• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

५ येशूको वंशावली

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

धेरै मानिसले बाइबल पढ्दा, विशेष गरी मत्तीको पुस्तक पढ्दा १ अध्यायको १८ पदबाट शुरु गर्छन् तर १-१७ पढ्दैनन्। हामी पनि हेरौं न त मत्ती १: १-१७ मा के रहेछ।

 अब्राहमका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावलीः

अब्राहम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदाका र तिनका दाज्यू-भाइहरूका पिता, यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता, सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रुथ थिइन्। ओबेद यिशैका पिता, यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। तिनकी आमा ऊरियाहकी पत्नी थिइन्। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम ऊज्जियाहका पिता, ऊज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाहका पिता हिजकियाह मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए। बेबिलोनमा बन्दी बनाएर लगिएपछि यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता थिए, यरुबाबेल अबिऊदका पिता, अबिऊद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता थिए, आखिम एलिऊदका पिता, एलिऊद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए। याकूब तिनी योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्।
यसरी अब्राहमदेखि दाऊदसम्म चौध पुस्ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निष्कासन हुने समयसम्म चौध पुस्ता, र बेबिलोनमा निष्कासन भएको समयदेखि ख्रीष्टको समयसम्म चौध पुस्ता भए।
मत्ती १:१-१७

वास्तवमै यो खण्ड पढ्दा केहि मजा आँउदैन न केही आत्मिक लाभ नै महसुस गर्न सकिन्छ। त्यसो भए मत्तीले किन आफ्नो सुसमाचारको शुरुमै यो कुरा राख्नुभयो ? त्यसै गरी लुकाले पनी आफ्नो सुसमाचारमा यस्तै खण्ड राख्नुभयो ?

आज हामी यही कुरामा ध्यान दिनेछौं ।

यस खण्डले येशूको पुर्खाहरुको सूची दिएको छ। येशू ख्रीष्टको वंशावली सरकारी दर्तामा थियो। मत्तीमा भएको यो वंशावली येशूका मानविय पिता योसेफको हो। वास्तवमा योसेफ येशूका बुवा हुनुहुन्न तर उहाँको अभिभावक हुनुहुन्छ। त्यसैले येशूको वंशावलीलाई यहाँ योसेफको मुनी राखिएको छ।

लुकाको सुसमाचारमा पनि येशूको वंशावली छ। तर यो मत्तीको भन्दा फरक छ। किनभने यो चाँही मरियमको वंशावली हो।
येशूले आफ्नो सेवा -कार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षको हुनुहुन्थ्यो। मानिसहरू उहाँ योसेफका छोरा हुन् भन्ठान्थे। योसेफ एलीका छोरा थिए, एली मत्तानका छोरा थिए, मत्तान लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यान्नाका छोरा, यान्ना योसेफका छोरा, योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा, नग्गै माथका छोरा, माथ मत्ताथियासका छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा, नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एरका छोरा, एर् यहशूका छोरा, यहशू एलीएजरका छोरा, लीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा।, मत्तात लेवीका छोरा, लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्याकीमका छोरा, एल्याकीम मलेआका छोरा, मलेआ भिन्नाका छोरा, भिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दाऊदका छोरा, दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा, नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोर, यहूदा याकूबका छोरा, याकूब इसहासकका छोरा, इसहाक अब्राहमका छोरा, अब्राहम तेरहका छोरा, तेरह नाहोरका छोरा, नाहोर सरुगका छोरा, सरुग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा, लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, ऐरेद महलालेलका छोरा, महलालेल केनानका छोरा, केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्वरका छोरा थिए।
लूका ३:२३-३८

यहूदी चलनमा वंशावलीको धेरै महत्व थियो। त्यसैले यसरी येशूको वंशावलीलाई पनि सुरक्षित राखिएको छ। त्यती मात्र होइन यसबाट थुप्रै आत्मिकी सत्यताहरु पनि पत्ता लगाउन म2त पुग्दछ।

मत्तीमा भएको वंशावलीलाई १४/१४ जनाको तीन समूहमा विभाजीत गरीएको छ।

अब्राहाम
दाऊद
बेबिलोन

अब्राहाम देखि ख्रीष्ट सम्म आइपुग्दा लगभग २००० वर्ष बितेको थियो। त्यसरी नै दाऊद ख्रीष्ट भन्दा लगभग १००० वर्ष अगाडी थिए भने लगभग ६०० वर्ष अगाडी यहूदीहरुलाई कैदी बनाएर बेबिलोन लगीएको थियो।

यसरी येशूको वंशावली हामीले बुझ्न सक्छौं। अब आत्मिकी सत्यतालाई हेर्न कोशिष गरौं।
येशूको वंशावलीमा हामी स्वर्गको राज्यको बारेमा उल्लेख भएको पाउँछौं।

राज्यको प्रतिज्ञा सर्वप्रथम अब्राहामलाई परमेश्वरले गर्नुभएको छ।
अब उप्रान्त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहम हुनेछ, किनकि मैले तँलाई असंख्य जाति समूहको पिता तुल्याएको छु। म तँलाईअत्यन्तै फल्दो-फुल्दो तुल्याऊनेछु, र तँबाट धेरै जातिहरू बनाऊनेछु। तँबाट राजाहरू ऊत्पन्न हुनेछन्।
ऊत्पत्ति १७:५-६

अब्राहाम देखि ख्रीष्टसम्म स्वर्गको राज्यको अवस्थालाई हामी निम्न अनुसार बाँडन सक्छौं।

अब्राहाम – राज्यको प्रतिज्ञा
दाऊद – अस्थाई राज्य
बेबिलोन – दण्डित राज्य
ख्रीष्ट – सिद्ध राज्य

२००० वर्ष अगाडी परमेश्वरले अब्राहामलाई छानेर स्वर्गको राज्यको प्रतिज्ञा गर्नुभयो। स्वर्गको राज्यसंग सम्बन्धित दोस्रो व्यक्ति दाऊद हुन्। उनी प्रभु येशू आउनु भन्दा १००० वर्ष अगाडी पृथ्वीमा थिए। राज्यको प्रतिज्ञा दाऊदमा आम्सिक रुपमा पूरा भएको थियो।
तपाईंले भन्नुभयो, “मैले मेरो चुनेकोसँग करार बाँधेको छु, मेरो दास दाऊदसित मैले यो शपथ खाएको छुः ‘म तेरा सन्तानलाई सदाको निम्ति स्थापना गर्नेछु ।’
भजनसंग्रह ८९:३-४

तर इतिहासमा भएको एक दुःखद घटनाले दाऊदको सिंहासन खाली हुन गयो। त्यो घटना इ.पू. ६००मा भएको थियो।

विनाशको घटना दाऊदका सन्तानले गरेको खराबीको कारण उनीहरु बन्दी बनाएर बेबिलोन लगिए। यस बेलाको राज्यलाई हामीले दण्डीत राज्य eन्न सक्छौं।

तर यसै समयमा परमेश्वरले यशैया अगमवक्ताद्वारा बोल्नुभयो।
किनभने हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ। हाम्रा निम्ति एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। शर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ।
यशैया ९:६-७

यी बालक ख्रीष्ट येशू हुनुहुन्थ्यो। जसले स्वर्गको राज्यलाई सिद्धतासाथ स्थापना गर्नुभयो।

यस खण्डमा हामीले परमेश्वरको विश्वासयोग्यता स्पष्ट देख्न सक्छौं। परमेश्वरले सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ।

अब स्वर्गको राज्य सम्बन्धी प्रतिज्ञाहरु पूरा भएका केही पदहरुलाई हेरौं।
उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदार्सवदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।
लूका १:३२-३३

“इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ उहाँले हाम्रा निम्ति आफना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खडा गर्नुभएको छ।
लूका १:६८-६९

“भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे गाडिए, अनि आजको दिनसम्म उको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट ऊनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि ऊहाँ न पातालमा छोडिनुभयो, नता उहाँको शरीर नै कुह्यो।
प्रेरित २:२९-३१

तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहमसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’
प्रेरित ३:२५

उहाँले तिनलाई हटाइनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खडा गर्नुभयो। ऊनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ। “यही मानिसको भावी सन्तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्याऊनुभयो।
प्रेरित १३:२२, २३

प्रतिज्ञाहरू अब्राहम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले “सन्तानहरूलाई” भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ। तर धर्मशास्त्रले “तिम्रो सन्तानलाई” भन्छ, यसले एउटा मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ।
गलाती ३:१६

“म येशूले आफ्ना दूतलाई तिमीकहाँ मण्डलीहरूका निम्ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।”
प्रकाश २२:१६

Republished in new layout on 8/5/2013

Previous Comment

Toched
written by Sharad , January 01, 2010

Tank Dai,
Really message touched me. I have never seen before spiritual insight in Mt. Cha 1 .

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In