• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पंकजको लेखमा राम कुमारको टिप्पणी

by Ram Kumar Lama
August 29, 2013
in News & Events, On the Media
Ram Kumar Lama
Ram Kumar Lama

नेपालमा थोरै कालखण्डमा क्रिश्चियनहरुको संख्या धेरै वृद्धि हुनुमा धेरैलाई चासो हुनु स्वाभाविक हो। समय समयमा केही व्यक्तिहरुले जुनसुकै उद्धेश्य राखेर भए पनि यस विषयमा कलम चलाउंदै आएको देखिन्छ। पंकज चौधरीजीले सारै मेहनत गरि यस विषयमा सकारत्मक वा नकरात्मक चासो लिनेहरुका लागि खुराक पस्कनुभएको लागि धन्यवाद। चौधरीजीको यस आलेखले मुख्यतः क्रिश्चियनमतप्रति नकारत्मक सोच राख्ने र यसमतलाई गहिरो रुपमा नबुझेकाहरु र बूझ्न नचाहेकाहरुलाई मलजल थपिदिने काम भएको छ। केही टाठाबाठाहरु, जो विभिन्न वहानामा आफ्नो स्वार्थ सिद्ध गर्छन, लाई गजबको प्रहार पनि यस आलेखमा समेटिएको देखिन्छ।

 
चौधरीजीले नेपालमा क्रिश्चयनहरु किन बढ्दैछन् भन्ने कुरामा बढि चासो देखाउने क्रममा हिन्दु धर्ममा रहेको जातीय भेदभाव, गरिबी, धर्मनिरपेक्षताको दुरुपयोग, क्रि्रश्चयन संघसंस्थाहरुले प्राप्त गरेको वैदेशिक सहयोग, केही अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु र पश्चिमेली कुटनीतिक नियोगहरुको संलग्नता, मिशनरीहरुको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने रणनीति, नेता तथा सभासदसम्म प्रलोभनमा फसेको, राज्य, दल तथा यसका नेताहरु नेपालको मौलिक संस्कृति संरक्षणमा गम्भिर नभएको जस्ता विषयहरु नेपालमा क्रिश्चियनहरु वृद्धि हुनुको कारणको रुपमा देख्नुभएको छ। कतिपय सभासद नक्कली क्रिश्चयन भएको दावी समेत गर्नुभएको छ।

 

कुनै पनि मत वा विचार तथा आस्थाको फैलावट, विस्तार र पच्छ्याउनेहरुको संख्यामा वृद्धि व्यक्तिगत रुपमा, संगठीत रुपमा, नीतिगत तथा रणनीतिक रुपमा अघि बढने कार्य कसै न कसैबाट नभई हुने कुरा होइन। कसै न कसैले यसमा मेहनत गरेको हुन्छनै। यो कार्य कसरी र कोबाट भयो भन्ने सही तथ्य नेपाली चर्चको इतिहास सम्बन्धि क्रिश्चयनहरुबाटै लेखिएका पुस्तक, पत्रिकाहरुबाट मात्र बाहिर आउन सक्छ। यस विषयमा चौधरीजीले मेहनत गर्न बेकार ठान्नु भएको देखिन्छ।

 
जातीय भेदभाव, गरिबी जस्ता कारणहरु सतहमा देखिने कारणहरुमात्रै हुन्। यस किसिमका विषयहरु अन्य किसिमका सामाजिक आन्दोलन तथा अभियानहरुमा मुद्धाको रुपमा उठाउँदा ठाउँ पाउने देखिन्छ तर आस्थाको कुरामा यी विषयहरु गौण हुन्। नेपाली क्रिश्चयनहरु सबै पृष्ठभूमीका छन्। अवश्य पनि नेपाली क्रिश्चयनहरुले जातीय भेदभावको अभ्यासलाई व्यवहारमै निषेध गरेको छ।

 
धर्मनिरपेक्षताको दुरुपयोगको सर्न्दर्भ बुझाईको विषय हो। अरु धर्मावलम्वीहरुले जस्तै नेपाली क्रि्रश्चयनहरुले आफ्ना धार्मिक गतिविधि निर्वाधरुपमा गर्नलाई धर्मनिरपेक्षताको दुरुपयोग भयो भनेर भन्नु गैर क्रि्रश्चयनहरुलाई गलत शन्देश दिई क्रिश्चियनहरुविरुद्ध गोलबद्ध गरी सामाजिक प्रताडना दिने सुनियोजित योजनाबाहेक केही होइन। बहुसंख्यक नेपालीहरु यस्ता कुराहरु बुझ्न सक्ने भएका छन् र यी कुराहरुमा मनोरञ्जन गरेर बस्दैनन्।

वैदेशिक सहयोगको हकमा आफूसंग भएको श्रोतहरु अपुग भएको खण्डमा निश्चित उद्धेश्य हासिल गर्न जोसुकैले साझेदारी गर्ने चलन छ। यसमा नेपाली क्रि्रश्चयन समुदाय मात्र होइन नेपालमा भएका हरेक समुह तथा संघसंस्थाहरुले गर्ने त्यही हो। तर चौधरीजीले वैदेशिक सहयोग एक रुपैया पनि ललिई संचालनमा रहेका नेपाली चर्चहरुको नाम लिन पनि चहानु भएन।

अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको संलग्नता र सकृयतामा नेपालमा क्रिश्चयनहरुको संख्या वृद्धि भयो भनेर भन्नु ती संस्थाहरुले गरेका मानव विकास, स्वास्थ्य सेवा, गरिबी निवारण, आर्थिक उपार्जन, शैक्षिक विकास जस्ता सेवाहरु र यसले जनसाधारणमा ल्याएको रुपान्तरणको अवमूल्यन गरि यस किसिमका संघसंस्थाहरु र यसमार्फ सेवा पुर्याउनेहरुलाई निरुत्साहित गर्ने प्रयत्नबाहेक केही होइन। यस आलेखमा केही अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको फेहरिस्तनै प्रस्तुत गरेको छ। चौधरीजीको दावीमा यी संस्थाहरु धर्म परिवर्तन गर्ने कार्यमा सकृय छन्। यी संस्थाका कार्य क्षेत्र साथै कार्यालय भएका गाविसहरु र नभएका गाविसहरुमा क्रिश्चयनहरुको संख्या वृद्धिको तुलना गरेर हेर्ने हो भने तथ्य र्छलंग हुनेछ। स्थापित मूल्य र मान्यतामा स्थापित मापदण्डमा आधारित भएर सेवा गर्ने यस किसिमका संस्थाबाट लाभान्वित भएका सेवाग्राहीको संख्यालाई हेर्ने हो भने पनि यसको सही तथ्य भेट्न सकिन्छ। नेपालमा चर्चहरुको संख्या तथा क्रिश्चयनहरुको संख्या वृद्धिमा यस किसिमका संस्थाहरुको मुख्य भूमिकालाई, नकारत्मक हिसाबमै सही, स्वीकारेर वास्तविक मेहनत गर्ने व्यक्ति तथा संगतिहरुको पगरी अर्कैलाई पहिर्राई दिने काम पनि यसमा भएको छ।

प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने रणनीति मिशनरीहरुको रणनीति कहिल्यै रहेन। रह“दैन पनि। आवश्यक्तामा परेकाहरुलाई यथाशक्य सेवा गर्नु मिशनरीहरुले मात्र होइन सम्पर्ण क्रि्रश्चयनहरुले आफ्नो दायित्व ठानछन् र यसरीनै दीक्षित गराउँछन। यसलाई प्रलोभनको संज्ञा दिन मिल्छ र?

प्रलोभनमा परेर नक्कली क्रि्रश्चयन बनेकाहरु पनि एक दिन सक्कली क्रिश्चियन बन्न सक्छन्। किन भने सक्कली क्रि्रश्चयनहरुमाझ आईसकेपछि उसले तथ्य कुरा थाहा पाउ“छ। तर यस आलेखमा केही समुह जसलाई क्रिश्चियन समुदायलेनै क्रिश्चीयन नमानेकाहरुलाई पनि क्रिश्चियन नामाकरण गरिदिएको कारण नक्कली सँधै नक्कली रहन सक्ने अवस्था पनि देखिन्छ।
-राम कुमार लामा

Related Aticles

किन बढ्दैछन् क्रिश्चियनहरु नेपालमा ?

क्रिश्चियनहरुको तर्फबाट केहि कुरा

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In