• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भन्थीन मेरी उनी ..हैन .. बत्तमीज दिल !

by Loknath Manaen
February 12, 2014
in Articles, world

लोकनाथ मनेन

loknathmanenAction शब्द को उच्चारण गराउने अक्षर नेपालीमा छैन Appleको  पनि हालत त्यस्तै छ । तर हामीले एकशन लिनै पर्छ र एपल पनि खानुपर्छ । समयलाई हेर्ने, देख्ने, चिन्ने काममा ढिला गर्नुहुन्न । Action लिनुहोस् । पहिले पहिले देशमाथि हतियार धारीहरूकै आक्रमण भइरहन्थे । बाजेको पालामा । सबलाई डर हुन्थ्यो । चनाखो भएर दिन र रातमा एक अर्काको हात समातेर अनि राजाहरूले भनेको मानेर छपक्क भएर राष्ट्र गान गाएर बस्नु पथ्र्यो । नेपालभित्र अनेक ट्राइ गरेपछि गोर्खाको राजाले काठमाडौ, भादगाउँ र देशभरिका धेरै साना राज्यहरूलाई जिते, हराए । पछि उनै राजा, राणाहरूलाई सबले पत्याए, माने र उनीहरूका गाना गाए । ईश्वर ठाने । आफ्ना आफ्ना पुराना हरुवा राजाहरूलाई मन मष्तिष्कबाट मेटाइदिए । त्यो थियो एउटा युगको एक प्रकारको देश प्रेम । पहिले आफ्नै जातिका राजालाई ज्यू हजूर प्रेम त्यसपछि अर्को राजालाई जय देश, जय नरेश प्रकारको प्रेम अनि श्रद्धा । देश प्रेम र नरेश प्रेम स्थायी कुरा होइनन् ।

 

त्यसबेला साहित्यमा नेपाल, गोष्ठीमा नेपाल, गीत, सङ्गीतमा नेपाल अनि जयन्तिहरूमा नेपाल । चिसाचिसा हिमालहरूसँग टाढैबाट भए पनि देशवासीहरू मग्न भए र भक्कुमारी केके लेखे, गाए । देशको कति चर्चा हुन्थ्यो । देश प्रेममा नदी प्यारो बन्छ, मधेस न्यानो बन्छ, हिमालले हुरूक्कै बनाउँछ अनि नेताहरूले अचम्म अचम्मको पाठ पढाउँछन् । कोही काटौं मारौं भन्छन्, कोही ढाँटौं भन्छन् । जसलाई दुश्मन भनी काटेको उसकै सेनाको भर्ती माग्छन्, पाउँछन् अनि दुश्मनलाई सेलुट ठोक्छन् । घरी गोली, घरी सेलुट । लाजामर्दो घटना गरिमामय शाब्दिक बर्कीले छोपिन्छ, “समायोजन” । पैले नै भर्तीमा गए पनि हुन्थ्यो । चारवर्ष शिविरमा खाँदेर, थोथोरै पैसा बाँढेर, धेधेरै पैसा आफूसँग राखेर त्यत्रो विधि जात्रा किन गरेको – भन्नु पनि त मिलेन । देश र जाति प्रेमको त्यो साक्षात कसरत होइन भनी अब कसले भन्ने त्यो बेलालाई र त्यो बेवहारलाई । मान्छे मार्ने, पैसा लुटने, ग्वार्ग्वार्ती आएर दाल भात खाइदिने अनि कुन्नि के कुन्नि के पुराण सुनाएर जङ्गलभित्र साँइसुत्त । त्यो चरणको देश प्रेम अब समाप्त भयो । (होला)

मान्छेको मनमा जन्मैदेखि दुइतीन थरीको प्रेम हुन्छ अथवा हुनुपर्ने हो । प्रथम, जात प्रेम (दलित भनाउँदाहरूमा बाहेक), दोस्रो, आफ्नो जाति प्रेम (भाषा समूह) अनि गएर बल्ल तेस्रो तहमा देश प्रेम –(त्यै पनि देशले केई दियो भने अथवा दुश्मन आउला, बधुँवा बनाउला भन्ने डर लाग्छ भने) । लास्टमा गएर चौथो चरणमा विदेश वा अन्तर्राष्ट्रिय मान्छेहरूप्रति हल्काफुल्का अथवा जोडजुलुमको प्रेम । अब त जोडजुलुम भन्नुपर्छ ।

आज अर्को किसिमको युद्ध चलिरहेछ । अर्को प्रकारको हतियारबाट युद्ध घोषणा भएको छ । जब कसैले कमाउँछ उसको इज्जत हुन्छ । कमाउनु र व्यापार बढाउनु भनेको नलौ धनवादी युद्धमा सामेल हुनु हो र आफ्नो सुरक्षाको सोच गर्नु हो । त्यो धुमधाम युद्ध हुनसक्छ, सामान्य हुनसक्छ । तर आर्थिक युद्ध  चारैतिर जारी छ । मान्छे, मान्छेवीच अनि देशदेश बीच । हिजोआजको साहित्य र कविता गोष्ठी भनेको बैंक र कम्पनीहरूको वार्षिक साधारण सभा हो । त्यस्तो असाधारण सभालाई किन साधारण भनियो था छैन ।

 

देशको अवस्था, देशवासीको कमिटमेन्ट,  कन्जमशन कस्तो छ भन्ने खोजी र योजना आधुनिक साहित्य गोष्ठीको मूल एजेन्डा हुन्छ । उत्पादन, खपत, उपभोक्ता । यिनै हुन इकनमिक युद्धका विभिन्न चरण ।

अर्को चरमचुलीको गोष्ठी पनि हुन्छ । “हाम्रो मातहतका “देशहरूमा” त्याँत्याँका सेवाग्राही, कन्ज्यूमरहरूले केकस्तो चासो देखाउँदैछन् ? कतिको पैसा तानियो, कति तान्न सकिन्छ ??” कविताहरूको शिर्षक त्यस्तो हुन्छ । अन्तराष्ट्रिय गोष्ठी ।

 

आज पनि राजाहरू छन्, प्रजाहरू छन् । पुरानो स्टाइलको देश प्रेम घट्दै गएको छ । चिज प्रेम बढ्दै गएको छ । सामग्री मोह बढी रहेछ । हामी सब देश, विदेशका ज्ञात, अज्ञात राजाहरूको शरणमा छौं र उनीहरूको हुकुममा चलिरहेछौं । उनीहरूको क्षेप्यास्त्रलाई अंगालीरहेका छौं । शर्ट उसको, पैन्ट उसको, अन्डरपेन उसको अनि जुत्ता र मोजा अनि कालो चस्मा उसको । तेसपछि साइकिल उसको । मोटरजोडेको साइकिल उसको । अथवा साइकल नजोडेको मोटर मात्र पनि उसको । सब उता, उता, कता कताका राजा महाराजाहरूको । अब पानीको गीत मात्र हामी गाउन सक्छौं । पानी तान्ने पाइप र पम्पको निम्ति अर्काकै गाना । बत्ती नआउँदा मात्र हामी बत्ती काटिदिने देशवासी अधिकारीहरूलाई सम्झन्छौं । बत्ती आउँदा चिमहरू, सिरियलहरू, कम्प्यूटरहरू, टिभि, सिबिहरू विदेशी राजाहरूको बाल्छौं ।

 

नेपालको कलेज, कलेजमा रामलिला, रनभिर, रनवीरहरूको राम्रो नलेज भएको डान्स देखाएर विदेशका राजाहरूलाई स्वागत भन्छौं । देश गायब भइसक्यो भनी भुल्छौं । रेस हारिसक्यौं भन्ने था हुन्न । देशको होम मिनिस्टरको नाम जान्दैनौं, इन्डिया र अमेरिकाको प्रत्येक डान्सर, सिङ्गर, एक्टर चिन्छौं । चिन्छौं मात्र होइन, मज्जाले चिनाउँछौ, देखाउँछौं उनीहरू के गर्छन्, कसरी सोर होल्लाउँछन् र जिउ हल्लाउँछन् । अन्डरपेन टु इयरफोन अनि त्यतिले नपुगेर इयरफोनबाट पस्ने धून पनि, “मैने तेरे मुह पे मारा मुक्का” । थुक्का । हरूवा । हामी ।

 

जुन देशले आफ्नो सीमानाबाट पानी जहाजभरि सामान हालेर अर्को देशमा पठाउनसक्छ ऊ ठूलो राजा । उसको नाम होन्डा,  उसको नाम ह्यून्डे,  टाटा, र कोकोकोलाको मालिक जो हो उइ हो । नाम था भेन । महान योद्धा हुन् उनीहरू । सबलाई कमारा बनाउन सक्ने सम्राटहरू । कर तिर्नु पर्दैन । सामान किन्नुपर्छ । आफ्नै देशको आफ्नै हवाइ जहाजको सेवामा अर्काको देशका कामदारहरू उडाउने महाराजाहरू त छँदैछन् । नाम त्यति था भएन । तर राजा नै हुन् । दैनिक दई हजार पासपोट थाप्ने नेपालीलाई उडाउने राजा ।

 

धेरै, धेरै कुरामा चेन्ज आइसकेको छ । जीवित म्यूजियम भनेको हरेक देशको सेना हो । लडाइँमा नजाने सेना । सेना भनेको यस्तो हुन्छ, सिपाही भनेको यो हो भनी देखाउने म्यूजियम । केके गडबडी हुँदा देशभित्रैकालाई ड्याङड्याङ हान्दिने सेना (इजिप्ट, सिरिया आदि) । उनीहरूको, हामीहरूको बन्दुक, सन्दुक फेरि विदेशी नै ¬। स्वदेशी छुरी, खुकुरी म्यूजियम । युद्ध बद्ली भइसकेका छ,  युद्धको तौर तरिका र बुट्टा, बनोटमा भारी परिवर्तन भइसक्यो । युद्धको मैदान तपाईको दिमागको चाहना र रहरको चौडाइ हो। त्यहीं हो हाम्रो हार र जितको अनुपात । आफूले पनि सामान पाउने, विदेशी राजाहरू पनि रमाउने । पोलिटिक्सका गुरुहरूलाई चैं विदेशी प्रभु भनिन्छ ।

अन्डरपेनदेखि इयरफोनसम्म जसले मेरो पैसा लियो उसको जित ।  संविधान लेख्ने, लेखाउने जाँगर जोजसलाई छ उनीहरूलाई त्यो काम गर्न देशले छोडिदिएको छ । तर देशभरिका मानिसहरू दैनिक हिसाबमा विधान भन्दा पनि धान, चामल, काम, काज, कमाइ, व्यापार, शिक्षा, स्वास्थ्यमा बढी चिन्तित छन् । दूध नभाको शिशीमा टुटी हाली रुन्चे नानी भुलाउँदैछन् सभासदहरू एक वर्षमा संविधान भनेर । जनता रुन छाडेका छन् । चार वर्षमा नभाको एक वर्षमा हुन्छ रे । डिजिटल हाँसो ha ha । जे होस् उनीहरू युद्धका नायक र जर्नेलहरू होइनन् । काम जसले दिन्छ र सामान जसले दिन्छ ऊ हो खास नायक । देशको हुनसक्छ, विदेशको हुनसक्छ । संविधान नभाको देशमा संविधान बनाउनुपर्छ । चाहे जति वर्ष लागोस् ।

बद्लिएको वातावरण र स्थिति परिस्थितिभित्र बेसिक, अर्थात् सबभन्दा आधारभूत कुरा म भनूँ ? जसरी हुन्छ तपाई, हामीले हाम्रो इङ्गलिस बलियो बनाउनुपर्छ । त्यसमा अझै थपेर कोरियन, सोरियन भयो भने वेश । तर माफ गर्नुहोस् इङ्गलिश त सिक्काको एउटा पाटो हो । अर्को पाटो त डल्लै छ । कम्प्यूटर । कम्प्यूटरमा माइक्रोसफ्ट वर्ड मात्र होइन, एक्सेल, पिक्चर, इमेल, फेसबुक, वेबसर्च पनि अत्यन्तै जरूरी । गुगल हो तपाई र मेरो बेस्ट फ्रेन अब उप्रान्त । सारा संसारमाथि इङ्गलिस (जर्मन, फ्रेन्च, कोरियन, चाइनिजहरू) को मार परिसकेको छ । भाषा मात्र जान्ने, पढ्ने, बोल्ने होइन । भाषा प्लस कम्प्यूटर । यी हुन् तपाईका हतियार अब उप्रान्त । मेरो शुभकामना तपाईलाई । तपाईको शुभकामना मलाई । आर्थिक युद्धमा तपाई क्षेप्यास्त्र पठाउनेमा पर्नुहुनेछ वा क्षेप्यास्त्र थाप्नेमा । सरकारको प्रायोरिटिमा भरपर्छ । बोल्ने नेता र काम गर्ने नेतामा फरक पर्छै पर्छ । जोगिएर लड्नुहोस्, जित्नुहोस् । युद्धको हतियार – सत्यता र स्वछतासहित, एउटा विदेशी भाषा र कम्प्यूटरको धारिलो ज्ञान नभुल्नुहोला । जय नेपाल, जय जापान, कोरिया, अरब, बलिउड, आदि ।

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In