Disaster
Written by Mike wall,Ian Davis
The antioch church’s response to famine
Read Acts 11:27-30
A famine was predicted by a prophecy, and the church in Antioch decided to provide help for the Christians in Judaea. This provides us with a good example of preparedness. The prophet Agabus had predicted the famine and so the church decided to take positive action. Though famine was to be over the whole of the Roman world, they recognised that Judaea would be severely affected, so they decided to target their assistance on that area
?)How did the church respond to the famine?
?) What can we learn from the Antioch church’s example of the famine relief it provided?
?)In what ways could we respond to a famine?
?)Is there anything we can do now in preparation for any future famines here or elsewhere?
Pray for those who are experiencing famine at the moment and for those who are attempting to alleviate famine.
Nepali version below
एन्टियोखियाको मण्डलीले अनिकालप्रति जनाएको प्रतिक्रिया
प्रेरित ११:२७-३० पढ्नुहोस्।
एउटा अनिकालको बारेमा अगमवाणी भयो, र एन्टियोखियाको मण्डलीले यहूदियामा भएका ख्रीष्टियनहरूलाई सहायता पठाउने निर्णय गर्यो। यसले हामीलाई तयारी हुने बारेमा एउटा राम्रो उदाहरण दिन्छ। अगमवक्ता अगाबसले यो अनिकालको अगमवाणी गरेको थियो र मण्डलीले यसप्रति सकारात्मक कार्य गर्ने निर्णय गर्यो। अनिकाल, रोमी साम्राज्यभरि हुने भएको भएता पनि, यहूदियामा सबैभन्दा बढी असर पर्ने कुरा उनीहरूले थाहा गरे र त्यसकारण उनीहरूले आफ्नो सहायता त्यहाँ पठाउने निर्णय गरे।
(?) अनिकाल प्रति मण्डलीको प्रतिक्रिया कस्तो थियो?
(?) अनिकालमा परेकाहरूलाई उद्धार गर्ने एन्टियोखियाको मण्डलीको उदाहरणबाट हामीले के सिक्न सक्छौं?
(?) अनिकालप्रति हामीले कसरी प्रतिक्रिया जनाउन सक्छौं?
(?) यहाँ वा अन्यत्र भविष्यमा हुन सक्ने अनिकालको लागि तयारी गर्न हामीले अहिले नै केही गर्न सक्छौं कि ?
हालमा अनिकालमा परेकाहरूको लागि प्रार्थना गर्नुहोस् र अनिकाल कम गराउन कोशिष गर्नेहरूको लागि पनि प्रार्थना गर्नहोस्।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 23,2013
Discussion about this post