• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बोल्नुहोस् पिता

by Loknath Manaen
July 8, 2014
in Articles, Special
Loknath Manean
Loknath Manaen

“कुनै मानिससँग नडराओ।” “पिता, धन्यवाद। व्यवस्था १को १७ पद। आहा। धन्यवाद। ‘मान्छेको डर एउटा पासो जस्तै हो, हितोपदेश २९:२५। पिता तपाईलाई हृदयको धन्यवाद त्यो २५ पदमा जोडिएको वाक्य ‘’परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ”। यो पद तपाईले हितोपदेशमा मेरो लागि सजाइदिनुभो। त्यतिले पुग्छ क्यार। गजब पुग्छ। तर लोभी मन हेर्नुन अर्को पद अलिकता चियाउनु मन लागिहाल्यो, तपाईको आवाज यस घडी हाम्रो आवश्यकता, “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस्? आकाशलाई फैलाउनुहुने र पृथ्वीको जग बसाल्नुहुने आफ्ना सृष्टिकर्तालाई भुलेर अत्याचारीका क्रोधको कारण जसले तँलाई नाश गर्न खोज्छ, त किन दिनदिनै त्रासमा जीवन बिताउँछस्?”

“प्रभु, लाउनू चाबुक, लाउनू म पापी, पथभ्रष्ट र अविश्वासीलाई यशैयाको चाबुक लाउनू। तर हल्लेलुयाह। यो ताडनाले मलाई प्रमाणित ग¥यो म तपाईको सन्तान हुँ। अनि त पिटाइ खाए यशैया ५१:१२,१३, हितोपदेश २९हरूबाट। हेर्नु त प्रभु, कति क्लियर कुरा। शंका नै केही नरहने। वाह प्रभुको वचन। जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको। हल्लेलुयाह। साहसी योद्धा जस्तै बोल्नुहुने हाम्रा सेनापति महलभित्र छेलिएर वकीटकीबाट युद्ध लडनुहुन्न। मैदानमा ओर्लनुहुन्छ। हामीबाट तपाई विश्वास र पूर्ण भरोसाको आशा राख्नुहुन्छ। त्यति मात्र। महान शक्तिशाली राजाका ढुक्कसँग जिउने छोराछोरी हामी। तपाईको हृदय हाम्रो मायाले भरिएको छ। यसमा मलाई कुनै शंका छैन। हामी सुरक्षित। आहा, सबै जना रमाउनुपर्छ, उफ्रनुपर्छ, खुशीले नाच्नुपर्छ। हाम्रो अनन्त पिताको प्रेममा मस्त। “मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस्?”

“सरी प्रभु, बुवा। म लज्जित छु। यशैया ५१:१२ मैले त भुसुक्कै भुलेछु। मेरो कातरपनमा मलाई लाजै लाग्छ। म मान्छे नै त हुँ आखिर भन्नु मन लाग्छ प्रभु येशू। तर तपाई गर्जनुहुन्छ, “हो तँ मान्छे होस्। तर सोच्, कसको मान्छे्? मरणशीलदेखि मैले तँलाई के बनाएँ सोच्दैनस् मूर्ख ? सबै भुलिस् ? आँधीबेह्री त आएको छैन। बादलमात्र सजाउँदैछु। आँधी आएको दिन तैंले मलाई धोका दिने भइस् हैन त?”

म चुप। तिमी चुप। ऊ पनि चुप। सब ओंठ सिलबन्दी। सोचमा डुब्नै परेको छ। “मानिसहरूसित दगुरिस् र तिनीहरूले तँलाई थकाए भने, घोडाहरूसित त कसरी दगुर्न सक्छस ?”

“प्रभु त्यति सारो नभन्नू न। यर्मिया १२को ५ नै चलाइञ्जेल म बिग्रिसके त ? म खतम ? हुन त हजूर कराउनहुँदा पनि बुवा, आमाले छुच्चो गरी गाली गरेजस्तो मायाले हृदय भरेर कराउनुभा जस्तो लाग्छ।”

“सोच पाजी”

“आहा प्रभुले मलाई पाजी भनी गाली गर्नुभो। म त्यै हुँ प्रभु किन ढाँटनु म जस्तो मूर्ख र अट्टेरी को होला जस्तै लाग्छ प्रभु। मैले सोच्नु ? …एउटा प्रश्न प्रभु। पिता, म सोध्छु है ? आँधी किन चलाउनु परेको प्रभु, प्लिज मलाई, हाम्लाई बताइदिनु न, किन आँधी ? किन पर्सिकिउसन ? किन सतावट, किन डिएसपी ? किन सिडिओ ? किन उनेर्को घुर्की र धम्की ? लात र लबटा ? यति बताइदिनु न प्रभु ? जीवित प्रभु। मैले सोचेर, मनन गरेर, ध्यान गरेरै सोधेको। किन छँदाखँदाको चर्चमाथि सरकारहरू, पार्टीहरू खनिएको ? उग्रवादीहरू बौलाएको ? हामी त असहाय जस्तै लाग्छ। एकलो। पार्टी जे भए नि जात र धर्ममा उनीहरू ट्याप्प बनी हाम्लाई आँखीभौ उचालेको। हा हा , लोकतन्त्र।”

“तेरो प्रश्न एक प्रकारले मूर्खको प्रश्न हो। यति वर्षको तिमीहरूको कथित स्वतन्त्रतामा आफूलाई मूर्ख बनाइछाडिस् हैन आफूलाई। सरकार (हरू) को हिलमिलमा खुब रमाउँदैथिस् नि ? भोज खाइस्, नक्सा छपाइस्, खबर छपाइस्। मन्त्रीहरूको टीका थापीथापी मूर्खै बनिस्। मैले तँलाई समाले, त्यागिनँ। सुन् मूर्ख। ध्यान लाएर सुन्। किन उग्रवादी बौलाएको ? किन मन्त्रीहरू, पार्टीहरू जातको हिसाबले, धर्मको हिसाबले एउटै बनी ट्याप्प टाँसिएको ?, लोकतन्त्र भुलेको, मानव अधिकार भुलेको ? इसाईलाई साझा दुश्मन ठानेको ? सुन्, मैले तिनीहरूलाई तेस्तो बनाको। यो कुरा पत्याउन सक्छस् ?”

“अँ …अलिअलि …मतलब कताकता …पत्या … खास भन्ने हो भने सत्य बोल्छु प्रभु, मैले यो अलिक बुझिनँ ”

“हो त्यसरी सत्य बोल, झूट नबोल, तँ बाँच्छस्। मैले उनीहरूलाई त्यस्तो बनाको र अनुमति देको र यो सब मेरो योजनाभित्र भइरहेछ। कसलाई पागल बनाउनु कसलाई सद्धे राख्नु म जान्दछु। मेरो एकलेसिया पीडाको नदी तरेर जानुपर्छ भने त्यो मेरो नजरबाट लुकेको कुरो हुन सक्दैन, मेरो योजनाभित्रको कुरा हुनुपर्छ।” “तर, पिता। माफ गर्नु है, धृष्टता। म तर लाएर हजूरसँग बोले। अनुमति। नजानेर नै हो। तर किन कष्ट ? किन दुःख र कष्ट ? परिवारबाट अलग, भागा, भाग, लुकालुक, शंका, डर, त्रास ? किन प्रभु ?”

“दुइटा मात्र छ कारण। चर्चको शुद्धिकरण। को के हो छुट्याउने अर्को उपाय छैन। चटानमा उभिने को र दलदले हिलोमा रमाउने को भनी छुट्याउनु। चटानमाथि पनि हिलो भएकोले सबै सोच्दैछन् सबैले हिलो टेकेका छन्। मेरा आफ्नाहरूले संसारको हिलोमा उभेर जय प्राप्त गरिसकेका छन् र उनीहरूको हिलोमुनि सलिड चटान छ। उनीहरूको मन रङ्गिचङ्गिमा, भोज भतेरमा र मन्त्रीको मुस्कान, पत्रकारको स्याबासी, संविधानको अक्षरभन्दा मेरो पुस्तकको प्रमिसमा रमाउँछ। उनीहरू आकाश हेर्छन्, मलाई पर्खन्छन्। रूख हल्लाउने बतास आउँदैछ। झर्ने र रहने पात छुट्याउन जोरदार हुरी सिवाय उपाय छैन। सामा र गहुँमा हँसिया …”

“अनि प्रभु ? दोस्रो कारण के हो अब चल्ने आँधीको निम्ति दोस्रो कारण पनि छ ?”
“रगत”
“रगत ? मतलब कस्तो रग…?”
“ख्रीष्टको रगत”
“अलिक बुझाइदिनुहुन्छ कि ?”
“मन्दिर”
“फेरि मन्दिर ?”

“प्रत्येक विश्वासी मान्छे मेरो मन्दिर हो। त्यसको चौकोसमा रगत। मिश्रको अन्तिम रात र लाल समुद्र सम्झनू। एकपट्टि उद्धार, अर्कोपट्टि संहार। म येशू हुँ जसलाई तिमी सताउँदैछौ भनी म यहाँका अधिकारीहरूसँग बोल्न चाहन्छु। कसरी बोल्छु, कुन आँधी चलाउँछु त्यो मेरो कुरो ..”

“अनि प्रभु, पिता ? हामीले चैं ? हामी के गरौं ?”

“लडाइँको तयारी ”
“लडाइँ ? तयारी ?”

“डरको विपरीत, कातरपनको उल्टो के छ त्यही हो तयारी। लड्ने तिमीहरूले होइन। निर्भिक समर्थन मात्र। विश्वास, भरोसा।”

“डरको उल्टो ? कातरपन हटाउने उपाय पो गर्नु पर्नेरैछ। माने …मतलब … अँ …” “परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओंठको फल हो। निरन्तर। ‘परमप्रभुको स्तुतिगान र उहाँको पवित्रताको प्रतापको प्रंशसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्याइदिनुभयो र उनीहरू परास्त भए . शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो।” “आहा प्रभु, परमेश्वर पिता हिब्रू १३:१५, २ इतिहास २०:२१,२२,२९ यो बेलाको लागि फेरि प्रयोग गर्ने भन्नुभएको पिता ? आम्मामामा। हेर कत्रो सौभाग्य ?”

“विचार गर्, ध्यान गर्, पण्डित नबन्, बच्चा बन्।”

“सेनाको अगिअगि गएर गाउने, मच्चिएर गाउनेनी। हजूरको प्रशंसा गाउने, तर ती गायकहरूको पछिल्तिर सेना चैं को ?”

“प्रार्थना र बाइबल अध्ययन र शिक्षाको क्रान्ति एकअर्काको जीवनमा ल्याउनेहरू। मेरो आत्माले, मेरो आत्माले, मेरो आत्माले। कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमानजस्तो समयको पूरा सदपयोग गर, किनकि दिन खराब छ। पवित्र आत्माले भरिपर्ण होओ। एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै …” “धन्यवाद पिता, धन्यवाद। एफिसी ५:१५–२०को महत्व बल्ल खुल्न लाग्यो म ग्वाँजेको लागि। यी सबै बाइबल पदले हामीलाई तपाईको नजीक, एक अर्काको नजीक पु¥याउँदै जाऊन्। धन्यवाद पिता, धन्यवाद। मारानाथा। चाँडै आउनुहोस् प्रभु। स्वर्गमा जस्तै यो पृथ्वीमा, यो नेपालमा, मेरो, हाम्रो जीवनमा तपाईको इच्छा पूरा होस्। तपाईको नाउँ पवित्र गरियोस्। आमिन्।”

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In