• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सारकारको नीति तथा कार्यक्रम

by Sarju Rijal
July 15, 2013
in News & Events

rambaranyadavराष्ट्रपति रामवरण यादवले ब्यवस्थापिका संसदमा प्रस्तुत गरेको नेपाल सरकारको आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रम : सभामुख महोदय, १. ऐतिहासिक जनआन्दोलनको भावना र जनआकाङ्क्षाअनुरूप संविधानसभाबाट नयाँ संविधान निर्धारित समयमा निर्माण गर्नुपर्ने दायित्व बहन गर्दै आपसी सम्वाद, सहमति र सहकार्यलाई बलियो बनाउँदै न्यायपूर्ण, विभेदरहित, सबल, स्वाधीन र समृद्ध नेपालको निर्माण गर्ने उद्देश्यसहित गठित संयुक्त सरकारको आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रम व्यवस्थापिका-संसद्को यस वैठकमा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ।

२. सङ्घर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै हामीहरू सामन्ती राजतन्त्रको युग अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेका छौँ । गणतन्त्र नेपालको राष्ट्रपतिका रूपमा व्यवस्थापिका-संसद्मा दोस्रो पटक सम्बोधन गरिरहँदा लोकतान्त्रिक र न्यायपूर्ण नेपालको निर्माण गर्ने आन्दोलनका योद्धाहरूको जीवन र सङ्घर्षका विविध पक्षहरूलाई स्मरण गरिरहेको छु । म यस ऐतिहासिक घडीमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइते योद्धाहरूप्रति गहिरो सम्मान व्यक्त गर्दछु । वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारको अकल्पनीय पीडाको निराकरण गर्नुपर्ने कुरामा जोड दिन चाहन्छु ।

३. सार्वभौम नेपाली जनताद्वारा नयाँ संविधान निर्माणका लागि संविधानसभाको विधिवत् गठन भएको एक वर्षभन्दा बढी भएको छ । हिंसा र प्रतिहिंसाको पीडादायी शृङ्खला अन्त्य गरी दिगो शान्ति र लोकतन्त्रको दिशामा अघि बढ्ने अठोटका साथ विस्तृत शान्ति सम्झौता सम्पन्न भएको पनि दुई वर्ष बितिसकेको छ । तर पनि शान्ति प्रक्रियालाई पूर्णता दिने, राज्यको पुनःसंरचना गर्ने र संविधानसभाबाट नयाँ संविधानको निर्माण गर्ने अभिभारा पूरा गर्न बाँकी नै छ ।

सभामुख महोदय,

४. मुलुकले खोजेको युगान्तकारी परिवर्तन हासिल गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति अत्यन्त महत्वपूर्ण छ । यसै आधारमा अराजकता, असुरक्षा र दण्डहीनताको अन्त्य गरी संवैधानिक सर्वोच्चता, विधिको शासन र सुशासनको प्रत्याभूति, सहमति र सम्झौताहरूको कार्यान्वयन र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ । निर्धारित समयभित्र राष्ट्रिय सहमतिका आधारमा नयाँ संविधानको निर्माण, राज्यको पुनःसंरचना, सामन्तवादको अन्त्य र आर्थिक-सामाजिक रूपान्तरणका साथ तीब्र आर्थिक विकास सरकारका मुख्य प्राथमिकता रहेका छन् ।

५. नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सीमा सुरक्षा सुदृढ गरिनेछ ।

६. सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कानुन र नियमहरूमा परिवर्तन गरिनेछ । संघीयतालाई संस्थागत गर्न संविधानसभा र यसलाई सहयोग पुर्‍याउने राज्यको पुनसर्ंरचना आयोग द्वारा गरिने कार्यलाई सहयोग पुर्‍याउन नेपाल सरकारले तदारुकताका साथ आफ्नो कार्य अघि बढाउने छ । पूर्वराजपरिवारको स्वदेश र विदेशमा रहेको सम्पत्तिको छानबिन गरी राष्ट्रको हितमा उपयोग गरिनेछ ।

७ संवैधानिक सर्वाेच्चता, न्यायालयको स्वतन्त्रता, मानवअधिकार, नागरिक र मौलिक अधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज्य तथा विधिको शासन, बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली र उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग एवम् समुदायको आधारभूत अधिकारलाई सुनिश्चित गरिनेछ ।

८. शान्ति सुरक्षाको स्थिति सुदृढ तुल्याउँदै समाजमा व्याप्त अपराध र अराजकता नियन्त्रण गरिनेछ तथा दण्डहीनतालाई समाप्त गरिनेछ । जनतालाई शान्ति-सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन र सुरक्षा निकायलगायतका सबै राज्य संयन्त्रलाई निष्पक्ष र जवाफदेही बनाउन आचारसंहिता बनाई लागू गरिनेछ । “शान्ति-सुरक्षा जनताको अपेक्षा” भन्ने अभियान सञ्चालन गरी सुरक्षासम्बन्धी जनगुनासोको तत्काल सुनुवाई हुने व्यवस्था गरिनेछ ।

९ कानुनी राज्य र सुशासनको प्रत्याभूतिका लागि निजामती प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलगायतका सुरक्षा निकायहरूको सञ्चालन प्रचलित ऐन-कानुनका आधारमा गरिनेछ र दलीय राजनीतिबाट मुक्त राखिनेछ । निजामती सेवा एवम् सुरक्षा निकायलाई निष्पक्ष, पेसागत रूपमा दक्ष र जनउत्तरदायी बनाइनेछ ।

१०. बन्दका नाममा अत्यावश्यक सेवा र प्रमुख मार्गहरू अवरुद्ध हुने कार्य रोक्न राष्ट्रिय सहमति कायम गर्दै विशेष योजना सञ्चालन गरिनेछ । सवारी दुर्घटनाका कारण सडक बन्द हुने अवस्थाको अन्त्य गर्न तेस्रो पक्ष बीमा व्यवस्था लागू गरी सुरक्षा निकायको शीघ्र परिचालनद्वारा सडक अवरोध हटाइनेछ ।

११. जिल्ला-जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, न्याय र सुशासन सुनिश्चित गर्न, विकास योजनालाई समयमा गुणस्तरसहित सम्पन्न गर्न, निर्माण कार्यको अनुगमन गर्न जिल्लाका प्रशासन र प्रहरी प्रमुखलाई सक्षम र जिम्मेवार बनाउन विशेष नीति अवलम्बन गरिनेछ ।

१२. मधेसी जनअधिकार फोरम र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग नेपाल सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गरिनेछ । तर, संविधानसँग सम्बन्धित विषयहरूलाई संविधानसभाले नै निर्णय गर्नेगरी विभिन्न पक्षहरूसँग भएका सम्झौताहरूको कार्यान्वयनको अनुगमन गर्न उच्चस्तरीय अनुगमन समिति गठन गरिनेछ ।

१३. अग्रगमन र सामाजिक न्यायका आधारमा राज्यका सबै अङ्ग र तहहरूमा महिला, दलित, आदिवासी-जनजाति, तराईवासी/मधेसी, थारुलगायत तराईका आदिवासी जनजाति तथा मुस्लिम समेत अल्पसङ्ख्यक र धार्मिक समुदायहरू, अपाङ्ग र पिछडिएका क्षेत्रका जनताको समावेशीकरण प्रक्रियालाई अगाडि बढाइनेछ । व्यवस्थापिका-संसद्मा विचाराधीन समावेशी विधेयकलाई अघि बढाइनेछ ।

१४. शहीदको परिभाषा, पहिचान र सम्मानका लागि उच्चस्तरीय आयोग गठन गरिनेछ । विभिन्न समयमा शहादत प्राप्त गरेका व्यक्तिहरूको व्यवस्थित अभिलेख राखिनेछ । लोकतान्त्रिक आन्दोलनका योद्धाहरू बलिदान भएका विभिन्न क्षेत्रहरूको विकासमा ध्यान दिइनेछ ।

१५. भ्रष्टाचार नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोग एवम् न्याय सम्पादनसँग सम्बन्धित निकायहरूलाई सुदृढ र प्रभावकारी बनाइनेछ । राज्यका कुनै पनि तहमा हुने अनियमितता रोक्न थप कानुनी तथा संस्थागत व्यवस्था गरिनेछ । पारदर्शिता र जवाफदेहीतालाई स्थापित गरी ढिलासुस्तीको अन्त्य गरिनेछ ।

१६. स्थानीय निकायको निर्वाचनका लागि राष्ट्रिय सहमति जुटाइनेछ । निर्वाचन नभएसम्म संवैधानिक प्रावधान अनुरूप स्थानीय निकाय सञ्चालनका लागि अन्तरिम व्यवस्था गरिनेछ ।

१७. विगतमा विभिन्न राजनीतिक दलहरूसँग सरकारले गरेका सम्झौता र संसदीय प्रतिवद्धताहरू कार्यान्वयन गरिनेछ । विभिन्न छानबिन आयोग र समितिका प्रतिवेदनहरू सार्वजनिक गर्दै सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन गरिनेछ ।

१८. मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, डाक्टर, इन्जिनीयर, वकिल, कर्मचारी, पत्रकार, उद्यमी-व्यवसायी, संस्कृतिकर्मी, भूमिहीन, सुकुम्बासी, द्वन्द्वपीडित, विस्थापित, मुक्त कमैया, हलिया, वादी र अपाङ्गसमुदायका जनताले अघि सारेका जायज मागहरू आपसी छलफलका आधारमा पूरा गर्दै लगिनेछ ।

१९. नेपाल सरकार र नेकपा -माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौतालगायतका सम्झौताका प्रावधानहरू अनुरूप माओवादी सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापना तथा हतियारको व्यवस्थापन गरिनेछ । संविधान निर्माणले पूर्णता पाउनु अगावै माओवादी सेनाका लडाकुहरूको रेखदेख, पुनःस्थापना र समायोजनको कार्यसम्पन्न गरिनेछ ।

२०. राजनीतिक सहमति र व्यवस्थापिका-संसद्को सुझावअनुरूप राष्ट्रिय सुरक्षा नीति तर्जुमा गरिनेछ । शान्ति सम्झौतामा उल्लिखित राष्ट्रिय शान्ति तथा पुनःस्थापना आयोग, उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग, राज्यको पुनःसंरचनासम्बन्धी उच्चस्तरीय सुझाव आयोग, बेपत्ता पारिएकाहरूको खोजी गर्ने आयोगहरूको गठन/पुनःगठन गरिनेछ । सहमति र सम्झौताहरूको परिपालना तथा कार्यान्वयनको अनुगमनको काम राष्ट्रिय शान्ति तथा पुनःस्थापना आयोगले गर्नेछ ।

२१. तराई-मधेस र देशका विभिन्न भागमा उत्पन्न सबै प्रकारका द्वन्द्व र समस्याहरूलाई वार्ता र सम्वादका आधारमा शान्तिपूर्ण रूपले समाधान गरिनेछ । तर ध्वंसात्मक तथा आपराधिक क्रियाकलापहरूलाई छुट दिइने छैन ।

२२. द्वन्द्व प्रभावित तथा विस्थापित जनसमुदायको लागि राहत तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । द्वन्द्व प्रभावित जेष्ठ नागरिकहरूका लागि पाँचवटा विकास क्षेत्रमा एक-एकवटा ‘आरोग्य आश्रम’को निर्माण कार्य सुरु गरिनेछ । जेष्ठ राष्ट्रिय प्रतिभाहरूको सम्मान र सुरक्षाका लागि काठमाडौँमा “सर्जक आश्रम” स्थापना गरिनेछ ।

२३. जनतालाई छिटोछरितो सेवा दिन सक्ने र बहुपक्षीय उपयोगिता हुने संरचनालाई प्राथमिकता दिँदै द्वन्द्वका क्रममा भत्किएका भौतिक संरचनाहरूको पुनःनिर्माणलाई विशेष प्राथमिकता दिइनेछ ।

२४. काठमाडौँको गोकर्णमा जनआन्दोलन तथा शहीद स्मृति सङ्ग्रहालय स्थापना गरिनेछ । नारायणहिटी सङ्ग्रहालयको योजनाबद्ध विकास गरिनेछ । गणतन्त्र स्मारकको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँको चम्पादेवीमा राष्ट्रिय जातीय सङ्ग्रहालयको निर्माण गरिनेछ । सबै जात-जातिहरूलाई समेट्ने गरी विभिन्न जिल्लाहरूमा स्थानीय जनताको पहल र जिम्मेवारी हुने गरी जातीय सङ्ग्रहालयहरूको स्थापनालाई राज्यले सहयोग गर्नेछ । तराई/मधेस, पहाड र हिमालमा भएका संस्कृति र सम्पदाको जगेर्ना गर्न राज्यले विशेष ध्यान दिनेछ । सभामुख महोदय

Republished in new layout on 7/12/2013

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In