१५ वैशाख ०७७ । ललितपुर ।
लकडाउन लम्बिएपछि दैनिक गुजारा गर्न अप्ठयारोमा परेका ज्याला मजदूरी गरि खाने विपन्न परिवारका १ सय १० घरधुरीलाई अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेजिभिजनको संयोजनबाट उठेको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरसको सक्रमण फैलिन नदिन नेपाल सरकारले एक महिना लामो समयदेखि लकडाउन गरि राखेको अवस्थामा दैनिक ज्याला मजदूरी गरी खाने विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न जुटाउन अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेलिभिजनले अमेरिकाभरमा भएका नेपालीभाषी चर्चहरुलाई आर्थिक सहयोगको लागि आव्हान गरेको थियो ।
फलस्वरुप प्राप्त १ लाख २० हजार ९ सय १० रुपैयाँबाट उपहार मिडिया र तुरही मिडियाको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा गई ११० घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो भने अति आवश्यक परेका तीन परिवारलाई केही नगद रुपैयाँ पनि उपलब्ध गराइएको हो ।
कोभिड १९ विश्वव्यापी महामारीले निम्त्याएको संकटको अवस्थामा नेपालमा भएका विपन्न परिवारका सदस्यहरुलाई ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा आर्थिक सहयोग उठाएर खाद्यान्न सहयोग गर्नु हामीले हाम्रो कत्र्तव्य ठानेर यो अभियान संचालन गरेका हौ ख्रीष्टियान अनलाइन टेलिभिजनका फिलिप राईले तुरहीसँग कुरा गर्दै भन्नुभयो–‘यो अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण चर्चका सदस्यहरुलाई पनि धन्यवाद छ’ ।
उक्त दिन वडा नं.३ अन्र्गतका त्यस भेगका दस ओटा गाउँबाटका ६० घरधुरीले खाद्यान्न पाएको कुरा तुरही मिडियाका सुनिलराज लामाले बताउनु भयो ।
Discussion about this post