• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 23, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रार्थना गर

by Tek Bhandari
June 2, 2013
in Articles

“तिमीहरुका निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुका अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्। जे ठीक र असल छ सो म तिमीहरुलाई देखाउनेछु।” शमूएल सारा इस्राएलको अगुवा र अगमवक्ताले सबै मानिसहरुलाई भने म तिमीहरुका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु। मैले प्रार्थना गरिन भने मलाई पाप लाग्ने छ यस्तो दिन मबाट दूरै रहोस्। एक अगुवाले सारा समुदायको निम्ति वास्ता गरी आफुले जानेको कुरा बताउनु र परमप्रभुसँग प्रार्थना गर्नु चाहिँ कर्तव्य हो यदि गरिदैन भने उसलाई पाप लाग्छ।

जब इस्राएलीहरुले परमप्रभुको अगि अनाज्ञाकारी भएर गनगन गरी उहाँलाई दिनुपर्ने महिमा नदिएर अन्य देव-देवताको पूजा र सेवा गर्दा रिसाएर परमप्रभुले सवैलाई भष्म गर्न लाग्दा मोशाले तिनीहरुका निम्ति परमप्रभुसँग विन्ति गरी भने यिनीहरुलाई भष्म गर्न अगि मलाई नाश गर्नुहोस् भनी सारा इस्राएलीहरुलाई घरिघरी बचाएका थिए। यसरी नेपाली जनताले हाम्रा नेताहरुलाई बचाएका छन्, नत्र आजका नेताहरु जो हिजो पनि थिए र आज र झण्डै नमरेसम्म ब्याज खाएर बस्ने अरुलाई गर्न पनि नदिने आफु पनि नगर्ने भएर बसेका छन्। तर सोझा नेपाली जनता एक दिन कसो होस् नखुल्ला वा उनीहरुको जीवनको अन्त भए पछि त खाली होला नी भनी असहृयै पिडा हुँदा पनि सहेर बसेका छन्। जसरी परमेश्वरले अनाज्ञाकारी इस्राएलीहरुलाई दण्ड दिनबाट मोशाले बचाए। तर पनि तिनीहरु जो अनाज्ञाकारी थिए तिनीहरु कोहि पनि प्रतिज्ञाको मुलुकमा पुग्न पाएनन्। तिनीहरु सबै उजाड स्थानको बाटोमा हिड्दा हिड्दै बाटैमा आफ्रनो उमेर पुगेरै मरे तिनीहरु सबै सकिनलाई ४० वर्षलाग्यो। आफ्नो प्रतिज्ञा अनुसार परमेश्वरले तिनीहरुका सन्तानहरु पुगे। यसकारण हाम्रो देशले त्राण पाउने पनि यहि समयको पर्खाइ त होइन? मिश्र देशबाट सबै इस्राएलीहरुलाई निकालेर ल्याउन परमप्रभुले एक अगुवा मोशालाई चलाउनु भयो, तर प्रतिज्ञाको मुलकमा उसले पुर्याउन सकेनन्। मोसा पनि बाटैमा मरे र परमेश्वरले यहोशूलाई भन्नुभयो, “मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरुलाइ लिएर यर्दन पारि मैले इस्राएलीहरुलाई दिन आँटेको देशमा जा। मैले मोशालाई प्रतिज्ञा गरेझैं तेरा पैंतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु।” (यहोशू १: २) । आज हाम्रो देश नेपाललाई पनि यस्तै यहोशूहरु चाहिएको छ। जसले यो देशलाई निष्कर्समा पुर्याउन सक्छन्। यहोशू कस्तो थियो? “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरुका पिता पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरुको अधिकारमा गराउन तैंले तिनीहरुलाई अगुवाई गर्नेछस्।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                       बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर्।  त्यसबाट दाहिनेतिर वा देब्रेति नर्फकनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु र त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरुमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” (यहोशू १:६-९) ।

आज नेपालमा यस्तै यहोशूहरु चाहिएको छ, जसले यो देशलाई निष्कर्समा पुर्याउँसक्छन्। यो देशमा यहोशूहरु नभएका त होइनन् तर तिनीहरु बाहिर आउनै पाउँदैनन्। यहोशू कस्तो व्यक्ति हो भने,

“व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिनरात ध्यान गर्नु र त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरुमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस् । तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।” व्यबस्था भनेको नियमकानून हो जसले यसलाई ध्यान दिएर परमेश्वरको भयमानी होशियारीसाथ पालन गर्छ गराउँछ। तर नियम कानून आफैलाई फायदा हुने र जे गरे पनि दोषी नहुने किसिमले आफैले नियम कानून बनाइन्छन् भने कुनै उपलब्दी  हुँदैन। सफलता प्राप्त गर्नको लागि पहिले र्सवमान्य नियम कानून बनाउनु पर्छ र त्यसलाई होशियारीसाथ पालन गर्यो भने सफलता पाउने छ। यो देशमा यहोशूहरु बिशेष गरी यो क्षेत्रमा चाहिएको छ जस्तैः, सबै धार्मिक क्षेत्रमा, राजनैतिक दलहरुमा, गैह्र सरकारी निकायहरुमा, मानव अधिकारवादीहरुमा, शैक्षिक क्षेत्र … सरकारी, सामुदाय र प्राइभेट स्कूल कलेजहरुमा, न्यायलायमा, बार एसोसेसनमा (वकालतमा), सूरक्षा निकायह.. सेना, पूलिसका सबै निकायहरुमा, स्वास्थ्य क्षेत्रमा, बित्तिय क्षेत्र … बैंक, सहकारी, सेयरबजार,   फाइसान्स्, उद्योगमा, ब्यपारमा, अर्ध सरकारी र गैह्र सरकारी सँस्थानहरुमा, नागरिक समाजमा, संचार क्षेत्र…पत्रपत्रिका रेडियो टिभीमा, यहोशूहरु चाहिएको छ जसले यो देशलाई निष्कर्समा पुर्याउन सक्छ र होइन भने गफ र भाषणमात्र हो।                                                        अन्तरिमकालमा यस्तै हुन्छ भन्यो, चल बाबु मौका पाउँदा कमाऊ खाऊ भनी चलाइ रहने  झण्डै २०५२ साल देखि अन्तरिमकाल शुरु भएको थियो २०६२-६३ देखि त अन्तरिम संम्बिधान नै बनाएर चल्यो र अब कति बर्षचल्ने हो थाह छैन। अब उठ, यहोशू हो, देश बचाऊ र सोझा र निर्बोध जनताको पिडा बुझ र काम गर कुरा चाहिएको छैन। यसको लागि इसाई समाजले प्रार्थना गरिरहेका छन्। परमेश्वर आफैले भन्नु भएको छ, “यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट र्फकन्छ, तब म र्स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुका पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु।” २ इतिहास ७:१४ । हामी इसाई समाजले भुलेका छैनौ यो वचन हामी घर-घरमा सेवा-संगतिमा शनिबार आईतबारको संगतिमा लगातार प्रार्थना गरिरहेका छौ र गरिरहने छौं। धन्यवाद ।।

टेक भण्डारी

गोरखा हाल ललितपुर

Republished in new layout 5/29/2013

 

 

 

 

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In