• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रित्तो चिहान-१

by Shishir K Magar
January 18, 2024
in Articles, Bible Study & Teaching
S K Magar
एस.के. मगर
लेखन कार्य एउटा गुणस्तरीय समयको माग गर्ने मित्र हो । पहिलो पुस्तक जो दानिएलको पुस्तकमा उल्लेखित केही अगमवाणीहरुको व्याख्या(विश्लेषणमा आधारित थियो भने यो पुस्तकचाहिँ विशेष गरी संसारमा उथलपुथल ल्याइदिएको त्यो एक आइतबारको घटनामा आधारित छ जसले प्रत्येक मानिसको लागि एउटा महिमित आशाको काम गरेको छ । जुन समयमा हामी बाँचिरहेका छौं ती निकै अप्थ्याराहरुले भरिएका छन् । विभिन्न चिन्ता-फिक्री, अभाव, अराजकता र निराशाले यो संसार व्याप्त छ । डर र असहिष्णुताको बीच हुर्किरहेको पुस्तालाई एउटा अनिश्चित भविष्यको बारेमा नआतिकन सत्मार्गमा प्रेमपूर्वक हिंडाउने प्रयाश स्वरुप र अनगिन्ती अनौठा सिद्धान्तहरुका बतासको वेगको बीच सृष्टिकर्ताको हातमा आफ्नो जीवन सुम्पी सबैसँग मिलापमा रही स्वर्गसँग आशाको सहकार्य गर्न प्रेरित गराउने हेतु लेखिएको यो लेखको पाण्डुलिपि लगभग एक दशक मेरो कोठाको एक कुनामा रहिरहेको थियो । म प्रभुलाई धन्यबाद दिन्छु अन्ततः यो लेखन कार्य पुरा हुनसकेकोमा । आशा र प्रार्थना छ कि पाठकहरुलाई यसले प्रशस्त आशिष्को अनुभव गराउनेछ ।

सत्यको पक्षमा

आज-भोलि हामी थुप्रै पटक मानिसहरुले विभिन्न बाइबलीय लेखहरुमा उल्लेख भएको घटनाहरुप्रति शंकायुक्त प्रश्नहरु गर्ने गरेका पाउँदछौं। प्रभु येशूको पुनरुत्थानलाई पनि विभिन्न समयमा विभिन्न विचारहरुले प्रेरित भएकाहरुले विभिन्न तर्कहरुका साथ नकार्न वा अविश्वास गर्न खोजेका हामी पाउँदछौं । साथ(साथै त्यस्ता तर्क र अविश्वासले भरिएका दाबीहरु कति यथार्थपरक छन् त भनेर तिनको मूल्यांकन हुन पनि त्यति नै धेरै जरुरी छ, कारण त्यस्ता झुटा  दाबी गर्नेहरुले आ-आफनो झुटा तर्क वा दाबीहरुद्धारा निर्दोष विश्वासीहरुलाई फसाउने सम्भावना धेरै छ । सूचना-प्रविधिले सम्पन्न आजको युगमा प्रत्येक सिक्काको दुईवटा पाटा हुन्छ भने जस्तै हरेक दाबी वा तर्कको पछाडि कुनै अर्को दृष्टिकोण वा आयाम हुन्छ । सत्य निष्कर्षमा आइपुग्नको लागि हामीले कुनै एक पक्षको मात्र धारणालाई स्वीकार्नु अगाडि त्यही विषयमा अर्को पक्षको धारणा, बुझाइ वा तर्क कस्तो छ त भनी बुझ्ने प्रयासले कुनै पनि धारणा वा अध्ययनको बारेमा सही निक्र्यौल गर्न धेरै मद्दत पु-याउँदछ भन्ने कुरामा दुईमत छैन ।

परमप्रभु परमेश्वर येशू ख्रीष्टले हामीलाई कुनै कुराको पछि त्यतिकै हावाको भरमा नलागिकन गहिरो रुपमा त्यस्ता तथ्यहरु र तर्कहरुको इमान्दारीपूर्वक अध्ययन गर्नु भनी अ-हाउनुभएको छ । जुन तल दिइएका पदहरुले पनि स्पष्ट रुपमा बताउँदछन् ।

तब मैले भनें, म यहीं छु, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ । (भजनसंग्रह ४०ः७)

 

तिमीहरु धर्मशास्त्रमा खोजी गर्दछौ । किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरु ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्। (यूहन्ना ५ः३९)

 

भनाइको तात्पर्य के हो भने यदि हामी प्रभु येशू  ख्रीष्टको जीवनीसंग सम्बन्धित घटनाहरुको बारेमा सत्य(तथ्य जान्न चाहन्छौं भने हामीले तिनको विषयमा पवित्र धर्मशास्त्र पुस्तक बाइबलले हामीलाई के बताउँदछ भनी हेर्नु, पढ्नु, सुन्नु र मनन गर्नु अति आवश्यक रहेछ । प्रभु येशूको जीवनको लिखित विवरण कुनै प्रख्यात उपन्यासकारले लेखेको फोस्रो दाबीले भरिएको कथाका पानामा होइन बल्कि उहाँ को हुनुहुन्छ ? र के गर्न सक्नुहुन्छ ? भन्ने यथार्थ त हामीले केवल जीवित र सृष्टिकर्ता परमेश्वरको प्रेरित वचन पवित्र धर्मशास्त्र पुस्तक बाइबलमा मात्रै पाउँदो रहेछौं त भनी बुझ्न आवश्यक छ ।

हुन सक्छ, प्रभु येशूको बारेमा गरिएको कपोलकल्पित कुराहरुले भरिएका उपन्यासले इन्टरनेशनल बेस्टसेलर (अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक विक्री हुने) पुस्तकको रेकर्ड कायम गरेको होला । हुन सक्छ त्यस्ता तर्कहरु र आधारहिन कल्पनामाथि बनाइएको चलचित्र, टेलिश्रृखला वा नाटक आदि(इत्यादिले धेरै भन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरु प्राप्त गरेको होला वा बक्स अफिसमा अर्बौं रुपैँया आर्जन गरेको पनि होला । तर हामीले हेक्का राख्नु पर्ने कुरा के हो भने अल ड्याट ग्लिटर्स इज नट गोल्ड(हरेक पहेँलो देखिने धातु सुन नै हुन्छ भन्ने छैन) । दुःख लाग्दो कुरा के पनि छ भने आज-भोलि हामी जो आफुहरुलाइ, ज्ञानले भरिपूर्ण उत्तर-आधुनिक युगका अति चेतनशील  मानिस ठान्छौं र जो आफ्नो सभ्यता र सफलताको लतले मातिएको छौं अनि जो परमेश्वरबाट आफुप्रति उदारताको अपेक्षा त राख्दछ तर उहाँको अपरिवर्तनशील वचन प्रति भने उदार हृदयले विश्वास प्रदर्शन गर्न चाहिँ हिच्किचाउने गर्दछ । बाइबल खोलेर पढ्न, मण्डली गएर उहाँका जनहरुबाट उहाँको वचन कस्तो रहेछ भनी सुन्न, प्रार्थनामा समय बिताउन भने हामी आलस्याँई गर्दछौं। तर त्यति नै खेर कसैले येशू त मृत्युबाट बौरीउठ्नु नै भएको थिएन अरेु वा उहाँको पुनरुत्थान त केवल एउटा कोरा कल्पना मात्रै हो अरेु आदि(इत्यादि भनिदियो भने त्यस्ता तर्कहरु वा कपोलकल्पित कथनीहरु जो उपन्यास, प्रवचन, बहस, नाटक, चलचित्र, टेलिचलचित्र, इन्टरनेट वा अरु कुनै माध्यमबाट हामीकहाँ आइपुग्छन् त्यस्ता प्रचारहरुतिर चाहिँ खूब हतार-हतार गरी सुन्न, पढ्न वा हेर्न पुग्दछौं । धेरै जसो समय हामी बाइबल बाहिरको दाबीहरुलाई सत्य मान्न पुग्दछौं जसले हामीलाई केवल गलत निष्कर्षतिर मात्रै लम्काउने गर्दछ ।

हामी विभिन्न तर्कहरु वा दाबीहरुलाई तौलेर हेर्न अनि तिनको सही मूल्याँकन गर्न चुकिरहेका छौं । कपोलकल्पित तर्कहरु वा दाबीको पछाडि कागले कान लग्योु भन्ने पारामा दौडिनु भन्दा फलानोले येशूको पुनरुत्थानको विरोधमा यस्तो -यस्तो भन्दै छ तर येशूको पुनरुत्थानलाई विश्वास गर्ने जमात वा स्वयं बाइबलले चाहिँ के भन्दछ यसो एकैछिन हेरुँ त भनी ध्यान पु-याएको खण्डमा पनि त्यहाँनिर ख्रीष्टको पुनरुत्थान सम्बन्धि विषयमा सन्तुलित र आत्मिक रुपमा स्वस्थकर निष्कर्षमा पुग्न सकिने यथेष्ट सम्भावना रहन्छ । तर यसको विपरीत ख्रीष्टको पुनरुत्थान विरोधीहरुका तर्कहरुहरुलाई बिना कुनै मूल्यांकन र अध्ययन गरी पछ्याएमा त्यसले कुनै पनि हालतमा आत्मिक लाभ दिन सक्दैन । अघि भर्खरै उल्लेख गरे जस्तै हरेक सिक्काको दुईवटा भागहरु हुन्छन् । हरेक कथाको दुईवटा वा त्यो भन्दा अधिक आयामहरु हुन सक्छन् । तर बुद्धिमान त्यहि हो जसले सबै कुराको लेखा(जोखा गरी, सही निष्कर्ष निकाली सही निर्णय लिन्छ । पवित्र धर्मशास्त्र पुस्तक बाइबलले पनि यही कुराको जोडदार समर्थन गर्दछ तल उल्लेखित फिलिप्पी ४ को ८ पदमा ।

अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ , जे कुरो न्यायसङ्गत छ , जे कुरो शुद्ध छ , जे कुरो प्रेम (योग्य छ ,जे कुरो कृपामय छ , यदि केहीश्रेष्ठता , प्रशंसाको योग्य छ भने यी नै कुराका विचार गर ।

 

यो किन यथार्थपरक छ त? किनभने सही मूल्यांकन र अध्ययनले कुनै पनि घटना र तर्कको वा दाबीको सही निष्कर्ष निकाल्न हामीलाई मद्दत पु-याउँदछ । अनि तपाईं र मेरो प्रभु येशू ख्रीष्टको पुनरुत्थान सम्बन्धि घटनाको इति(बृती  पनि यो यथार्थबाट अछुटो छैन ।

रोजाई: तपाईं र मेरो ।


लेखक परिचयः
एस.के मगर आफुलाई वचनको गहिरो अध्ययन गर्न रुचाउने एक विद्यार्थी भन्न रुचाउनुहुन्छ। बिब्लिकल प्रोफेसी र बिब्लिकल आर्कियोलोजीको साथै ईश्वरत्तवको विषय उहाँको अध्ययनको चासो रहेको छ । अगमवाणीय वचनको व्याख्या विश्लेषणमा उहाँ हिस्ट्रोसीस्ट शैली अपनाउने गर्नुहुन्छ ।उहाँको पहिलो पुस्तकको नाउँ ‘साम्राज्यहरुको टकराव’ र ‘अनुसन्धानात्मक न्याय’ रहेको छ जुन चाहिँ दानिएलको पुस्तकमा आधारित थियो भने यो लेख-श्रृंखला ख्रिष्टको पुनरुत्थानमा आधारित रहेको छ ।दैनिक जिवनको निम्ती परमेश्वरको बचन सुन्न यो लिक्ंमा क्लिक गर्नुहोस् । तपाईंको दिन आशिषमय रहोस(1) Face book

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In