२०८० मंसिर २२ ॥ शुक्रवार
काठमाण्डौ ॥ २०८० सालको वर्षायाममा मात्रै १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले २८ जेठदेखि २० मंसिरसम्म भारतमा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरेको हो ।
सुख्खायाम सुरु भएसँगै खोला तथा नदीहरुमा पानीको बहाव घटेर देशभित्रका विद्युतगृहबाट उत्पादन कम हुन थालेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ । शुक्रबार रातिदेखि भारतमा विद्युत निर्यात बन्द हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक विद्युतको अधिकतम माग १ हजार ७ सय मेगावाट हाराहारीमा रहेको र यो माग आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए ।
www.khabardainik.com
Discussion about this post