२० मंसिर २०८०, बुधबार
काठमाडौँ ॥ नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेको छ र निगमका कर्मचारीले उक्त निर्णयको बिरोधमा आन्दोलन सुरु गरेका छन्।
६१ वर्षदेखि ‘ग्राउन्ड ह्यान्डलिङ सर्भिस’को जिम्मेवारी राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले गर्दै आएको थियो तर नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ खुला प्रतिष्पर्धाबाट दिने निर्णय गरेसँगै ग्राउण्ड ह्याण्डलिङ वायुसेवा निगमले नै पाउनुपर्ने माग कर्मचारीले राखेका छन ।
युरोपेली युनियन (इयु)ले दिएको प्रतिवेदनका आधारमा प्राधिकरणले बुधवारदेखि तीन दिन विस्तृत अडिट गर्ने तयारी गरेको भन्दै निगमका कर्मचारीहरुले प्राधिकरणका अडिट गर्न आउने कर्मचारीलाई निगममा छिर्न नदिने तयारी गरेको बताएका छन्।
कर्मचारीहरुले ग्राउण्ड ह्याण्डलिङ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर, नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजिनामा दे लगायतका नारा समेत लगाएका छन्।
हाल ग्राउन्ड ह्यान्डलिङमा ३९५ जना कर्मचारी कार्यरत छन् । जसमा स्थायी प्राविधिक १०० र प्रशासनिक १६५ र करार प्राविधिक ५५ जना र प्रशासनिक १ जना एवम् मासिक ज्यालादारीमा प्राविधिक १३ जना र प्रशासनिक ६१ कर्मचारी कार्यरत छन् ।
www.khabardainik.com













Discussion about this post