मंसिर १०, २०८३ बिहीबार
रोल्पा । रोल्पाको माडी गाउँपालिका–४ तालाबाङ र वडा नम्बर ५ भाबाङलाई जोड्ने तार्केबाङ खोलामा पक्की मोटरेबल पुल निर्माण हुने भएको छ। लामो समयदेखि पुलको अभावमा आवागमनमा समस्या भोग्दै आएका स्थानीयका लागि पुल निर्माण प्रक्रिया अघि बढेसँगै सहजताको अपेक्षा गरिएको छ।
नेपाल सरकारको बहुवर्षीय स्रोत सहमतिअनुसार आर्थिक वर्ष २०८३/८४ मा पुल निर्माणका लागि ११ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। बजेट सुनिश्चित हुनुका साथै बहुवर्षीय ठेक्का स्वीकृत भइसकेकाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने पुनले विश्वास व्यक्त गरे।
तार्केबाङ खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको छ। खोलामा पानीको बहाव बढ्दा स्थानीयले वारपार गर्न कठिनाइ भोग्दै आएका छन्। हिउँदमा समेत जोखिम मोलेर सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।
पुल निर्माण सम्पन्न भएपछि माडी गाउँपालिका–४ र ५ का बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीय यातायात, आर्थिक गतिविधि तथा दैनिक जनजीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
लामो समयदेखि पुलको प्रतीक्षामा रहेका स्थानीय बासिन्दा शिलान्याससँगै निर्माण कार्य अघि बढ्ने आशामा छन्। अब तोकिएको समयभित्र गुणस्तरीय रूपमा पुल निर्माण सम्पन्न हुनु मुख्य चुनौती हुनेछ।















Discussion about this post