Written by Tula Ram Pun
वर्तमान नेपालका मण्डलीहरु राजनैतिकबाट पृथक हुन आवश्यक देखिन्छ।नेपालमा मौलाउदै गएका विभिन्न थरीका पार्टी, दल, सम्प्रदाय आजभोली छ्यापछ्यापी भेटीन्छन् जसले गर्दा आज हाम्रो इसाई मण्डलीका अगुवा, पाष्टर त्यही लयमा लागेर परमेश्वरको सेवकाइभन्दा ती सम्प्रदायको कार्यक्रम, सेमिनार र गोष्ठीमा बढी महत्त्व दिने गरेको पाइन्छ।जसले गर्दा नेपाली इसाई मण्डलीहरुमा पनि त्यही प्रकारको वातावरण सृजना हुन गइ भविष्यमा यी मण्डली राजनैतिक उदगम थलो बन्न नसक्ला भने होइन।
एउटा सच्चा परमेश्वरको भयमा र परमेश्वरको बोझ भएको अगुवाले मण्डलीको सेवाकाइ र परमेश्वरको राज्य विस्तारमा दिलो ज्यान लगाएर मण्डलीको अगुवाको भुमिका निर्वाह गर्नुपर्छ तर कुनै त्यस्तो प्रकारको पार्टी, दल, विशेषको कार्यलाई भने पन्छाउनुपर्छ।कतिपय मण्डलीको सेवकाइमा पनि राजनैतिक झलक देखाएर, उदाहरण ल्याएर वचन प्रचार प्रसार गरेको पाइन्छ।जसको कारण मण्डलीको सदस्यहरुमा यो छाप बस्न सक्छ।राजनीति नै ठूलो कुरा भन्ने अर्थमा, त्यसैले यो विचार पुर्याउनु पर्छ कि मण्डलीको एक अगुवाले आफ्नो दायित्त्व वहन गर्दा मेरो सेवकाइ कहाँ पुग्दैछ कस्तो शिक्षा दिदैछु भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ।
मण्डलीको सेवकाइ र राजनीति फरक पाटो हुन्।मण्डलीको एक सेवकले विश्वासीहरुलाई कसरी आत्मिक रुपमा बलियो बनाउने सासारिक मानिसहरुको हृदय कसरी जित्ने भन्ने सोचाइ हुनुका साथै सधै प्रार्थनामा हुनुपर्छ।राजनीति भनेको एउटा यस्तो चिज हो, जसलाई मानिसहरुले आजभोली दिक्क मानिसके।जहाँ राजनैतिक नेताहरुको बोली एउटा छ व्यवहार अर्को छ एकले अर्कोलाई गाली गरेको छ देश बनाउने नाममा नेपाली दाजुभाइ विच मनमुटाव छ, भोकमरी, रोग व्याधी, चोरी डकैती, बलात्कार, चन्दा, अपहरण जस्ता सामाजिक अपराध दिनदिनै बढ्दै गएका छन्।खै यी समस्याहरु न्यून भएको? के यी राजनैतिक निकस छैन? यी सबै कुरा राजनैतिक उपज हुन्।
अत: यी सबै खाले समस्याहरुलाई वर्तमान सांसारिक मानिसका ती पापी हृदयहरुमा जबसम्म परमेश्वरको वचन रोपिदैन तबसम्म ती समस्याहरु निराकरण हुन सक्दैनन् जसको ठूलो भूमिका एक ख्रीष्टियन अगुवाले आत्मिक रुपमा अगाडि बढेर देशको आघात प्रेमलाई मध्यनजर गरी सधैँ प्रार्थनामा रहनुपर्छ। त्यसैले एउटा मण्डलीको अगुवा होस् जुनसुकै मण्डलीको सदस्य होस् यो कुरा याद गर्नु आवश्यक देखिन्छ कि नेपाली भूमि जबसम्म प्रभुको वचनले ढाकिदैन तबसम्म अशान्ति, दु:ख, पिडा यथावत रहनेछन्।त्यसैले मण्डलीको अगुवाले यो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न राजनैतिक मार्गलाई छाडी प्रभुको प्रेमलाई सबै सामु पुर्याएर नरक कुण्डको बाटोमा बरालिएका मानिसssको हृदय र जीवन जीवन्त तुल्याएर महान् भूमिका निर्वाह गर्न आवश्यक छ अत कसैले पनि आज वर्तमान संगसारका सिद्धान्त मार्गहरुमा विश्वस्त नहोऔं उनै प्रभुको वचनमा स्थिर रहो अनन्त जीवनको बाटोमा सधैँ खुशी साथ अघि बढ्दै जान अभिप्रेरित गर्न महत्त्वपूर्ण दायित्त्व वहन गरौं जसले वास्तविक अगुवाको पुरस्कार विश्वासीको स्यावासी वर्तमान संसारमा नपाए पनि स्वर्गीय स्थान अगुवाको विशेष रहनेछ भन्ने कुरामा कुनै दुईमत छैन।
Republished in new layout on 8/13/2013
Previous Commenats
Discussion about this post