• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, May 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शैतानको सेवा र कालो पूजा र आराधना

by P. A. Thomas
March 7, 2014
in Bible Study & Teaching, False Techings
P. A. Thomas
P. A. Thomas

४. अजभोलीका आत्मिक विकृतिहरु र डरलाग्दा धर्महरु

 

शैतानको सेवा र कालो पूजा र आराधना

 

परमेश्वर र परमेश्वरको कामहरुको विरोध, व्रिद्रोह, र आक्रमण गर्ने काम शैतानको हो र त्यो गर्न परमेश्वरले निश्चित समयको निम्ति (प्रकाश २०:१०) उसलाई छुट दिनुभएको छ। शैतान शब्दको अर्थ विरोधी हो र नयाँ करारमा अपवादी वा दोष लगाउने भने अर्थ लाग्ने डायाबोलोज (Diabolos) भने शब्द चलाएको छ। त्यसबाट ने दुष्ट (Devil) भन्ने अंग्रेजी शब्द आएको छ।

शैतानलाई सबैले दुष्टता र अधर्मतासँग जोडे तापनि त्यसको सक्रिय सेवा गर्ने र त्यसलाई आफ्नो हितमा चलाउने मानिसहरु र समूहहरु मानव इतिहासमा हामी सधै पाउँछौ। साधारणतया यसलाई रहस्य विद्या (Occult Science) भनिन्छ जसमा मन्त्र-तन्त्र, टुना-मुना, ज्योतिष शास्त्र, जोखना हेर्ने आदि पर्छ। बाइबलमा संसारको प्रभु र देव (यूह १२:३१, २ कोरि ४:४), महा र्सप (प्रकाश १२:९) आदि शब्दहरुले त्यसको प्रभाव र कामको सूचना दिन्छ। शेतानको सेवा गर्नेहरुले कुनै न कुनै तरिकामा परमेश्वरलाई इनकार गरेर उसँग करार बाँध्नुपर्ने हुन्छ।

 

शेतान सेवा गर्नेहरुले विकास गरेको पद्धती हो कालो पूजा वा आराधना। कालो विद्या, कालो मास, गधाको चाँड, मूर्खहरुको चाड, जडियाहरुको पूजा आदि नामहरुमा विभिन्न कालहरुमा यो प्रचलित भएका थिए। सोरहौ शताब्दिमा फान्सको काथरिन देमिडिची रानीले र सत्रौं शताब्दिमा लूइस राजाले शत्रुहरुको नाशको निम्ति यस्तो पूजा चलाएको इतिहास छ। यही समयहरुमा यसको विवरणहरु प्रस्तुत गरी आधार बनाउने किताबहरु पनि लेखेका छन्। त्यस्ता लेखकहरुमा जारिस काल, जूलस मिकलेट, जे जी फेसर, मोन्टेक सम्मेस, एच टी एफ रोड्स आदि छन्। बिसौं शताब्दिमा कालो पोप भनी चिनिने आलिस्टर क्रोव्लीले एक भ्यागुतोलाई येशूको नाम दिइ बप्तिस्मा दिई क्रूसमा टाँगेको थियो र आफैलाई जनावर (The Beast) भनी सम्बोधन गरेका थिए।

 

आलिस्टर क्रोव्ली (१८७५-१९४७) बेलायतमा जन्मेका थिए। इजिप्टमा जाँदा होरस देवताको दूत ऐवासले उसँग कुरा गरेको र त्यो कुरालाई उसले नियमको पूस्तकको रुपमा बनाएको र त्यसको आधारमा थेलीमा भने धर्मको विकास गरे।

 

आन्डेन सान्डोर लाभे (१९३०-१९९७) अमेरिकाको चिकागोमा जन्मेका थिए। मानिसको शरीर खाने मानिसहरुको मान्त्रिक घेरा भने एक समूह उसले बनाए, १९६१मा शैतानको बाइबल बनाए र १९६६मा शैतानको मण्डलीको स्थापना गरे। उसले अरु कती किताबहरु पनि लेखेका थिए र शैतानको नौ घोषणाहरु, शैतानको ११ आज्ञाहरु र शैतानको नौ पापहरुको समेत प्रतिपादन गरेका थिए।

 

मैकल ए अक्विनो, उसको श्रीमति लिलित सिन्क्लेयर र बेटी फोर्ड आदि अमेरिकनहरु मिलेर सेट भने इजिप्टको देवताको नाममा अमेरिकामा सेटको चर्च १९७५मा शुरु गरे र शैतान सेवालाई निरन्तरता दिएको छ। यिनीहरुले विभिन्न किसीमाका चिन्हहरु पनि विकास गरेका छन् जसमध्ये स्वस्तिका, यिन याङ्ग, राशी चक्र, नीरोको क्रूस आदि नेपालमा पनि देखा परेका छन्।

समृद्धि परमेश्वरशास्त्र तथा विश्वासको बोली संस्था गरीब मुलूकहरुको पिछडिएको अवस्था र मानसिकतालाई प्रभाव पारी विश्वासीहरुको माझमा विभिन्न तरीका र पकेजहरुमा र्सवत्र फैलिएको समृद्धि परमेश्वरशास्त्रका विभिन्न सिद्धान्तहरु परमेश्वरको वचनसँग मेल खाँदैन। समृद्धिको सुसमाचार (Prosperity Gospel), स्वास्थ्य र सम्पत्तिको सिद्धान्त (Health and wealth doctrine), बोल र दावी गर (Name it and claim it),चिल्लाउ र हात पार (Blab it and grab it) आदि विभिन्न रुपमा प्रस्तुत यी भ्रमात्मक शिक्षाहरुलाई टेवा दिने चाहिं विश्वासको बोली संस्थाले (Word of faith movement) हो। यसको पछि सत्यको ज्ञान नभएका र अनुभूति तथा खोजेको कुरा भेटाउन खोज्ने एक ठूलो समूह कुरा नबुझ लागी परेका छन्।

 

यो सिद्धान्तहरु बाइबलमा नभई केन्नत एरविन हेगन भने अमेरिकनले प्रतिपादन गरेको सिद्धान्तहरुमा आधारित छ। १९५० तिर उसले धेरै पटक येशूको दर्शन पायो भने दावी साथ चर्ङ्गाईको आवाज (Voice of healing) भने नाममा ओरल रोबर्ट, टी एल ओजबोन, गोर्डन लिन्डसे आदि प्रचारकहरुको साथ निकै प्रचारको काम गरेका थिए र १९६३ देखि टेलिभिजन प्रचारकको रुपमा चिनेका थिए। तर उसले पाएका नया“ सिद्धान्तहरु येशूबाट नभई अमेरिकामा निकै प्रचलित दार्शनिक चिन्तन (Metaphysical cults), यूनिटेरियन चिन्तन (New Thought) र एसक डब्लू केन्योन को नव चिन्तन (Christian Science) आदिबाट प्रेरित थियो भने कुरा प्रष्टिएको छ। केन्योन आफै मेरी बेकर एड्डीबाट प्रतिपदित ख्रीष्टिय विज्ञान (Christian Science) र तन्त्रमन्त्र (mesmerist) तथा सुताउने विद्या (Hipnotism) चलाउने फिनियास पि क्विम्बीबाट प्रभावित थिए।

 

फिनियास पि क्विम्बी (१८०२-१८६६) १८३०मा मेसमेरिम (Mesmerism) सिकेर मानिसलाई सुताएर उपचार गर्ने विधीको विकास गरेका थिए। येशूले पनि यसरी नै निको पार्नुभएको थियो भनी उसले सिकाए। जीवन र आनन्नदको शास्त्र (Science of life and happiness), आनन्द र स्वस्थ्यको शास्त्र  (Science of health and happiness) आदि नाममा उसले आफ्नो शिक्षालाई प्रचार प्रसार गरे। उसको नव चिन्तन (New Thought) भने सिद्धान्त विश्वासलाई शक्ति दिने सकारात्मक चिन्तन (Positive thinking) र सकारात्मक स्वीकार  (Positive confession) को सम्मिश्रण हो। उसको सिद्धान्तहरु मूलत निम्न थिए। क) रोग चाहिं बास्तविकता नभई विश्वासको समस्या हो। ख) हामी भौतिक रुपमा  समृद्ध हुनु परमेश्वरको इच्छा हो। ग) हाम्रो बोलीबाट नै आफ्नो अनुभवको क्षेत्रहरु हामीले निर्माण गर्र्छौं। घ) मानिस साच्चिकै परमेश्वर नै हो।

 

मेरी बेकर एड्डी (१८२१-१९१०) सानो देखि नै बिरामी भएकी मेरी १८६२ सम्म निकै दुख् सहेका थिए र आफ्नो चर्ङ्गाईको निम्ति क्विम्बीको सिद्धान्तहरुमा आकृष्ट भइन् र वचन अनुसारको विज्ञान र स्वास्थ्य (Science and health with key to the Scriptures)  भने पूस्तकद्वारा निकै प्रशस्त भइन्। बाइबलको दोस्रो क्यनन हो भनी दावी गरी उसले ख्रीष्टिय विज्ञान, ख्रीष्टको मण्डली (Christian Science, Church of Christ) स्थापित गरिन्। उसको केही शिक्षाहरु यस्ता छन्।

 

क) यदि एक ख्रीष्टियनले दश आज्ञा मध्ये पहिलो आज्ञालाई माने भने उ बहुपरमेश्वर बादि हुन्छ अन्यथा येशूलाई परमेश्वर माने कुरा इनकार गर्नुपर्ने हुन्छ।

 

ख) मानिस भएको येशू र आत्मा भएको ख्रीष्ट एक भई काम गरेर परमेश्वरलाई प्रकट गर्ने काम भएको छ। आत्मा चाहिं  मानिस येशूमा भएको एक अंश मात्र हो।

 

ग) अब्रहाम भन्द अगि हुनु, परमेश्वरको काखमा रहनु भनेको मानिस येशू होइन ख्रीष्ट भने आत्मिक अंश मात्र हो।

 

घ) त्रिएक परमेश्वर भने सिद्धान्त सत्य होइन, यो बहुपरमेश्वर वाद हो। परमेश्वर एक व्यक्ति मात्र हुनुहुन्छ।

 

ङ) मनोविज्ञानले सबै अधर्मको प्रकट गर्छ। पाप भने विश्वासलाई नाश गर्नलाई नै ख्रीष्ट आउनुभयो  र त्यो सत्य ख्रीष्टिय विज्ञानबाट मानीसको पाप र रोग हटाउन आएको हो।

 

एस्सक डब्लू केन्योन (१८६७-१९४८) विश्वासको बोली संस्थाको सस्थापक अमेरिकाको न्यूओर्कमा जन्मेको पहिले मेथोडिस्ट र पछि फ्रीविल बप्तिसट भएका केन्योन हो। दार्शनिक चिन्तनबाट अभिप्रेरित भई नव चिन्तनको प्रचारक क्वम्बीको र मेरी एड्डीको ख्रीष्टिय विज्ञानको प्रभावमा उ फँसे। यी सबै मिसाएर उनले विश्वासको बोली संस्था (The word of Faith movement) को शुरुवात गरे। उसले १९९८मा अमेरिकामा बेथेल बाइबल इन्स्टिटूट शुरु गरे जो पछि प्रोभिडन्स बाइबल इन्स्टिटूट र हाल गोर्डन कलेजको नाममा चलेको छ। ए जे गोर्डन आफै केन्योनको विश्वासयोग्य चेला थिए। उसको भनाई अनुसार परमेश्वरसँग रगतको करारमा प्रवेश गरेका अब्रहामले पाएका सबै कुरा पाउन र अनुभव गर्न आजको मण्डलीलाई पनि हक छ।

 

केन्नेत एरविन हेगिन (१९१७-२००३)

केन्नेत एरविन हेगिन (१९१७-२००३) अमेरिकको टेक्ससमा जन्मेका यिनी सानैदेखि रोग थिए। १९३३मा १० मिनट भित्र उ ती पटक मृत्युको अनुभव गरे र नरकको दर्शन पायो भन्छन्। त्यस पश्चात उनलाई येशूले पत्मोसको टापुमा यूहन्नालाई जस्तै दर्शन दिनुभई चार कुराहरु लेख्न लगाउनुभयो भन्छन्। ति चार कुराहरु हुन् – बोल, गर, लेऊ र अरुलाई भन। त्यसपछि उनले यही कुराहरुको प्रचार गर्न थाले, १९४५मा Full Gospel Businessmen Fellowship International को स्थापना गरे र Voice of healing भने Crusade चलाउन थाले। १९६६मा केन्नत हेगिन इभान्जलिस्टिक असोसिएसन स्थापना गरी कामको विस्तार गरे र १९७४मा रीमा बाइबल स्कूल शुरु गरी हजारौलाई तलिम दिएका छन्। उनी Norman Vincent का Power of positive thinking भने किताबबाट निकै प्रभावित भएका थिए। यही सिद्धान्तहरुलाई विभिन्न किसिमले परिमार्जन गरी निम्न प्रचारकाहरु पनि प्रचारका नयाँ तरीकाहरु तथा सिद्धान्तहरु प्रकट गरेका छन्। बेन्नी हिन, डेभिड योङ्गी चो, केन्नत कोप्लान्ट, क्रिफ्लो डोलर, जेस्सी डुप्लान्टस, टी डी जेकब्स, जोइस मेयर, नोयल ओस्टीन, पाउला वाइट, मोरिस सेरुल्लो आदि।

 

 

 

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In