२०८० पुष २३ ॥ सोमवार
काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगभारी बहुमतले विजयी भएको छ ।
निर्वाचन आयोगले आइतवारको निर्वाचनको नतिजा घोषणा गर्न ढिलो गरिरहँदा देशभरका पत्रकारहरूको सञ्जाल भएका टिभि स्टेशनहरूले अवामी लिगले २९९ सिटमध्ये २१६ सिट जितेको रिपोर्ट गरेका छन्। स्वतन्त्र उम्मेदवारले ५२ सिट जितेका छन् भने तेस्रो ठूलो राष्ट्रिय पार्टी देशले ११ सिट लिएको छ । बाँकी निर्वाचन क्षेत्रको मतपरिणाम आइतबार राति नै आउन बाँकी थियो ।
३ सय संसदीय सिटमध्ये २९९ सिटमा निर्वाचन भएको थियो । एउटा सिटमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि कानुनबमोजिम निर्वाचन स्थगित भएको थियो ।
योजितसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल भएकी छिन् । बंगलादेशको इतिहासमा निरन्तर तेस्रो कार्यकाल कोही पनि प्रधानमन्त्री बनेका छैनन् ।
प्रमुख प्रतिपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गर्दै निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेको छ ।
मतदानका क्रममा विभिन्न जिल्लामा हिंसात्मक घटना भएका थिए । उक्त घटनामा सत्ताधारी र विपक्षीका गरी १७ जनाको ज्यान गएको थियो ।
प्रमुख विपक्षी दलकी नेतृत्व बेगम खालिदा जिया जेलमै भएका बेलामा निर्वाचन भएको हो । हसिना सन् २००९ देखि सत्तामा छिन् ।
शेख हसिनाको पार्टी अवामी लिगले १२ औं संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ, जुन सन् १९९१ मा प्रजातन्त्रको पुनर्स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाता रहेको छ।
www.khabardainik.com
Discussion about this post