• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

टोपी कि धोती?

by NC Reporter
August 13, 2013
in Articles

Written by मिल नकुमार अधिकारी, ललितपुर

सर्वप्रथम डा.रमेश खत्रीलाई उहाँको लेख टोपी र टुप्पी सम्बन्धमा धन्यवाद साथै सो लेख हाम्रो आशिष् पत्रिकाले ख्रीष्टमस विशेषाङ्कमा प्रकाशित गर्नुभएकोमा पनि धन्यवाद भन्न चाहन्छु। धेरै अघिदेखि विभिन्न ख्रीष्टिय नारीहरूका साथै पुरुषहरूले लेख्‌न र भन्न खोज्नुभएको तर लेखेवापत् कतै मण्डली अनुशासनमा परिने हो कि? अझ झूटै शिक्षाले पगरी लगाइदिने हुन् कि भनी गुम्साएर राखेको कुरा उहाँले चित्तबुझ्दो प्रकारले प्रष्टाइदिनुभएकोमा हामी कृतज्ञ छौं। हुन पनि यहाँ आफूलाई चित्त नबुझे आफूसँग सहमत नभए अरूलाई झूटा शिक्षा भनिदिने चलन छ। कति पटक अरूले ल्याएको खबरकै भरमा समाचारकै भरमा ए झूटा शिक्षा पो रैछ भनिदिन्छन्। यस्ता बहस र दृष्टिकोण आउनुपर्छ। दृष्टिकोणहरू फरक भए पनि एकले अर्कालाई स्वीकार गर्न सक्नुपर्छ।

रोजर फोस्टर बेलायतको इखथस ख्रीष्टियान फेलोसिपका संस्थापक इभान्जेलिकल एलायन्स यु.के. का वर्तमान अध्यक्ष, जो एक धर्मशास्त्र विज्ञ (थियोजिकल) र विभिन्न पुस्तक लेखक, जो हाम्रो शिक्षक हुनुहुन्छ, यसरी भन्नुहुन्छ, “हामी सबै ख्रीष्टियानहरू नयाँ पुराना, साधारण, पास्टर, अगुवा, विशप, जो भए पनि सिकारु गाडीमा (L) चिन्ह अर्थात् सिकारु चिन्ह राखेर अघि बढ्नेहरू हौं। फरक यति छ, ड्राइभिङ सिक्नेले सिकेपछि त्यो सिकारु चिन्ह झिक्छ तर हामी ख्रीष्टियानहरूले कहिल्यै झिक्न मिल्दैन कारण हामी नमरुञ्जेल सिकिरहेका हुन्छौं।” हाम्रो नेपाली ख्रीष्टियान इतिहासले भर्खरै ५० वर्ष नाँघ्दैछ। त्यसैले हामीले त अरू धेरै सिक्नु छ।

त्यसैगरी एकजना प्रभुका दासले यसरी भन्छन्, “म बाइबल नबुझेमा दुःख मान्दिनँ तर जब म बाइबल बुझ्छु, तब म दुःखी बन्छु कारण म वचन अनुसार हिँड्न सक्दिनँ।”यसबाट हामीले बुझ्छौं कि वचन बुझेपछि त्यो अनुसार जिउनु पनि पर्छ। हुन त अझै पनि नेपाली मण्डलीहरूमा प्रचार गर्ने व्यक्तिले (अगुवा, पास्टर, जो भए पनि) प्रचार गरेको वचन धर्मशास्त्रअनुसार मिल्छ कि मिल्दैन भनेर विश्वासीहरूले खोज्ने गरेको पाइँदैन भने प्रचार गरेको वचन नबुझे पनि सोध्ने गरेको पाइँदैन र सिधै लिने गरिन्छ। प्रचारकले प्रचार गर्दा धर्मशास्त्रीय आधार, आफ्नो व्यक्तिगत विचार वा कुन लेखक/व्यक्तिको धारणा भनेर प्रष्ट्याइएको पनि पाइँदैन। कति पटक २/३ घण्टासम्म पनि लगातार नैतिक शिक्षा, चेतावनी र सूचना वा जानकारी मात्र दिएको पनि सुनिन्छ। एक समारोहमा एक जना पास्टर ‘बा’ ले विवाह नगरेको केटी पवित्र हुन्छे भन्ने आशयले वचन दिनुभएछ, सुनिराखेको बहिनीले आफू विवाह नगरी (साधुनी) भएर बस्ने र पवित्र भई परमेश्वरको ग्रहणयोग्य हुने कुरा आफन्तलाई बताइछिन् (यो वास्तविक घटना हो)।

पास्टरले कुन प्रसङ्गमा भन्नुभो वा धर्मशास्त्र आधार के पाउनुभो, मलाई थाहा छैन, न त बहिनीले नै यस बारेमा जान्ने विचार गर्नुभयो। तर उहाँले वचनलाई सिधै ग्रहण गर्नुभयो। हाल झूटा शिक्षाहरूले विभिन्न बाइबलीय र परमेश्वरकै बारेमा पनि विश्वासीहरूमा प्रश्न सोध्दै भ्रममा पार्ने गरेको कारण अगुवा पास्टरले झन पढ्ने, पढाउने, सिक्ने, सिकाउने समय आएको छ। अर्को कुरा आफैंले नसिके पनि विभिन्न तालिम, सभा, सम्मेलनमा सिक्न पठाउनुपर्यो र सके आफैं पनि जानुपर्यो। अब बाइबल पढ्न जानेर मात्र भएन तर बुझ्नुपर्यो र परिआएमा बुझाउनु पनि पर्यो।

यूक्रेन स्थित एम्बेसी मण्डलीका अफ्रिकन पास्टर सण्डे एदलेजा यसरी भन्छन्, “हाल कतिपय मण्डलीहरू कारागार जस्ता छन् र यसका अगुवाहरू थानेदार जस्ता, जसले आफ्नो मण्डलीका मानिस कतै जान्छन् कि भनेर निगरानी मात्र गर्छन्, सिक्न पठाउँदैनन् अनि त्यस्ता मण्डलीहरूमा झन् त्यस्ता समस्याहरू थपिँदै जान्छ।”

अबका विश्वासीहरू साधारण विश्वासी मात्र भएर बस्ने समय छैन कारण यो एक्काईसौं शताब्दी शैक्षिक र बौद्धिक युग हो। हामीले भनेका कुराहरूमा अबका मानिसहरूले प्रमाण खोज्छन्, आधार खोज्छन् अनि प्रश्न पनि सोध्छन्। बाइबल बुझ्न ३ कुरालाई मात्र ध्यान दिए पनि धेरै सजिलो हुन्छ।

१. कसले भनेको/लेखेको
२. कसलाई भनेको/लेखेको
३. कुन प्रसङ्गमा (पृष्ठभूमिमा) भनेको/लेखेको

यति मात्रै हामीले ध्यान दिन सके वचन बुझ्न धेरै मद्दत मिल्छ। उदाहरणका लागि अय्यूबलाई कष्ट र परीक्षा दिने परमेश्वर नै हो भनेर पनि पढ्छन् तर स्वयम् परमेश्वरले शैतानलाई यसो भन्नुहुन्छ, “बिनाकारण यसलाई (अय्यूबलाई) नाश गर्नलाई तैंले मलाई उक्साइस् (अय्यूब २:३)। यसबाट परमेश्वरले शैतानलाई तँ गलत छस् भनी प्रमाणित गर्नलाई मात्र शैतानलाई अनुमति दिनुभएको थियो र यसबाट यो स्पष्ट हुन्छ कि कष्ट र पीडा शैतानबाट नै आउँछ, परमेश्वरबाट होइन र यो परमेश्वरको इच्छा पनि होइन।

वचन प्रचारकै प्रसङ्गमा जो कोही, जसले प्रचार गरे पनि प्रचार गरिएको विषयसँग उसको जीवनशैली मिल्छ कि मिल्दैन त्यो पनि बुझाउनुपर्छ। कसै-कसैले प्रचार गरेको वचन आत्मिक लाभको नहुन पनि सक्छ। यस्तो वचनलाई त्यहीँ छोडेर जानुपर्छ। यस्तै कतिपय ख्रीष्टियान पुस्तकहरू, लेखहरू आत्मिक वृद्धि नगर्ने प्रकारका पनि हुन्छन्। वचनमा भनिएको छ, “सबै कुराको जाँच गर” (१ थेसलोनिकी ८ २१)। यहाँ मैले प्रचार गर्ने व्यक्तिको दोष भेट्न जाँच्ने वा गल्ती पत्ता लगाउनु भनेको हैन र हामीले परमेश्वरको जाँच गर्नु पनि हुँदैन तर जाँच्नु अझ बुझ्न खोज्नु हो। आधा सिकेको कुरा खतरापूर्ण हुन्छ। हरेक झूटा शिक्षाले आधा सत्य लिएर आउँछन्, कारण उनीहरूले आधा मात्र सिकेका हुन्छन्। यसर्थ प्रचार गर्नेले गरेको प्रचारमा तपाईलाई प्रश्नष भए सोध्नुपर्छ, बाइबल पल्टाएर खोज्नुपर्छ। त्यो उहाँको विचार वा कुनै व्यक्तिको यो बुझनुपर्छ तर सिधै वचनलाई ग्रहण गर्दा कति पटक अप्ठ्यारो पनि पर्छ।

केही समय अगाडि मेरो एक जना पास्टरसँग भेट भयो र प्रसङ्गवश सेवाको बारेमा मैले सोधें। उहाँ तुरुन्त धारा प्रवाहमा जानुभयो र भन्नुभयो कि आधा दर्जन मण्डली म आफै हेर्छु, रेडियो कार्यक्रम चलाउँछु अनि घरेलु संगति दिन्छु, बाइबल कलेज चलाउँछु र म एक्लै पढाउँछु (वाह, म त छक्कै परेँ प्रभु पनि छक्क पर्नुभयो होला। सायद नेपालमा जति दान र वरदान, बोझ भएका पास्टर, अगुवा विरलै अरू देशमा होलान्, धन्य प्रभु मैले स्वभाविक प्रश्नन सोधें (अरूलाई किन पढाउन नदिएको त)?

उत्तरमा भन्नुहुन्छ – शिक्षा मिल्नुपर्यो नि।

उहाँमा कतै मेरा विश्वासीले पवित्र आत्माको बारेमा धेरै सिक्ने हुन् कि भन्ने डर पो रहेछ। त्यस्तै एकजना पास्टरले एक सेमिनारमा बाइबलमा लेखेको कुरा हुबहु पालना गर्नपर्छ नत्र यो लेखकको अर्थ नै हुँदैन भन्नुभयो। त्यहाँ उहाँको बौद्धिक सुख्खापन देखिन्थ्यो। रिभर मण्डली (River church) U.K. का पास्टर कोलिन बार्नस भन्छन्, “बाइबलमा लेखिएका कुराहरू हुबहु पालना गर्नपर्छ भन्ने हो भने र सिधै बुझ्ने हो भने धेरै समस्याहरू आउँछन् र यति बेला त्यसो भन्नेहरूको आँखा र हात नहुनुपर्ने हो (मत्ती ५ २७-३०) वा उनीहरूले येशुलाई झूट तुल्याएका छन् (१ यूहन्ना १ १०)। अझ अर्को कुरा उनीहरूको केही पनि धन नहुनुपर्ने हो (लूका १० २१)।

येशू सबैभन्दा बढी रिसाउनुभएकै धर्मगुरुहरूसँग हो (फरिसी, सदूकी) कारण उनीहरू धर्मशास्त्रलाई अक्षरशः पालना गर्नुपर्छ भन्थे तर मानिसहरूलाई येशूकहाँ आउनबाट रोक्थे (मत्ती २३)। आफू पनि उहाँमा विश्वास गर्दैनथे। बाइबल ज्ञान बढाउन र सिधै बुझ्नलाई होइन तर अनन्त जीवन दिने महान् परमेश्वरलाई चिनाउने पुस्तक हो। हामीलाई बाइबलले जीवन दिँदैन र मुक्तिदाता प्रेमिलो परमेश्वरलाई चिनाउँछ। बाइबल त विश्वास नगर्नेहरूको घरमा पनि हुन्छ, उनीहरूले पनि पढ्छन्। याकूब ३ १ मा शिक्षकहरूको न्याय अझ कडा हुन्छ भनिएको छ। यसैले हामी, जो अरूलाई सिकाउछौं, होसियार बनेर सिकाउनुपर्छ। मण्डलीमा नैतिक पाठ परमेश्वरको डर, गाली र सूचना मात्र दिएर आत्मिक सन्तुष्टि दिलाउन सकिँदैन। हरेक वचनबाट विश्वासीहरू परमेश्वरलाई र मानिसलाई अझ बढी प्रेम गर्ने हुनुपर्छ, जुन येशूले बताउनुभएको छ (मर्कूस १२ ३०-३१)।

अन्तमा प्रार्थना गर्दा कसले टोपी खोलेन, कसले आँखा बन्द गरेन, कसले ठूलो स्वरले कराएन, कसले हात उचालेन, कसले घुँडा टेकेन, कुन स्त्रीले कपाल ढाकिनन् भनेर प्रहरी बनी हेर्नुभन्दा आफ्ना विश्वा्सी ले अरूको लागि अर्जबिन्तीको प्रार्थना गर्छन् कि गर्दैनन्? गरिबलाई दिन्छन् कि दिँदैनन्? टुहुरा टुहुरी विधुवा वा अपाङ्गलाई मद्दत गर्छन् कि गर्दैनन्? त्यतातिर ध्यान दिनु राम्रो होला। मण्डलीको काम जाँचपड्ताल गर्नेभन्दा येशूको दोस्रो आगमनलाई चाँडो गर्नु हो। त्यसको लागि सारा मानिसहरूलाई सुसमाचार सुनाउनु हो। स्वर्गको झझल्को वा स्वाद संसारलाई दिनु हो। हामी नेपालमा छौं, टोपी खोलेर प्रार्थना गरौला तर आइसल्याण्ड, मङ्गोलिया र साइबेरीयाका चिसोमा टोपी खोलेर लामो समय कसरी प्रार्थना गर्लान् (पाइलट र ड्राइभरले यात्रामा आँखा चिम्लेर कसरी प्रार्थना गर्लान्) नेपाल र भारतका महिलालाई बाहेक अरू राष्ट्रका दिदिबहिनीलाई प्रार्थना गर्दा कपाल ढाक भन्दा उनीहरूले यो कुन नयाँ शिक्षा आयो भन्लान्?? त्यसैले डा. रमेश खत्रीको टोपी खोल्नु भन्दा हामीले आफ्नै धोती पहिले कसौं, कि कसो?

Republished in new layout on 8/13/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In