२०८० पुस २९ गते ॥ आइतबार
काठमाडौँ । उपत्यकावासीले माघ १ गतेदेखि मेलम्चीको पानी पुनः पाउने छन् । वर्षाले र बाढीले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो ।
मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार पानी पुनर्वितरणको कार्यक्रम प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने छन् । प्रचण्डले माघ १ गते चौथो पटक मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नेछन् ।
पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।
पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको हो ।
Discussion about this post