२५ मंसिर २०८०, सोमबार
आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ ।
उक्त जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो । सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन नसकेको बताइएको छ ।
जहाजमा पुरै कार्गो सामग्रीले भरिएकाले भित्रबाट सामग्रीहरुको दवावले सिसा निस्किएको हुन सक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिए ।
जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको थियो साथै जहाज अहिले लुक्लामै रहेको छ भने मर्मत पश्चात मात्र काठमाडौँ फर्किने तारा एयरले जनाएको छ ।
www.khabardainik.com
Discussion about this post