बुधबार, असार २७, २०८०
काठमाडौँ ॥ आज बुधवार बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रधानमन्त्रीकी पत्नी सीता दाहालको निधन भएको छ ।
गम्भीर प्रकारको नशासम्बन्धीबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा कम भएको थियो र बिहान ८ बजे अस्पताल पुर्याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो।
अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । ६९ वर्षीया दाहाललाई बिहान ८ बजे कार्डियक अरेस्ट भएको अस्तपालले आफ्नो विज्ञप्तीमा जानकारी दिएको छ ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सीता दाहालमा ६ वर्षदेखि देखिएको एक दुर्लभ रोग थियो पीएसपी । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी रोग पार्किन्सन जस्तो जटिल रोग उनमा देखिएको थियो । यस रोगबाट पीडित सीताको मानसिक असन्तुलन, बोल्न र हिँड्न समस्या देखिएको थियो ।
२०७४ सालमा छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो रोगले झनै च्यापेको थियो । २०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएको थियो ।
Discussion about this post