• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नयाँ नेपाल निर्माण

by NC Reporter
August 9, 2013
in Articles

Lokmaniयस अभियानले मण्डलीलाई नुन र ज्योतिको रूपमा स्थापित गराउनेछ

नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता राष्ट्रव्यापी अभियानमा राष्ट्रिय संयोजकको रूपमा जिम्मेवारी बहन गरिरहनुभएका लोकमणि ढकालसँग गरिएको कुराकानीको सार…

यो अभियान कसरी र कहिले सुरु भएको हो ?

येशू ख्रीष्ट भन्नुहुन्छ- तिमीहरू संसारका ज्योति र पृथ्वीका नुन हौ। तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखून् र स्वर्गमा हुनुहने परमेश्वर पिताको महिमा गरून्। त्यसकारण नै मण्डलीले यो देशको लागि केही असल र परमेश्वरको महिमा हुने काम गर्नुपर्छ भन्ने महान् लक्षका साथ आम नेपाली जनताले सामना गरिरहेका समस्याहरूप्रति ख्रीष्टियन समुदायको ध्यानाकर्षण भई परमेश्वरको वचन र उहाँको हृदयअनुसार देश र समाजको लागि केही गर्नुपर्छ भन्ने मान्यता र दर्शनका साथ निरन्तरको प्रार्थना र सरसल्लाहबाट यो अभियान २०१० नोभेम्बरबाट सुरु भएको हो।

सुरुवातका केही कुराहरू जानकारी गराइदिनुहुन्छ कि?

सर्बप्रथम त यो दर्शन ख्रीष्टियन समाजको केन्द्रिय समितिमा प्रस्तुत भयो। मण्डलीलाई नेतृत्वदायी भूमिकामा ल्याउन र राष्ट्रको निर्माणमा यो दर्शन अत्यन्त राम्रो र यसलाई सबैको सहभागितामा राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनु बढी प्रभावकारी हुने ठहर गरेर एनसिएस र एनसिएफएनका अग्रजहरू बिच विभिन्न चरणमा कुराकानीहरू भए। फलस्वरूप दुबै तर्फको सहमतिमा नयाँ नेपाल निर्माणमा ख्रीष्टियन प्रतिबद्धता राष्ट्रव्यापी अभियान नाउँ तय गरेर तत्कालका लागि एक उच्च स्तरीय राष्ट्रिय सञ्चालन समिति र कार्य सञ्चालन समिति बनाई योजनाबद्ध रूपमा यो अभियान अगाडि बढिरहेको छ।

यो अभियान सुरु गर्नुको मुख्य कारण विस्तृत रूपमा बताइदिनुहोस् न?

यसको मुख्य कारण नै परमेश्वरको वचनको प्रेरणा हो। येशू संसारमा आउनुभयो र हाम्रो निम्ति अर्पण हुनुभयो। हामी पापको बन्धनबाट मुक्त भयौं। पूर्णरुपमा स्वतन्त्र पारियौं। उहाँले हामीलाई आज्ञा गर्नुभयो तिमीहरू मेरो गवाही बन। गवाही बन्नको लागि हामी पनि मानिसहरूको निम्ति अर्पित हुनुपर्यो। नुन बनेर स्वाद दिन सक्नुपर्यो। त्यसरी नै ज्योति भएर समाजलाई सुकर्ममा डोर्याउनुपर्यो, साँचो गवाही यही हो। आवाज विहीनहरूको आवाज बन्न, अन्याय, अत्याचार र समस्यामा भएकाहरूलाई सहयोग पुर्याउन प्रभुले मण्डलीलाई चुन्नुभएको कारण यो राष्ट्रव्यापी अभियान सुरु भएको हो। मण्डली आफैभित्र सिमित रहेकोले बाहिरकाहरूले त्यति महत्त्व दिंदैनन् किनकि हामीलाई उनीहरूले चिन्नै पाएका छैनन्। नेपालका आम मानिसहरूले मण्डलीलाई हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन। हाम्रो हृदय र सेवालाई उनीहरूले प्रत्यक्ष अनुभव गर्न नपाएरै यस्तो अनर्गल कुराहरू आइरहेका हुन्। प्रभुले यो देशमा अचम्मको काम गरिरहनुभएको छ। धेरै कुरा उहाँले मिलाइसक्नुभएको छ। मण्डली नै यो देशको आशा हो भन्ने कुरा बिस्तारै स्थापित हुँदै गइरहेको छ किनभने स्थापित भएकाहरू विस्थापित हुँदै जाँदैछन्। विगत र वर्तमानलाई हामी मूल्याङ्कन गरौं त कति फरक छ। यो कुरा हामीले बुझ्न जरुरी छ। ठूलो कुरा पाउनको लागि सानो कुरा इमान्दार भएर सम्पन्न गर्नुपर्छ। अब त्यो बेला आएको छ, हामीले आफ्नो पहिचान समाज र राष्ट्रलाई दिनुपर्छ, जसको कारण मानिसहरूले हरेक ठाउँमा मण्डलीको आवश्यकता देखून्। प्रभुको इच्छा यही हो। त्यसको लागि यो अभियान सुरु भई अगाडि बढेको हो।

यसको समिति पनि बनेको छ कि?

यो अहिले सुरुको चरण अर्थात् अन्तरिम कालमा छ। हामीले माथिबाट नभएर तलबाट यसको संरचना बनिएर आउनुपर्छ भन्ने मान्यता लिएका छौं। यो अभियानलाई सुरुवात गर्न तदर्थ समितिको रूपमा ख्रीष्टियन समुदायका केही अग्रजहरू रहेको एक उच्च स्तरीय राष्ट्रिय संचालन समिति रहेको छ। जुन समितिले अभिभावकको रूपमा सकृय भूमिका निभाइरहेको छ। यसको एक कार्य समिति छ, जसले योजना, कार्यक्रम, बजेट, सर्म्पर्क आदिको काम गर्छ र उच्च स्तरीय राष्ट्रिय संचालन समितिमा राख्छ। त्यहाँबाट अनुमोदन भएपछि अभियानलाई अघि बढाउने काम गरिरहेको छ। मुख्य गरेर विभिन्न जिल्लाहरूमा ख्रीष्टियन समाज, समुदाय, एकता जुन नाउँमा गठन भएका छन् तिनै समितिहरूलाई नै आधिकारिक मान्यता दिएर यो अघि बढ्दैछ। भविष्यमा जिल्लाहरूबाट कस्तो सुझाव आउँछ, त्यही अनुरूप नै यसको राष्ट्रिय संरचना बन्ने हो। जगचाहिँ तलबाट नै निर्माण हुँदै आउनुपर्छ।

अहिलेसम्म के र कस्ता कामहरू भएका छन् त ?

सुरुमा यस अभियानले पाँचै विकास क्षेत्र साथै विभिन्न सम्प्रदाय र समूहबाट प्रतिनिधित्व हुने गरी गत मार्च १-३, २०११ मा काठमाडौंमा तीनदिने केन्द्रिय सहजकर्ता तालिम सम्पन्न गर्यो । त्यसपछि क्रमश मार्च २१ देखि मे २० सम्म देशका पाँचै विकास क्षेत्रमा सम्बन्धित जिल्लाका सहभागीहरूलाई स्थानीय सहजकर्ता तालिम दिई भौगोलिकताको आधारमा सबै जिल्लालाई पायक पर्ने विभिन्न सत्ताईस स्थानमा अर्न्तकृयात्मक कार्यशाला गोष्ठी सम्पन्न भए। उक्त गोष्ठीहरूबाट आम नागरिकहरूले भोगिरहेका दुइ सयभन्दा बढी सवालहरू पहिचान भई आए। त्यसपछि राष्ट्रिय सञ्चालन समिति र कार्य सञ्चालन समितिले गोष्ठीबाट प्राप्त प्रतिवेदनलाई अध्ययन गरी राष्ट्रिय प्रतिबद्धता पत्र तयार पारेर सेप्टेम्बर ७ र ८ काठमाडौंमा देशका सबै जिल्लाका स्थानीय सहजकर्ताहरूको राष्ट्रिय भेला सम्पन्न गरी प्रमुख सवालहरूमा समूहगत छलफलसहित राष्ट्रिय प्रतिबद्धता पत्रको अनुमोदन र हस्ताक्षर गरी सेप्टेम्बर २५ मा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख साथै देशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फ नेपाल सरकारलाई हस्तान्तरण गर्ने काम सम्पन्न भएको छ।

यसको लागि आवश्यक आर्थिक स्रोत साधन कसरी जुट्दै छ त ?

तँ आँट म पुर्याउँछु भन्नुहुने परमेश्वर मण्डलीसँग हुनुहुन्छ। बाइबलमा भएको एउटा दृष्टान्त हामी हेन सक्छौं। एकपल्ट येशूलाई पच्छ्याउँदै हिंडेको ठूलो भीड जहाँ महिला र केटाकेटी बाहेक पाँच हजारभन्दा बढी त पुरुषहरू थिए, उनीहरू भोकाएको येशूले देख्नुभयो। उहाँले तिनीहरूलाई भोजन खुवाउने विचार गर्नुभयो र चेलाहरूलाई निर्देशन दिनुभयो। तर चेलाहरू आर्श्चर्यमा परे। चेलाहरूको अवस्थालाई उहाँले बुझ्नुभयो र भन्नुभयो तिमीहरूसँग केही छ भने मकहाँ ल्याओ। त्यही भीडमा एकजना केटासँग भएका दुइ रोटी र पाँच माछा चेलाहरूले ल्याए, तब उहाँले त्यही रोटी र माछामा आशिष् दिनुभयो र त्यहाँ भएका सबैले पेटभरि खाएर पनि बाह्र डाला उब्रियो। त्यही कुरा यो अभियानमा पनि लागु गरिएको छ। स्वदेश तथा विदेशमा रहेका मण्डली र संघसंस्थाले आफूसँग भएका रोटी र माछारूपी प्रार्थना सहितको स्वेच्छा भेटी पठाएका छन्। प्रभुले त्यसैमा आशिष् दिनुभएर यो अभियान अगाडि बढिरहेको छ।

विदेशमा रहेका मण्डलीहरूले पनि भेटी पठाउँदै छन् त ?

यो अभियानको बारेमा सुनेपछि विदेशमा रहेर सेवा गरिरहेका धेरै मण्डलीहरूले सम्पर्क गरिरहनुभएको छ। जब उहाँहरूले यसरी नेपालमा मण्डलीहरू एक भएर राष्ट्रको समस्या समाधानमा पहल सुरु गरेको थाहा पाउनुभयो, तब उहाँहरूमा पनि अत्यन्त उत्साह आएको छ। कति ठाउँमा त नेपाल निर्माणको लागि प्रार्थना गरौं र आफूले सक्ने आर्थिक सहायता गरौं भनेर मण्डलीहरूमा सूचना भइरहेको थाहा भएको छ। कतिपयले व्यक्तिगत रूपमा पनि हामी केही सहायता गछौं भनेर सम्पर्क गरिरहेका छन्। जसजसले सहायता गर्नुहुनेछ उहाँहरूको विवरण हामी सार्वजनिक गर्दै जानेछौं। हामी स्पष्ट छौं कुनै कुरा लुकाउनेछैनौं।

यस अभियानले मण्डलीहरूमा कस्तो प्रभाव पारिरहेको छ त ?

सुरुका दिनहरूमा मण्डलीहरूलाई बुझ्न अलिक अप्ठ्यारो भएको थियो। अरूजस्तै यो पनि एउटा नयाँ संस्था सुरु भएको हो कि ? नयाँ नेपाल निर्माण भन्ने नाम भएकोले राजनीतिक कुरा पो हो कि ? इत्यादि भन्ने भएको थियो। फेरि भएन, कसैकसैबाट अनर्गल भ्रम फैलाउनेजस्ता पनि काम नभएका होइनन्। तर दर्शन स्पष्ट भएको र यो एउटा राष्ट्र सेवाको अभियान भएको हुनाले बुझ्न बुझाउन त्यति धेरै गाह्रो भएन। यस अभियानले मण्डलीहरूमा ठूलो उत्साह ल्याएको छ। प्रभुको हृदय बुझेर उहाँको वचनलाई व्यवहारिक रूप दिई मण्डली यो देश र समाजमा नुन र ज्योतिको रूपमा स्थापित भएर उहाँको गवाही बन्नुपर्छ भनेर आज सबै मण्डलीहरू सकृय भएका छन्। विभिन्न जिल्लाबाट यसको बारेमा सबैलाई अझ प्रष्ट पारिदिन उहाँहरूले नै जिल्ला स्तरीय भेटघाटको आयोजना गरी हामीलाई बोलाइरहेका छन्। यस अभियानले एकप्रकारको एकता पनि ल्याएको महसुस मण्डलीहरूलाई भइरहेको छ।

समस्या पहिचान गरी प्रतिबद्धता हस्तान्तरण गर्ने मात्र हो या अरू पनि केही कार्यक्रम छ ?

सवाल पहिचान गर्नु र प्रतिबद्धता जनाउनु मात्रले राष्ट्रको निर्माण हुने कुरा होइन। प्रकृयागत रूपमा अघि बढ्दा सुरुवातको यो पहिलो चरण मात्र हो। भर्खर हामी देशका आम नागरिकले भोग्दैरहेका समस्याहरू पहिचान गरेर त्यसलाई बाइबलीय मूल्य र मान्यताअनुसार समाधान गर्न पहल गर्ने प्रतिबद्धता मात्र जनाउँदैछौं। अब गर्ने काम त धेरै बाँकी नै छन् ।यो कामको कार्यान्वयन गर्ने स्थानीय मण्डलीहरूले हो। तर्सथ अब यस अभियानले स्थानीय मण्डलीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई अगाडि बढाउनेछ। त्यसका लागि पहिचान भएका सवालहरू बुझ्न बुझाउन सजिलो हुने गरी पुस्तिकाहरू तयार गर्ने, आवश्यक तालिम सामाग्री बनाउने र मण्डलीलाई पर्याप्त तालिम दिने कार्यक्रममहरू गर्न अब पहल सुरु हुन्छ किनभने समाज र राष्ट्रका सवालहरूलाई समाधान गर्न पहल स्थानीय स्तरमा मण्डलीले गर्ने भएकोले उनीहरूलाई सक्षम बनाउने काम यस अभियानको हो। त्यसको लागि सबैले आ-आफ्नो ठाउँबाट प्रार्थना र सहयोग पुर्याउन आवश्यक छ।

साभार: हम्रो आशिष पत्रीका

Republished in new layout on 8/7/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In