि कायम नै राख्नुय पर्दछ। सकारात्मक प्रकारको प्रतिक्रिया लिएर अगाडि वढ्ने र परमेश्वरको आशिषलाई अनुभव गर्ने काम गर्नुपर्दछ। अनि वितेका दिनका पापहरु सबैलाई गाडेर नयाँ कुराको लागि अगाडि वढ्नु पर्दछ। वितेका दिनका हाम्रा कष्टपूर्ण कुराहरुलाई पनि भुलेर अगाडि वढ्नु पर्दछ। किनकि वितेका दिनका नराम्रा कुराहरु निश्चय पनि हाम्रा लागि नमिठा अनुभुति बन्न सक्दछन्। तथापि हामीले ती पुराना कुराहरुलाई नयाँ कुराहरुसँगै मिसाएर लानु अनुचित नै हुनेछ।

“कसैले पुरानो लुगामा नयाँ कपडाको टालो हाल्दैन। नत्रता टालेको कपडा फाटी निस्कन्छ, अर्थात नयाँ पुरानोबाट फाटेर निस्कन्छ, र फटाई झन नराम्रो हुनेछ।” मर्कूस २:२१।

यहाँ कसैले पनि पुरानो कपडमा नयाँ टालो हाल्दैन नयाँ कपडा पुरानोको कारण फाटेर जान्छ भनिएको छ। नयाँ कुराको लागि पुरानो कुरा निश्चय पनि हानिकारक नै हुन्छ। कुनै पनि मानिसले नयाँ कपडामा पुरानो टालो हाल्दैन। यसले नयाँ कपडाको रुप पनि विगार्दछ र यसले नयाँ कपडालाई झनै विगारीदिन्छ। आज हामीले पनि बुझ्नुपर्ने कुरा यही हो कि वितेका पुरानो कुरालाई भुलेर परमेश्वरको नयाँ कामको लागि तयार हुनुपर्दछ। पुरानो कुरा जे भए अथवा वितेका दिनहरु जे जस्ता भए तापनि वर्तमानमा परमेश्वरको योजना र नयाँ कामको लागि हामी तयार हुनु पर्दछ।

हाम्रा अगाडि भएका कुराहरुको सामना गर्नु पर्दछ। कतिपल्ट हाम्रो अगाडि आएका चुनौतीहरु देखेर हामीलाई डर र त्रास आउँदछन्। अब के हुने होला भनेर हामी चिन्ता फिक्री पनि गर्दछौं। परमेश्वरले आफ्ना जनहरुलाई जहिल्यै पनि नडराऔं भनेर भन्नुहुन्छ। जब हामी हराएका थियौं उहाँले हामीलाई बाटो देखाउनु भयो। जब हामी तिर्खाएका थियौं उहाँले हाम्रो आत्मालाई जीवनको पानी दिनुभयो। जब हामी डराउँछौं उहाँले हामीलाई नडराऔ भन्नुहुन्छ। हामीले हाम्रो क्षमता भन्दा बाहिरको कुरा परमेश्वरमा देख्न सक्नुपर्दछ। परमेश्वरले म तिमीहरुको माझमा नयाँ काम गर्नेछु भनेर भन्नु भएको छ। परमेश्वरले नयाँ कामहरु गर्नुहुन्छ।

वितेका कुराहरुलाई भूल अथवा वितेका समयको कुरामा नजिउनु भन्ने सन्देश छ। हामीले किन परमेश्वरले गर्ने नयाँ कामहरु देख्न सक्दैनौ त?- किनिकि हामी वितेका कुराहरुको चंगुलमा फसेर परमेश्वरको नयाँ कामलाई देख्न सक्दैनौं। हामी वितेका कुराहरुको कारण अन्धा बनेका छौं अनि परमेश्वरको कामलाई देख्न सक्दैनौं।  वितेका कुराहरुलाई भुलेर परमेश्वरका नयाँ कामलाई देख्न हामी तयार हुनुपर्दछ। हो कतिपल्ट हामी ती वितेका दिनहरुको सम्झना गरेर अगाडि वढ्नु राम्रो कुरा हो। तर वितेका दिनका कुराहरु आज हाम्रो लागि बाधाको कुरा बन्नु हुन्न। वितेको कुराको कारण नयाँ कुराहरुमा बाधा आउनुहुन्न।

आज परमेश्वरले तपाईको जीवन, परिवार अनि मण्डलीमा के काम गर्नुभएको छ भन्ने जान्नु आवश्यक छ। कतिपल्ट मानिसहरुले धेरै वर्षअगाडि अनि तिनीहरुको मण्डली परिवारमा परमेश्वरले के काम गर्नु भएको छ भनेर भन्दछन तर आज परमेश्वरले उनीहरुमा के काम गर्नुभएको छ भन्ने कुरा भन्न सक्दैनन। प्रिय मित्रहरु हामी परमेश्वरको सेवा गर्दछौं। किनकि परमेश्वरले भन्नुहुन्छ म तिमीहरुको निम्ति नयाँ काम गर्नेछु भनेर परमेश्वरले भन्नु भएको छ। “अनि म तिनीहरुलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरुमा एउटा नयाँ आत्मा हालीदनेछु, म तिनीहरुबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालीदनेछु । इजकिएल ११:१९ ।
के तपाईको जीवनमा नयाँ काम हुनको लागि तयार हुनुहुन्छ- तपाई सुःख्खा जमीनमा परमेश्वरको आत्माको झरी आउन दिनको लागि तयार हुनुहुन्छ ? के परमेश्वरद्धारा तपाईको हृदय अनि मन र दर्शन नवीकरण गरेको चाहनुहुन्छ ? परमेश्वरले हाम्रो जीवनमा नयाँ काम गर्न चाहनुहुन्छ अनि उहाँलाई काम गर्ने मौका दिनुपर्दछ। यसैकारण पनि यशैयाले वितेका कुरालाई भुलेर अगाडि परमेश्वरको नयाँ कामको लागि अगाडि वढ्नु पर्दछ भनेका छन्।

परमेश्वरले हामीलाई विगतलाई भुल्नु र त्यसको यादको कारण नयाँ कामको लागि बाधा नहोस भन्नु भएको छ। हाम्रा विगतका कुराहरुले हाम्रो जीवनमा अगाडि हेर्ने र देख्ने कुराको लागि चुनौती नबनोस भन्ने नै यसको उद्धेश्य हो। जव हामी पछाडि फर्केर हेर्र्छौ अनि हामी देख्छौं कि विश्व आर्थिक मन्दी, राजनैतिक अस्थिरता, प्राकृतिक प्रकोप र समस्या जता जतै विभिन्न प्रकारको समस्याहरु विश्वमा छन्। विगतका यी सवै कुराहरु हेरेर हामी अव नयाँ कुरामा कसरी अगाडि वढने त? हाम्रा विगतका कति असफलता, कति समस्या कति कठीनताको कुरालाई हेरेर हाम्रो लागि खास के लाभ हुन्छ र? हामीले त अव नयाँ काम नयाँ कुरा परमेश्वरमा आपेक्षा राखेर अगाडि वढ्नु पर्दछ। विगतका सबै पापहरु परमेश्वरले हामीलाई क्षमा दिनु भएको छ। वास्तमा जब हामीले हाम्रा पापहरु स्वीकार गर्र्छौ पश्चताप गर्र्छौ परमेश्वरले क्षमा दिएर नयाँ बनाउनु हुन्छ। स्वीकार गर्नु भनेको ग्रीक शव्दमा “homologeo” होमोलोजियो भनेर भनिन्छ। जसको समान्य अर्थ मानीलिनु अथवा स्वीकार गर्नु सहमती जनाउनु भन्ने हुन्छ। जब हामीले आफ्नो भूल गल्ती र पाप मानी लिन्छौं स्वीकार गर्र्छौ तव परमेश्वरले हामीलाई हाम्रा विगतका सबै दोषी भावनाबाट छुटकारा र क्षमा दिनुहुन्छ। परमेश्वरले हामीलाई विगतका कुराहरुबाट छुटकारा दिनुभएको छ। हो हामीसँग विगतका वदलाको भावनाहरु थिए। हाम्रा फिक्रीहरु थिए। पाप र स्वार्थ जसले प्राय हामीलाई बाँधीराखेका अवस्था पनि थिए शायद। यी त केवल परमेश्वरद्धारा मात्र छुटकारा पाउन सकिएको अवस्था थियो। यी दुबै कुराबाट परमेश्वरले हामीलाई छुटकारा दिनुभएको छ। अब नयाँ कुराको लागि हाम्रो हृदयलाई तयार पार्ने समय हो। अगाडि हेर्नु र कुनै पनि आफुले लिएको उद्धेश्य पुरा हुन्छ भनेर निश्चित हुनुपर्छ।

हेर, म एउटा नयाँ कुरो गर्दैछु। त्यो अब हुन आउँछ। के तिमीहरु त्यो देख्दैनौ? यशैया ४३:१९

अगाडि हेर्नु र कुनै पनि आफुले लिएको उद्धेश्य पुरा हुन्छ भनेर निश्चित हुनुपर्छ। कतिपल्ट हाम्रा वरीपरीको अवस्था र विगतमा घटेका घटनाहरुलाई नियालेर हर्ेदा अब संसारमा कुनै प्रकारको आशा नै छैन भनेर बिचार आउन सक्दछ। तर आज हामीले सिक्नुपर्ने कुरा के हो भने परमेश्वरमा आशा राखेर हाम्रो अगाडिको यात्रालाई वढाउनु अति उत्तम कुरा हो। हामीले परमेश्वरको आशालाई कायम राख्ने जगको विषयमा पनि जान्नु आश्यक हुन्छ। परमेश्वरको वचनअनुसार रहनु पर्दछ। परमेश्वरको वचन नै हाम्रो जीवनको अति महत्वपूर्ण कुरा हो। परमेश्वरको वचनले नै हामीलाई निश्चयताकासाथ अगाडि वढन् सहायता गर्दछ।

इस्राएलीहरु मिश्रबाट छुटकारा पाएर प्रतिज्ञाको भूमि कनानमा जाँदै गर्दा तिनीहरुले आफ्नो विगत भुल्न सकेनन्। तिनीहरु नयाँ ठाउ, नयाँ योजना र नयाँ उद्धेश्यमा अगाडि वढीरहेका थिए। तर तिनीहरुले मिश्रमा रहेका विगतलाई भुल्न सकेनन। तिनीहरु मिश्रमा भएका लसुन, प्याज, लगायतका कुराहरु सम्झेर परमेश्वरको महान योजनाको खुलेआम विरोध गर्न पुगे। गनगन र अधन्यबादी यस्तै अनेक कुराबाट तिनीहरु प्रतिज्ञाको भूमि पनि पुग्नबाट बन्चित रहे। लोतको श्रीमती पनि उही विगतका कुराबाट ग्रसित भएर पछाडि फर्केर हेर्दा नुनको खम्बा बन्न पुगिन्। तर्सथ हाम्रो निम्ति यी सबै कुरा शिक्षा बन्नु पर्दछ।

यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ र पुरानोचाहिं वितेर जान्छ र नयाँ आउँछ।” २ कोरिन्थी २:१७ ।

यदि हामी कोही पनि ख्रीष्टमा छौ भने नयाँ सृष्टि हुने कुरा यहाँ गरेको छ। पुरानो चाहिं वितेर गएर नयाँ कुरा आउँछ भनिएको छ। हामी नयाँ वर्षा २०१२ मा प्रवेश गरेका छौं। आज हामीलाई परमेश्वरको वचनले धेरै नयाँ चुनौतीहरु लिनु परेको छ। आज हामी इस्राएलीहरु जस्तै विगतका कुराहरुबाट ग्रसित भएका छौं कि? हामी नयाँ कुरामा अगाडि वढ्नु पर्दछ। कतै लोतको श्रीमती जस्तै हामी विगतकै कुराहरुमा रुमल्लीरहेका छौं कि? कतै पुरानो र विगतकै कुरामा हामी अल्झीरहेका छौं कि ? आज वितेका कुरालाई भूल भनेर भनिएको छ। परमेश्वरले हाम्रो जीवनमा नयाँ काम गर्ने प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले गर्ने नयाँ कामको निम्ति हामी हरेक जना तयारी हृदय लिएर बसौं।

रेशम कुमार सुनुवार

Republished in new layout 15-May-2013

Previous Comments (1)add comment

written by Birendra Rai , January 28, 2012

Praise the loard..great articles..thanks god i got it read and blessing me.

 

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

Recent Posts

  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In