• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

by Sushil Paudyal
July 21, 2023
in News & Events

२०८० साउन ५ शुक्रबार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ ।

यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्‍याउने गरेको बताइएको छ ।

अहिले चक्रपथका तीन स्थानमा ‘एएनपिआर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको उपत्यका काठमाडौँ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जडान भएका क्यामेराको काम सडकमा भएको सवारी साधनको तीव्र गति तथा दुर्घटना नियन्त्रणका गतिविधिलाई चौबिसै घण्टा निगरानी गर्नु रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

उनले भने, “तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि यो प्रणाली जडान गरिएको हो, यसले अब ट्राफिक प्रहरीलाई चौबिसै घण्टा सडकमा उभिनु पर्दैन, यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ ।”

अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँबाटोमा यो प्रणाली जडान गरिएको तथा अन्य ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिमा गाडी हुइँक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एन्ड रन’ का घटना धेरै भएका कारण त्यस्ता गाडी पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक विभागले कोटेश्वरदेखि कलङ्की-चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा सवारी साधन चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ ।

अहिले चक्रपथका तीन ठाउँमा जडान भएको उक्त प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ । त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

यतिमात्र नभई अहिले जडान भएको प्रणाली अर्थात् ‘एएनपिआर क्यामरा विथ स्पिड डिटेक्सन क्यामरा’ले तोकिएको भन्दा बढी गतिमा गुड्ने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउने तथा त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिए ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In